हाम्रो लक्ष्य अग्रगमन

सम्पादक
असार २०, २०७४

१. नयाँ संविधान अनुसार स्थानीय तहको निर्वाचन दुर्इ चरणमा सम्पन्न भएको छ। पहिलो चरणमा भएको निर्वाचनमा विजयी जनप्रतिनिधिहरुले कार्यभार सम्हालेका छन् भने दोस्रो चरणको निर्वाचनको परिणाम आउने काम अन्तिम चरणमा पुगेको छ। अब २ नम्बर प्रदेशको निर्वाचन मात्र बाँकी छ। त्यो असोज २ गते गर्ने घोषणा भइसकेको छ।

२. निर्वाचित जनप्रतिनिधि धेरै प्रफुल्लित भएका छन्। उनीहरु विकास र निर्वाणका अनेक सपना देख्न थालेका छन्। कहाँ के गर्ने, कसो गर्ने भनेर उत्साह साथ आफ्नो काममा व्यस्त भएको देखिएको छ। जसलाई राम्रो संकेतको रुपमा लिनु पर्दछ।

३. संविधान सभाबाट संविधानको घोषणा भएदेखि देश एउटा सकारात्मक मोडमा गएको छ। स्थानीय तहको निर्वाचनले त्यो मोडलाई प्रष्ट पारेको छ। अब प्रदेश र संसदको निर्वाचन भएपछि स्थिर सरकार आउने र विकास निर्माणका काम कुराले एउटा निर्दिष्ट लक्ष्य प्राप्त गर्ने निश्चित छ।

४. भविष्यको त्यस्तो प्रष्ट कुरा छँदाछँदै पनि लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता अर्थात् आधाुनिकतालाई पटक्कै मन नपराउनेहरुले अनेक माध्यमबाट हिलो छ्याप्ने काम गरिरहेका छन्। उनीहरु बेला कुबेला उही राजतन्त्रको गुणगान गरी सबै पञ्चायत नै फर्काउने प्रयासमा छन्।

५. संविधान सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक तर्फबाट केही सीट ल्याउन सफल भएपछि उनीहरु अरु पुलकित भएका थिए। धर्म, राष्ट्र र राष्ट्रियताको नारा खूब चर्काएका कमल थापाको मुख्य स्रोत कहाँ छ भन्ने कुरा समयले विस्तारै उजागर गरेको छ। कोरा नाराले मात्र देश बन्दैन।

६. त्यसरी देश बन्ने भए पञ्चायत कालमा दिन दुर्इ गुणा रात चौगुणाको हिसाबले देश बन्ने थियो। जनताको सवै अधिकार खोसेर केही गर्न नसकेको कुरा घामजस्तै प्रष्ट छ। तर त्यसैलाई स्वणिर्म कालझैं गरी एक थरिले अनेक प्रचार गर्दैछन्। नेपालीको उज्यालो भविष्यलाई अन्धकार भनी आफ्नै आँखामा कालो लगाउँदैछन्।

७. उनीहरुको त्यस्तो प्रयास व्यवस्थित र निरन्तर किसिमले आइरहेको छ र सवसाधारणलाई भ्रममा पार्ने प्रयास गरिरहेका छन्। त्यो प्रयास हेर्दा केही जस्तो देखिँदैन, तर सर्वसाधारणलाई भ्रम पार्ने र निराश बनाउने सम्भावना रहन्छ। अहिले सबै उत्साही भएर अग्रगमन तिर जानुपर्ने बेलामा उनीहरुले पछाडि फर्काउने प्रयास गरिरहेका छन्। हाम्रो लक्ष्य अग्रगमन हो। यस्तोमा स्थानीय तहका जनप्रतिनिधिहरुले केही गम्भीर भएर यतातिर पनि ध्यान पुर्‍याउनु आवश्यक देखिन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width