१. निजामती सेवा दिवसको अवसरमा विवध कार्यक्रम सहित उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने पनि गरिन्छ । यस अवसरमा सरकारले विगत केही वर्षदेखि कर्मचारीहरुको सम्मान गर्दै आएको छ । स्थायी सरकारको रुपमा रहेका निजामती कर्मचारीहरुको सम्मान सरकारको आफ्नै पनि सम्मान हो । यस वर्ष कोरोना महामारीका कारण सम्मान कार्यक्रमहरु पनि प्रभावित भएका छन् ।
२. सरकारका योजना तथा कार्यक्रमहरुलाई जनस्तरसम्म पुर्याउने तथा राम्रो व्यवस्थापन गर्ने जिम्मेवारी कर्मचारीको हुन्छ । त्यो जिम्मेवारी पुरा भएन भने सरकारको योजना नै असफल हुन्छ । तसर्थ सरकारलाई सफल बनाउने वा असफल बनाउने हात पनि कर्मचारी कै रहन्छ । यसर्थ कर्मचारी संयन्त्र सरकारको अभिन्न अंग र महत्वपूर्ण पक्ष हो । नेताहरुले ट्याउँट्याउँ कराएर मात्र केही हुँदैन ।
३. हरेकको आफ्नै मान मर्यादा हुन्छ । कर्मचारीलाई नोकरको व्यवहार गर्ने सरकारले सफलता हाँसिल गर्न सक्दैन । उनीहरुले तलब त खाएका छन्, त्यो सरकारको होइन जनताबाट पाएको राजश्व हो । नुनको सोझो चिताएर काम गर्नु कर्मचारीको कर्तव्य हो । उनीहरुले काम त गर्नु पर्छ नै । त्यसमा पनि विवेक पु¥याएर सेवाभावले प्रेरित भएर गरिएको कामको विशेष महत्व रहन्छ । राम्रा कामको सम्मान भयो भने अरुलाई पनि प्रेरणा हुन्छ भनेर नै सम्मान गर्ने प्रचलन आएको हो ।
४. राम्रो काम गर्नेलाई सम्मान र गलत काम गर्नेलाई दण्ड दिनु राज्यको काम हो । तर, नराम्रो काम गर्नेलाई पुरस्कार र राम्रो काम गर्नेलाई उल्टै सजायँ हुन थाल्यो भने त्यसको परिणाम झन् नराम्रो हुन्छ । चाकडीका भरमा पुरस्कार दिन थालियो भने सम्मानको पनि बदनाम हुन पुग्छ । तसर्थ सम्मानयोग्य व्यक्तिको छनौटमा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ । सम्मान कार्यलाई पारदर्शी बनाउनुपर्छ ।
५. जो काममा विश्वास गर्छ, उसलाई मान सम्मानको मतलव रहँदैन । इमान्दार साथ काम गर्नु नै उ आफ्नो सम्मान सम्झन्छ । जनताबाट प्राप्त सद्भाव तथा विश्वास नै विभूषण मान्दछ । तसर्थ सम्मान र पुरस्कार पाउने मात्र उत्कृष्ट र अरुचाँही नराम्रा भन्ने हुदैन । अरुले देख्ने गरी गरेका राम्रा कामले सम्मान तथा पुरस्कार प्राप्त गर्ने गरेको पाइन्छ । यो राम्रो काम गर्नेलाई उत्साह बढाउने काम हो ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१