आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । नेपाल राष्ट्रको एकीकरणका सूूत्रधार भनिएका पृथ्वीनारायण शाहको योगदानको कदर गरेर पृथ्वी जयन्ती मनाउने दिन । उनको नेतृत्वमा नेपाल राष्ट्रको एकीकरण भएकाले आजको दिनलाई पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिएको छ । त्यसअघि नेपाल २२ से र २४ से राज्यमा विभाजित थिए । त्यसरी छरिएर रहेका राज्यमाथि विदेशीहरुको गिद्धेदृष्टि परेको थियो । ती सानातिना राज्यसँग विदेशी शक्ति र सामथ्र्य थिएन । शक्ति र सामथ्र्य बढाउन तिनीहरु एकीकृत हुन आवश्यक थियो । तर त्यो एकीकृत कसले गर्ने त्यसको कसैसँग थिएन । जवाफ थिएन मात्र होइन, त्यसको कल्पना पनि गरिएको थिएन ।
गोर्खाका राजा पृथ्वी नारायण शाहले युद्धमा आफ्नो छिमेकी राज्य नुवाकोट जिते । नुवकोट जितेपछि हराभराले युक्त भएको काठमाडौं उपत्यकामा उनको दृष्टि गएको हो । धेरै वर्षको प्रयासपछि उनले उपत्यकाका मल्ल राजाहरुलाई एकपछि अर्काेलाई पराजित गर्दै आफ्नो अधिनमा ल्याए । त्यसपछि उनको विजय अभियानले तीव्रता पायो । तर उनले आफूले जितेका राष्ट्रलाई गोर्खा राष्ट्रको विस्तार नभनी नेपाल नाम राखेर नेपालकै नामबाट राष्ट्रको विस्तार गरे । यो उनको दूरदर्शिता र उदारता हो । उनको त्यही व्यवहारले गर्दा इतिहासकारहरुले उनलाई साम्राज्यवादी भन्न सकेनन् । बरु उनलाई नेपाल राष्ट्रको जन्मदाताका रुपमा ससम्मान स्मरण गर्ने गरिएको छ ।
सारा नेपालीहरुले वर्षाैदेखि उनलाई त्यसरी सम्मान गर्दै आएको भए तापनि बीचमा केही नेताहरु र तिनका कार्यकर्ताले उनको योगदानलाई महसुस गर्न सकेन् । उनको सालिक तोडफोड गरे, दुव्र्यवहार गरे । तिनीहरुकै प्रभावमा पारेर सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छोडे । त्यस दिन दिने गरिएको सार्वजनिक बिदा कटौती गरे । तिनीहरुको त्यो दुष्कार्य सूर्यलाई हत्केलाले छेके झैं मात्र भयो । हिजो सालिक तोडिएको ठाउँमा सालिक स्थापना गर्ने गरिएको छ । पृथ्वी जयन्तीमा पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्नेहरुको संख्या बढ्दै गएको छ । पृथ्वी जयन्तीमा बिदा दिनु पर्दछ भन्नेको संख्या बढ्दै गएको छ । यस विषयमा सरकार अहिले दबाबमा छ । पृथ्वी नारायण शाह एक इतिहास हुन् । ऐतिहासिक व्यक्ति हुन् । त्यस्ता व्यक्तिबाट प्रेरणा प्राप्त गर्न सक्नु पर्दछ । इतिहासलाई तोडमोड गर्नु हुँदैन । हामीले अघिल्लो पुस्ताको इतिहास तोडमोड ग¥यौं र मेटाउने प्रयास ग¥यौं भने हतियार पनि भोलिकाले त्यस्तै गर्न सक्दछ । कतिपय ठाउँमा त्यस्तो भएका पनि छन्, त्यो ज्यादै महत्वपूर्ण कुरा हो । यिनै कुराहरुलाई मनन् गरेर हामीले पृथ्वीनारायण शाहको योगदानलाई सम्झेर उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नु समयोचित देखिन्छ । साथै अहिले एक अर्काे सँग र कोही कसैसँग मिल्न नसकेको अवस्थामा राष्ट्रिय एकताको भावना महत्वपूर्ण हुन्छ । त्यसले हामीलाई सकारात्मक सन्देश दिन्छ । देश र समाजप्रति सोच्न अभिप्रेरित गर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१