१. केही महिना अघि भारतमा महामारीकै रुपमा प्रवेश गरेको सलह कीरा अहिले नेपालका पहाडी भागमा समेत देखा परेको छ । गत शनिबार देखिएको सलह कीरा सिन्धुलीदेखि रुपन्देही सम्म फैलिएको पाइएको थियो । साथै सर्लाही, बारा र पर्सामा भेटिएको कीरा सलह नै भएको पुष्टि भएको थियो । यो कीराको समूह तराई हुँदै पहाडमा पनि प्रवेश गरेको छ ।
२. फट्याङ्ग्रा वर्गको कीरामा पर्ने सलह अमेरिकी फौजी कीराले भन्दा कैयौं गुना बढी क्षति पुर्याउने विज्ञहरु बताउँछन् । करोडौंको संख्यामा समूह भएर आउने यो कीराले एक बसाइमै वालीनाली खाएर ठूलो क्षतिपुर्याउँछ । यो कीरा एकैदिनमा १५० किलोमिटर टाढासम्म पुग्न सक्दछ । सलह अफ्रिकाबाट अरेवियन देश हुँदै इरान, अफगानिस्तन र भारतसम्म आइपुगेको र यसै हप्ता नेपालमा देखिएको हो ।
३. गत जेठमा वैज्ञानिक एवम् प्राविधिक सम्मिलित सरकारी समितिले नेपालका यसपटक सलह नआउने निष्कर्ष निकालेको थियो । अहिले भारतको उत्तरतर्फ हावाको वहाव बढेकोले हावाको वहावसँगै उड्ने सलहको समूह नेपाल पसेको जनाइएको छ । साथै यो समूह फुटेर आएको सानो समूह भएको र यसले ठूलो क्षति नपुर्याउने बताइएको छ । तथापि कृषकहरु सलहले पुर्याउने क्षतिप्रति चिन्तित बनेका छन् ।
४. सलहबाट हुन सक्ने क्षति कम गर्न केही उपायहरु अवलम्बन गर्ने कार्य पनि सुरु भईसकेको छ । खेतीमा कीटनाशक औषधी छर्कने, भूमिमा धुँवा गराउने, जाल प्रयोग गर्ने, ठूलो आवाजले तर्साउने आदि उपायहरु सुझाइएका छन् । केही प्रदेशमा त सलह समातेर ल्याउनेलाई प्रति केजी २०/३० रुपैंया दिने घोषणा समेत गरिएको छ ।
५. विज्ञ भन्छन्–सलह कीरामा बढि प्रोटिन हुने हुँदा माछा र कुखुराका दानामा पनि प्रयोग गर्न सकिन्छ । विषादी छरी मारिएको सलह भने प्रयोग गर्न हुदैन । सलहबाट हुने क्षतिप्रति समयमै ध्यान पुर्याउन सकिएन भने खाद्यान्न संकट भई भोकमरी हुन सक्छ । यसतर्फ सम्बन्धित सबैले सचेत भएर लाग्न आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१