१. आजहामी फेरि एक पटक नेपाली राजनीतिका शिखर व्यक्तित्व जननायक वी.पी. कोइरालालाई स्मरण गर्न गइरहेका छौं। वी.पी. कोइराला नेपाली कांग्रेसका संस्थापक हुन्। उनी नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री पनि हुन्। प्रजातान्त्रिक समाजवादका प्रवक्ताका रुपमा उनी अहिले पनि उत्तिकै सम्मानित भएर नेपालीको मनमा रहिरहेका छन्।
२. २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा देशमा क्रान्ति भएपछि १०४ वर्षको एकतन्त्रीय राणा शासनको अन्त भयो र प्रजातन्त्रको प्रारम्भ भयो। प्रजातन्त्रको प्रारम्भ भएपछि गठित राणा र कांग्रेसको संयुक्त सरकारमा उनी गृहमन्त्री भएका थिए। २०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि उनको नेतृत्वमा कांग्रेसको सरकार गठन भएको थियो।
३. उनी प्रधानमन्त्री भएपछि उनको नेतृत्वमा गठित सरकारले धेरै ऐतिहासिक महत्वका कामहरु गरेको थियो। मन्त्री परिषद्को पहिलो बैठकले प्रधानमन्त्रीको तलब २५ सयबाट १ हजार घटाएर १५ सय र मन्त्रीको तलब १५ सयबाट ५ सय घटाएर १ हजार कायम गरेको थियो। स्वेच्छाले आफ्नो तलब घटाएको त्यो निर्णय ऐतिहासिक मानिन्छ।
४. उनले नेपाली समाजलाई आधुनिक बनाउन शिक्षामा जोड दिएका थिए। २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएको थियो। उद्योग धन्दाको विकासको लागि नेपाल औद्योगिक विकास निगम गठन गरिएको थियो। विर्ता उन्मूलन, राजा रजौटा ऐनको खारेजी, भूमि सुधार उनको क्रान्तिकारी कदम थियो।
५. उनले अपनाएको परराष्ट्र नीतिलाई “साहसिक” भनी आज पनि प्रशंसा गर्ने गर्दछन्। उनले हजरामल र पाकिस्तानसँग दौत्य सम्बन्ध स्थापना गरेका थिए। उनलाई भारतीय दलाल र अन्तर्राष्ट्रिय तत्व भनेर चरित्र हत्या गर्न खोज्नेहरुले पछि आफ्नो गल्ती महसुस गरी उनलाई राष्ट्रवादी नेताका रुपमा सम्मान गरेको महत्वपूर्ण कुरा हो।
६. धर्म, संस्कृति सम्बन्धमा पनि उनको आफ्नै किसिमको मान्यता थियो। उनी कर्म काण्डमा अल्झिन चाहँदैनथे। उनी समाजलाई आधुनिक बनाउन चाहन्थे। धर्मभीरुपन र अन्धविश्वास उनलाई मान्य थिएन। उनी समानता र स्वतन्त्रतामा रमाउथे। तर उनका अनुयायीहरुले उनको यो महत्वपूर्ण विचारको अनुसरण गर्न सकेनन्।
७. वी.पी. लाई मान्ने धेरै छन्। धेरैले उनको प्रशंसा पनि गर्दछन्। तर उनको धार्मिक, सामाजिक, संस्कृतिक एवं समाजवादी विचारको अनुसरण गर्नेहरुको सर्वथा अभाव छ। मानिसहरुले उनको नाममा आ–आफ्नो व्याख्या गरेर फाइदा उठाउँदैछन्। यो बिडम्बनाहो। हामी उनको योगदानको उच्च मूल्यांकन गरी उनले स्थापना गरेको मूल्य र मान्यता यथार्थ रुपमा रहिरहनु पर्नेमा जोड दिन चाहन्छौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१