सामुदायिक विद्यालयप्रति चासो

सम्पादक
वैशाख ४, २०८०

विद्यालयहरूको नयाँ शैक्षिक सत्र सुरु भएको छ । शैक्षिक सत्र सुरु हुनुभन्दा पहिलेदेखि नै विद्यार्थीहरूलाई तानातान गरी आफ्नो विद्यालयमा भर्ना गर्न थालिएको छ । केही विद्यालयहरूले आफ्नो क्रियाकलाप देखाएर तथा विज्ञापन गरेर अभिभावक र विद्यार्थीहरूलाई आकर्षित गरिरहेका छन् । यस्तो काममा निजी क्षेत्रका विद्यालयहरू अघि छन् । यस्तोमा सामुदायिक विद्यालयहरू समस्यामा पर्ने गरेका छन् । बोर्डिङ स्कुलको आकर्षण बढ्दो छ भने सामुदायिक विद्यालयको स्तर खस्कँदै गरेको छ । ती विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै जानु एउटा समस्याको रुपमा आएको छ । यो समस्या समाधानका लागि सरोकारवालाहरूले बेलैमा काममा प्रयास नगरेको होइनन् । तर पनि ती प्रयासहरू प्रभावकारी हुन सकिरहेका छैनन् ।

केही वर्ष पहिले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन र स्कुल नगएकाहरूलाई खोजेर स्कुलमा भर्ना गरिदिने र ती विद्यार्थीको अभिभावकत्वसमेत ग्रहण गर्ने अभियान सञ्चालन गरियो । प्रधानमन्त्री, मन्त्री र केही ठूलाबडाहरूले आफ्नो तर्फबाट विद्यार्थी खोजेर विद्यालयमा भर्ना गरेको कुरा सञ्चार माध्ययमा पनि खुब प्रचार भयो । तर त्यसले निरन्तरता पाएन । सामुदायिक विद्यालयका शिक्षकहरू, व्यवस्थापन समितिका सदस्यदेखि सरोकारवालाका छोराछोरीहरूलाई किन आफ्नो विद्यालयमा पढाउँदैनन् भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ । केही ठाउँमा तिनीहरूले अनिवार्य आफ्ना नानी बाबुहरूलाई आफ्नै विद्यालयमा पढाउने निर्णय गरेको खबर पनि बराबर आउने गरेको छन् । त्यो निर्णय पनि लामो समय टिकेको देखिन्छन् ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ । सहर गाउँका विद्यालयमा विद्यार्थी संख्याभन्दा शिक्षक बढी भएको समाचार पनि आएको छ । त्यसरी स्कुल सञ्चालन गर्नु सरकारको लागि पनि बोझ नै भएको छ । बोझ हटाउन नीति निर्धारण तहमा बसेकाहरूले नजिकका विद्यालयहरूलाई गाभ्ने कुरा पनि ल्याएका छन् । जिम्मेवारी हटाउने त्यो एउटा कुरा हो भने किन सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्यो भनेर त्यसको कारण खोज्नु ठूलो कुरा हो । राम्ररी पढाइएको ठाउँमा विद्यार्थी संख्या त्यसरी घटेको छैन । केही सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूको लागि बसको व्यवस्था गरेर पनि विद्यार्थी संख्या बढाएका छन् । उपाय अरु पनि हुन सक्छन्, त्यसको खोजी गर्नु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width