१. नेपाल कम्यूनिष्ट पार्टी खतर्नाक स्थितिमा पुगेको छ । त्यो पार्टी फुट्ला–फुट्ला जस्तो भएको छ । तैपनि केही नेताहरुले त्यो पार्टी फुट्दैन भन्दैछन् । केही नेताहरुले अझ पनि त्यो पार्टी इस्पातले बनेकोले त्यो फुट्दैन भनेर आस्वस्त पार्न खोज्दैछन् । नेताहरुले मुखले त्यसो भनेता पनि अनुहार निन्याउरो छ ।
२. नेपाल कम्यूनिष्ट पार्टी सत्तारुढ पार्टी हो । सत्तारुढ पार्टी फुट्दा त्यसको असर सरकारमा पर्नु स्वभाविक हो । सरकारमा त्यसको असर के कस्तो पर्दैछ, त्यो अहिले भन्न सकिदैन । फेरि त्यसमा पनि यो सरकार झण्डै दुई तिहाई बहुमतको छ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस कमजोर अवस्थामा छ ।
३. नेकपाका नेताहरुले आ–आफ्नो समूहको भेला गराएर फुटेपछि के कसरी जाने, त्यसको गोप्य मन्त्रणा सुरु गरेका छन् । पार्टी टुक्रेको आरोप आफू माथि आउला भनेर उनीहरु सतर्क र सजग छन् । उनीहरु दोष अरुमाथि थोपर्न प्रयासमा छन् ।
४. केही नेताहरुले अझ पनि मिलाउने प्रयास गरिरहेका छन् । कसरी मिलाएर जान सकिएला भनी आफनो सक्रियता बढाइ रहेका छन् । तर केही नेताहरु भने मिलेर जाने अवस्था छैन भन्दै आफ्नो समुहलाई चनाखो भएर रहन निर्देशन समेत दिएका छन् । त्यसो गर्नेहरुले मिलेर गएपनि काम लाग्दैन भनी निराशता व्यक्त गर्दैछन् ।
५. लड्दा खेरि जहाँ पनि एक पछि अर्काे पटक स्थिति जटिल बन्दछ । त्यस्तो स्थितिले मिलाउन खोज्नेहरुलाई अरु अप्ठ्यारो पर्दछ । यहाँ पनि त्यस्तै भएको छ । स्थिति जटिल त थियो नै त्यसमा पनि अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष केपी शर्मा ओलीले आपसमा लिखित रुपमा आरोप प्रत्यारोप गर्दा स्थिति अरु पेचिलो भएको छ ।
६. उनीहरु एउटै पार्टी नेता भन्नै नसुहाउने गरी आक्रमण र प्रत्याक्रमण गरिरहेका छन् । आक्रमण र प्रत्याक्रमण पत्रका शब्द हेर्दा उनीहरु कहिल्यै नमिल्ने स्थितिमा पुगेका जस्ता देखिन्छन् । हुन त यो उनीहरुको जन्मजात गुण हो । कुनै वेला त्यही पार्टीका नेताहरुले टुडिखेलको खुल्ला मञ्चमा वामदेव गौतमलाई महाभारत भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।
७. देशमा कोरोनाको महामारी छ । देशको आर्थिक स्थिति खस्कदो आवस्थामा पुगेको छ । यस्तो वेलामा सत्तारुढ पार्टीको नेताहरु कुकर विरालो झैं झगडा गरिरहेका छन् । यो कदापी उचित होइन । यो विवेकसम्मत छैन । यसले देशलाई अरु विगार्दै छ । यो गम्भीर विषय छ । नेताहरु त फुट्छन्, फेरी भोलि मिल्छन् । तर देशलाई पुगेको नोक्सानीको जिम्मेवार को हुने ? यो प्रश्नको उत्तर झगडालु नेताहरुले दिनु पर्दछ । उनीहरुले ठण्ठा दिमागले सोचेर सम्यक निर्णय गर्नु आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१