१. अमेरिककाको ४६ औं राष्ट्रपतिको रुपमा जो वाइडेन निर्वाचित भएका छन् । निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अत्याधिक मतले पछि पार्दै वाइडेन विजयी भएका हुन् । यसअघि बाराक ओवामा राष्ट्रपति हुँदा वाइडेन पनि उपराष्ट्रपति थिए । ७४ वर्षीय वाइडेन अहिलेसम्मका राष्ट्रपतिमा सबैमा पाको उमेरका हुन् । तसर्थ अनुभवी र पाको उमेका वाइडेनबाट पाकै काम हुनेछ भन्ने धेरैले आशा गरेका छन् ।
२. यसैगरी उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन् । नयाँ इतिहास रच्न सफल ह्यारिस अमेरिकाको पहिलो महिला उप–राष्ट्रपति हुन् । क्यालिफोर्नियामा जन्मिएकी ५६ वर्षीय ह्यारिसकी आमा भारतीय मुलकी हुन् भने पिता जमाइकन हुन् । उनी अमेरिकाको पहिलो अश्वेत एसियन महिला उपराष्ट्रपति पनि भएकी छन् । उनी सन २०१५ मा अमेरिकी सिनेटमा निर्वाचित हुँदा आप्रवासन र अपराधिक न्याय सम्बन्धी नीतिहरुमा सुधार गर्नुपर्ने आवाज उठाउँदै आएकी थिईन् ।
३. नव निर्वाचित राष्ट्रपति वाइडेनले विगत २८ वर्षमा वाहालवाला राष्ट्रपतिलाई पराजित गर्न सफल भए । सोमबार सम्मको मतगणनामा वाइडेन २७९ इलेक्ट्रोल मत सहित प्रत्यक्ष निर्वाचनमा सात करोड ५४ लाख बढी मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्ट्रोल मत सहित सात करोड ११ लाख ११ लाख बढी मत प्राप्त गरे । अमेरिकामा राष्ट्रपति निर्वाचित हुन २७० बढी इलेक्ट्रोल मत आवश्यकता पर्दछ । वाइडेन हालसम्मका राष्ट्रपतिय निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्न सफल भएका छन् ।
४. अमेरिकी राष्ट्रपतिमा वाइडेनको विजयले आप्रवासीहरु खुसी भएका छन् । खुसी मनाउने नेपाली आप्रवासी पनि रहेका छन् । अमेरिकामा रहेका नेपालीहरुको न्यूनतम वेतन बृद्धि, स्वास्थ्य वीमा, बन्दुक नियन्त्रण आदि विषयमा डेमोक्राट पार्टीका धारामा एक्यवद्धता रहँदै आएको छ । वाइडेनको विजयले नेपालीका आशा र विश्वास निर्माण गर्न अभिप्रेरित गर्ने धारणा व्यक्त भएको छ । अमेरिकामा विविधताको विशेषता रहेको पनि उल्लेख गरिएको छ । वाइडेनले जनवरी २० देखि आफ्नो कार्यभार सम्हाल्नेछन् ।
५. वाइडेनको विजयले नेपालमा के प्रभाव पर्छ भन्ने हाम्रो चासो हो । अमेरिकामा व्यक्ति फेरिए पनि राष्ट्रको नीति फेरिदैन । तसर्थ त्यहाँको राष्ट्रपति फेरिदा नेपालमा ठोस प्रभाव हुँदैन । साना राष्ट्रप्रति ठूला राष्ट्रले मतलब पनि राख्दैनन् । तर अमेरिकाले विभिन्न कार्यक्रममा गर्ने सहयोगमा नेपाल जोडिन सक्छ । विश्व स्वास्थ्य तथा प्रकृति संरक्षणका विषयमा सहयोग बढ्न सक्ने आशा गरिएको छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१