संविधानसभाको पहिलो बैठक

सम्पादक
माघ १०, २०७०

१. दोस्रो संविधानसभाको पहिलो बैठक बुधबार काठमाडौंको अन्तर्राष्ट्रिय सभाकक्षमा सम्पन्न भयो। संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको अध्यक्षतामा त्यो पहिलो बैठक सम्पन्न भएको थियो। बैठकले संविधानसभाको बैठक बोलाउने नियमावली आदि पारित गरी समाप्त भएको थियो।

२. दोस्रो संविधानसभाको पहिलो बैठक भएकोले त्यो बैठक औपचारिकतामा सीमित रहेको थियो। सभाकक्षमा नयाँ र पुराना सभासद्को चिनजान र परिचय आदान-प्रदान भएको थियो भने नयाँ सभासद् बढी उत्साहित देखिन्थे। उनीहरूले एक वर्षभित्र संविधान बनाउने कुरा पटक-पटक दोहोर्‍याएका थिए।

३.     बैठकमा नेपाली काङ्ग्रेस र एमालेका सदस्यहरू बढी उत्साही देखिएका थिए भने एकीकृत माओवादीका सदस्यहरू निस्तेज प्रायः थिए। सभासद्मध्ये नयाँ महिला सदस्यहरू अलि बढी आफ्नो चाञ्चलयता प्रदर्शन गर्दै थिए भने युवा सदस्यहरू अस्वभाविक रूपले गम्भीर भएका थिए।

४. केही शीर्ष नेताहरू उत्साही भए पनि उनीहरूमा कुण्ठा देखिन्थ्यो। नेपाली काङ्ग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री बन्ने क्रममा के कसरी सभासद्हरूलाई आफ्नो पक्षमा ल्याउने भन्ने चिन्तामा रहेका देखिन्थे भने एकीकृत माओवादी नेताहरूको अनुहार आन्तरिक र बाह्य समस्यामा अल्भिmरहेको थियो।

५. उता मधेसी पार्टीहरू त्यसै पनि तडि्परहेका देखिन्थे। जातीय पार्टीहरूका केही सभासद्हरू हिजो जे जस्तो परिणामको आशमा थिए, त्यो नहुँदा उनीहरू भिजेको कुखुराझैं थिए। सभासद्हरू एक वर्षभित्र संविधान बनाउने कुरा रोबोटले भनेझैं यन्त्रवत् किसिमले भन्दै थिए। तर शीर्ष नेताहरूको विचार के छ, त्यो प्रष्ट थिएन।

६. हिजो पनि धेरै सभासद्हरू संविधान घोषणा गर्ने पक्षमा थिए। शीर्ष नेताहरूबीचको असमझदारी र सहमतिको अभावमा संविधान आउन सकेन। अहिले जनमतले केही सवक सिकाएको छ। जनमतले सिकाएको सवकलाई उनीहरूले के कति बुझेर व्यवहारमा अपनाउलान्, त्यो भोलिले देखाउने छ।

७. विशेषज्ञहरूले नेपालको संविधान विश्वको सबभन्दा महङ्गो संविधान हुने भएकोमा चिन्ता जाहेर गरिसकेका छन्। एउटा संविधान बनाउन अर्बौ रूपैयाँ खर्च हुने, ४/५ वर्षको समय लाग्ने कुरा साधारण होइन, त्यसमा पनि नेपालजस्तो गरिब देशको लागि सुहाउने कुरा होइन। यी सबै कुरालाई ख्याल गरी एक वर्षमा संविधान बनाउनुपर्नेमा हामी जोड दिन चाहन्छौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width