सहानुपातिकले मतभेद बढायो

सम्पादक
पौष १७, २०७०

१. एउटा राम्रो उद्देश्यका लागि ल्याइएको पद्धति पनि के कसरी बिगारिन्छ भन्ने एक उदाहरण अहिले समानुपातिक भएको छ। प्रत्यक्ष चुनावमा लड्न नसकेकालाई व्यवस्थापिकामा पुर्‍याउने सजिलो र राम्रो पद्धति भनेर समानुपातिकको व्यवस्था गरिएको हो। तर अहिले यही समानुपातिक पार्टीका नेताहरूबीच मतभेद बढाउने कारक भएको छ।

२. समानुपातिकबाट छान्ने क्रममा नेपाली काङ्ग्रेसमा विवाद उत्पन्न भएको छ। संस्थापन पक्ष र देउवा पक्षको भागवण्डाको शिकार समानुपातिक भएको छ। भागवण्डा गरी छान्नुपर्दा पार्टीका त्याग तपस्या गरेका र योग्य व्यक्तिहरू बाहिर परेको गुनासो छ। केन्द्रीय सदस्य १२ जनाले बैठकमा असन्तोष जनाएर असहमति नै प्रकट गरेका छन्।

३.     दोस्रो ठूलो पार्टीएमालेमा पनि असन्तोषको हावा जिल्लाहरूमा फैलिएको छ। कतिपय जिल्ला शाखामा तालाबन्दी समेत गरिएको छ। जिल्लाका प्रतिनिधिहरू काठमाडौं पुगेर छानिएको लिष्ट सच्याउन अझै नेताहरूलाई दबाब दिइरहेका छन्। त्यो असन्तोषको हावा के कति रहन्छ र त्यसले पार्टीका के कस्तो प्रभाव पार्ला, त्यो अहिले भन्न सकिँदैन।

४. एमाओवादीमा पनि भागवण्डा नमिलाइकन छानिएकोले त्यसले असन्तोष जनाएको छ। अनुशासनको कडा जञ्जिरमा बाँधिएका कार्याकर्ता र नेताहरू जञ्जिर तोड्न खोज्दैछन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एक पक्षीय ढ·ले छनौट गरेकोमा असन्तोष जनाउन डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ बैठकमा समेत गएनन्।

५. सबै ठूला पार्टीका अहिले विवाद देखिएको छ। भरखरै चमत्कारिक ढ·ले आएको राप्रपा नेपाल त विभाजित नै भएको छ। असन्तुष्टहरूले अको पार्टीस्थापना गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीप्रत्येक घटनामा फुट्ने गरेको छ। त्यही क्रममा अहिले फेरि फुटेको छ। तर यो विभाजन कहिलेसम्मलाई हो, भन्न सकिन्न।

६.     सङ्घीय समाजवादीले निर्धारित समयमा छानेर लिष्ट बुझाउन समेत सकेन। अरु पार्टीकाट फुटेर गएका त्यसका नेताहरूले पार्टीचलाउन र व्यवस्थापन गर्न के कति गाह्रो हुँदोरहेछ भन्ने अहिले महसुस गरेको हुनुपर्दछ। अखण्ड नेपाल पार्टीको  सपना पनि यो चुनावले चकनाचुर पारेको छ। त्यस पार्टीको  असर क्षत्री समाज नेपालको स·ठनमा परेको अनुभव गरिएको छ।

७. देशको संविधान बनाउन प्रतिबद्ध नेताहरू विवादै विवादमा फसिरहनहुँदैन।प्रत्यक्ष चुनाव र समानुपातिकमा जेजस्तो कमजोरी भए, त्यसबाट शिक्षा सिकेर अगाडि जानुपर्दछ। अहिले सबै मिलेर संविधान बनाउनुपर्दछ। त्यसअघि नेताहरूको विवाद र पार्टीहरूको विवाद ल्याउनुहुँदैन। जे जस्तो विवाद र असन्तुष्ट भए पनि त्यसलाई बिर्सेर संविधान निर्माण काममा लाग्नु अहिलेको एक मात्र लक्ष्य हुनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै