१. सरकारले शुक्रबार देखि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपनि बसहरु सञ्चालन भएका छैनन् । सिट क्षमता अनुसार बढीमा आधा यात्रु राखेर सम्बन्धित जिल्ला भित्र छोटोदूरीका यातायात सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको थियो । साथै बस भाडा ५० प्रतिशत बढाउने पनि निर्णय भएको छ । यसै गरी ट्याक्सीमा चालक बाहेक दुइजना यात्रु राख्न सकिने र ट्याक्सी भाडा यथावतै गरिएको छ । ट्याक्सीहरु सञ्चालनमा आए पनि बसहरु गुडेका छैनन् ।
२. सञ्चालनमा ल्याईने सार्वजनिक सवारी साधनमा चालक र सहचालकले अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउनु पर्ने, यातायात साधनको ढोका र भित्र स्यानिटाइजर राख्नु पर्ने, यात्रुले मास्क लगाई सामाजिक दूरी कायम गरी वस्नुपर्ने, दिनमा एकपटक यातायातको साधन निसंक्रमण गर्नुपर्ने अनिवार्यता राखिएको छ ।
३. यसैबीच नेपाल यातायात व्यवसायी संघले विभिन्न मागहरु राख्दै अहिलेकै अवस्थामा गाडी सञ्चालन गर्न नसक्ने जनाएको छ । व्यवसायीले लकडाउन भरिको बीमा, व्याज अनुदान दिन सरकारसँग माग गरेका छन् । विश्व स्वास्थ्य संगठनले तोके अनुरुप सार्वजनिक यातायातका साधनलाई आवश्यक व्यवस्था सरकारले गरिदिनु पर्ने र यातायात मजदुरको स्वास्थ्य सुरक्षाको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । साथै बैंकको किस्ता तथा व्याज सरल गर्नुपर्ने, किस्ता म्याद बढाउनु पर्ने, कर छुट तथा एकवर्षसम्म जरिवाना नलाग्ने व्यवस्थाको लागि उनीहरुले आग्रह गरेका छन् ।
४. व्यवसायीसँग छलफलै नगरी सरकारले सार्वजनिक यातायात खुलाउने एकपक्षीय निर्णय गरेको गुनासो व्यवसायीको छ । एक पक्षीय निर्णयप्रति आपत्ति जनाउँदै उनीहरुले महासंधले यस अघि राखेका मागप्रति सरकारको सम्बोधन भएमात्र सहमति गरी यातायात खोल्ने जनाएका छन् । अन्यथा व्यवसायीले सवारी साधनको चाबी सम्बन्धित निकायलाई बुझाउने तथा बैंक ऋणको जिम्मा सरकारले लिने सार्वजनिक यातायातलाई सरकार मातहत राखी राष्ट्रियकरण गर्न माग गरिएको छ ।
५. लकडाउनबाट सिर्जित समस्याले यातायात व्यवसायमा परेको असरलाई बुझी सरकारले उनीहरुका जहाज मागलाई प्राथमिकता साथ पूरा गर्नुपर्छ । यातायात व्यवसायीले पनि आफूलाई मात्र होइन सबैलाई परेको समस्या हो र सरकारले कतिसम्म गर्न सक्ला भन्ने अवस्थालाई आत्मसात गरी यातायात सञ्चालन गर्नुपर्दछ । दुई पक्षको अडानमा जनताले दुःख भोग्नु नपरोस् । जति सक्दो छिटो सार्वजनिक यातायात खुलोस् सर्वत्र यही चाहना छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१