संविधान छिटो निर्माण गर्ने कुरा

सम्पादक
चैत्र २३, २०७१

१. संविधानसभाको गठन संविधान निर्माणका लागि भएको हो। संविधान निर्माणका लागि गठन भएकाले संविधानसम्बन्धी जे जति छलफल, विचार विमर्श हुनुपर्ने हो। त्यो संविधानसभाभित्रै हुनुपर्दछ। तर हामीकहाँ संविधानसम्बन्धी महत्त्वपूर्ण निर्ण संविधानसभा बाहिर हुने गरेको छ। यस्तो प्रवृत्तिले संविधानसभाको महत्त्व घटाएको छ र संविधानसभालाई एउटा रबर छाप सभामा परिणत गरेको छ।

२. ६०१ जनाको जम्बो संविधानसभा छ। संविधानसभाका सदस्यहरूले एक वर्षभित्र संविधान दिने प्रतिज्ञा गरी निर्वाचित भएका थिए। तर उनीहरूले त्यो प्रतिज्ञा पूरा गर्न सकेनन्। उनीहरूले माघ ८ गते संविधान दिने भनी जुन सर्वसम्मतले निर्ण गरेका थिए। त्यो निर्ण पनि कार्यान्वयन गर्न सकेनन्।

३. अब संविधान कहिले बन्छ, त्यो कसैले भन्न सक्ने अवस्था छैन। सत्तापक्षका नेताहरू प्रक्रियामा गएर संविधान छिटो बनाउने भन्दैछन् भने प्रतिपक्षी पार्टीरू सडक आन्दोलन गरी सत्तापक्षलाई गलाएर संविधान आफूले भनेजस्तै बनाउने अभियानमा जुटेर आन्दोलन गरिरहेका छन्। भोलि के हुन्छ, भन्न सकिने अवस्था छैन।

४. संविधानसभाको अध्यक्ष सुवास नेम्वाङले नेताहरूले दुर्इ घण्टाभित्र संविधान बनाउन सकिन्छ भन्ने कुरा उदृत गर्दै नेताहरूले संविधान बनाउन नसकेका होइनन्, नचाहेका हुन् भनेका छन्। सभाध्यक्ष नेम्वाङको त्यो गम्भीर आरोप हो। तैपनि नेताहरूले कसैले त्यसको जवाफ दिएका छैनन्।

५. सभाध्यक्ष नेम्वाङले लामो समय संविधानसभाको बैठक स्थगित गरेपछि आजको लागि बैठक बोलाएका छन्। उनले बैठक स्थगित गर्दा पनि नेताहरूले संविधान बनाउने विषयमा कुनै गम्भीर छलफल नगरेकाले बैठक बोलाएका हुन्। तर प्रतिपक्षी केही नेताहरूले भने उनले बैठक बोलाएर वातावरण बिगारेको आरोप लगाएका छन्।

६. संविधानसभाको बैठक स्थगित गर्दा संविधान निर्माणको वातावरण बन्ने र बैठक बोलाउँदा वातावरण ब्रि्रने अनौठो तर्क राजनीतिमा सुनिँदै छ। सभाध्यक्ष नेम्वाङले व्यवहारमा त्यसको प्रयोग पनि गरि हेरे। करिब डेढ महिना सभा स्थगित पनि गरे। तर त्यसले संविधान निर्माण गर्ने दिशातिर कुनै प्रगति भएको देखिएन। त्यसैले उनले बैठक बोलाएका हुन्।

७. कुरो र कुलो जता लगाए पनि हुन्छ भन्छन्। हामीले पनि कुरो र कुलोलाई आफूलाई मन लागे अनुसार यताउता गर्‍यौं। त्यसरी हामीले धेरै समय खेर फाल्यौं। अब समय आएको छ कि हाम्रो बुद्धि, विचार, विवेक, सबै संविधानसभामा लगाऔँ र सकेसम्म छिटो संविधान निर्माण गरौँ। त्यसरी संविधान निर्माण गर्न सके, त्यो देश र जनताका लागि ठूलो उपहार हुनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width