सगरमाथा र शेर्पा

सम्पादक
वैशाख ९, २०७१

१. विश्वको सवोर्च्च शिखर सगरमाथा र सगरमाथा आरोहणमा प्रसिद्धि कमाएका शेर्पा जातिको सम्बन्ध नङ र मासुको जस्तै छ। सगरमाथा र शेर्पा एक अर्काका पूरक जस्तै भएका छ्न। त्यसै कारण सगरमाथा आरोहणमा जाने सबैले सहयोगीका रुपमा शेर्पाहरुलाई नै लैजाने गर्दछन् र शेर्पाहरुकै सहयोगमा उनीहरु सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन्छन्।

२. विगत ६० वर्षदेखि यो क्रम जारी रहेको छ। ६० वर्षको यो लामो अवधिमा दुर्घटनाका छिटफुट घटना नभएका होइनन्। तर त्यसलाई त्यत्ति गम्भीरताका रुपमा लिने गरिएको थिएन। तर यस पटकको घटनाले नराम्रो रुप धारण गरेको छ र सगरमाथाको इतिहासमा रिक्तता र शुन्यताको स्थिति आउने देखिएको छ।

३. सगरमाथा आरोहणको भर्खरै सिजन सुरु भएको छ। सिजन सुरु हुनासाथ सगरमाथा तिर जानेहरु अनेक उत्साह र उम· बोकेर वेश क्याम्प पुगेका छन्। तर वेस क्याम्पबाट केही माथि पुगेका आरोहणका सहयागीहरु मध्ये शुक्रबार हिमपहिरोमा परी १३ जनाको अकल्पनीय एवं असामयिक निधन भएको छ।

४. पर्वतारोहणसँग सम्बन्धित व्यक्तिहरुका अनुसार यो सिजन न पहिरो जाने सिजन हो, न कि उनीहरु गएको बेला विहान सबेरै नै त्यसरी पहिरो जाने समय हो। अनपेक्षित एवं अकस्मात ठूलो पहिरो आएर १३ जनाको अकाल मृत्यु भएको छ। उनीहरु हिउँमा बाटो बनाउन अग्रीम टोलिका रुपमा बिहान सबेरै गएका थिए।

५. इतिहासमा कहिल्यै नघटेको यस्तो दुर्घटनाले पर्वतारोहीहरुको मनमा पहिरो गएको छ। उनीहरुको आत्मविश्वासमा ह्रास आएको छ। शेर्पा परिवारमा ठूलो हलचल मच्चिएको छ। परिवारले सगरमाथा तिर गएका आफ्ना सदस्यलहरु सबैलाई र्फकन आग्रह गरेका छन्। कोही अन्यौलता छन् भने कोही फर्किने तरखरमा छन्।

६. आरोहणका सहयोगीहरुले वेश क्याम्पमा भेला भएर यस वर्षलाई कालो वर्षको रुपमा मनाउँदै सबैलाई र्फकन आग्रह गरेका छन्। स्थिति गम्भीर र विवादित बनेको छ। सगरमाथाको इतिहासमा यस्तो स्थिति कहिल्यै आएको थिएन। यो दुर्घटनाले सगरमाथा र शेर्पा जातिको सम्बन्धमा प्रश्नचिन्ह खडा गरेको छ।

७. सगरमाथा चढ्नु निश्चय नै साहसिक र जोखिमपूर्ण कार्य हो। साहसिक र जोखिमपूर्ण कार्य भएकाले सगरमाथा चढ्नेहरुको नाम विश्वमा उत्कृष्ट किसिमले लेखिने गर्दछ। आरोहण गर्न मानिसहरु लोभिएर आउने पनि गर्दछन्। तर यस पटक जे-जसरी हिम पहिरो आयो र त्यत्ति धेरैको ज्यान गयो, त्यसलाई गम्भीरतापूर्वक लिनु पर्दछ। दुर्घटनालाई के-कसरी न्यूनीकरण गर्न सकिन्छ, त्यतातिर ध्यान दिएर काम गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै