सार्क शिखर सम्मेलन सुरु

सम्पादक
मंसिर १०, २०७१

१.सम्बृद्धिको नारा दिएर दक्षिण एशियाली क्षेत्रीय सहयोग स·ठन -सार्क) को १८ औँ शिखर सम्मेलन आज काठमाडांैमा प्रारम्भ हुन गइरहेको छ।  दुर्इ दिनसम्म चल्ने यो शिखर सम्मेलनप्रति विश्वका महत्त्वपूर्ण राष्ट्र र नेताहरूले सार्कले के कस्तो प्रस्ताव पारित गर्दछ भनेर उत्सुकतापूर्वक नियालिरहेका छन्। त्यस दृष्टिले यो सम्मेलनको ठूलो महत्त्व छ।

२. सन् १९८५ मा स्थापना भएको यो सम्मेलनले धेरै उकाली ओरालीका सिंढीहरू पार गरेको छ। सार्क राष्ट्रका सदस्यहरूबीच उत्पन्न विवादले कतिपटक त यसको शिखर सम्मेलन समेत हुन नसकेको तीतो अनुभव छ। कतिपटक त शीर्ष नेताहरू सम्वादहीनताको स्थितिमा समेत पुगेका थिए। कुनै बेला उनीहरूले आपसमा हात मिलाउनु पनि अन्तर्राष्ट्रिय चर्चाको विषय भएको थियो।

३. त्यसो त यसको स्थापना नै शड्ढा र सन्देहको घेरामा भएको थियो। यसको स्थापनामा नेपाल र बंगलादेशले सक्रिय भूमिका निभाएका थिए। भारत र पाकिस्तानले यसमा धेरै सोचेर मात्र सहभागी भएका थिए। त्यसबेला यसको सङ्ख्या सात मात्र थियो भने अफगानिस्तान पछि सदस्य भएको थियो।

४. चीन, अमेरिकालगायत केही देशहरू यसका पर्यवेक्षक छन्। ती पर्यवेक्षक देशहरूले पनि शिखर सम्मेलनमा सहभागी भएर आफ्नो विचार राख्न पाउँछन्। यो एक पुरानो अन्तर्राष्ट्रिय संस्था भएकोले हिजो यसप्रति रुची नराख्नेहरू अहिले यसको सदस्य हुन चाहिरहेछन्। नेपालमा विभिन्न माध्यमहरूबाट त्यस्तो चाहनाको स्वर सुनिन थालिएको छ।

५. त्यस्तो आकर्षण भए पनि सार्कको आलोचना बेसरी हुने गरेको छ। यसभन्दा पछि स्थापना भएको अन्तर्राष्ट्रिय संस्थाहरूले धेरै काम गरेर एकले अकोर्लाई धेरै सघाउ पुर्‍याएका छन् भने यसले घोषणा पत्रमा उल्लेखित कुरा पनि व्यवहारमा देखाउन सकेको छैन। सहयोगको नाममा प्रस्ताव पारित त गरिन्छ तर त्यो सहयोग व्यवहारमा परिणत हुँदैन भन्ने गुनासो धेरै छ।

६. गुनासो गरिए पनि कछुवा गतिमा भए यो अघि बढिरहेको छ। शिक्षा, संस्कृति र खेलकुदको क्षेत्रमा केही भएको छ। व्यापारमा आशा गरिए जत्ति काम भएको छैन। भारत र पाकिस्तानको द्वन्द्वले गर्दा पनि यसको प्रगति हुन नसकेको हो। तर विगतमा भन्दा अहिले तिनीहरूको वैमनस्यता कम भएको छ।

७. त्यस दृष्टिले महत्त्वपूर्ण बेलामा नेपालमा यो १८ औँ शिखर सम्मेलन हुन गइरहेको छ। ती दुर्इ देशलाई अनुकूल वातावरण बनाई आपसी वार्ता गराउनु र सौहार्दताको स्थितिमा पुर्‍याउनु आयोजक राष्ट्र नेपालको कर्तव्य पनि हो। नेपालले सार्क सम्मेलनलाई सफल बनाउन धेरै प्रयास गरेको छ। परराष्ट्र सचिव र परराष्ट्र मन्त्रीस्तरमा जे जति बैठकहरू हिजो, अस्ति नेपालमा सम्पन्न भए, त्यसले सार्कलाई सफलताको स्थितिमा पुर्‍याउने प्रष्ट देखिएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग