विश्व संगीत दिवस

सम्पादक
असार ७, २०७४

१. आज विश्व संगीत दिवस हो। संगीत भन्ने शब्दले नै मानिसलाई आकषिर्त पार्दछ। मानिसको मन लोभ्याउँछ। संगीत दिवस भन्नु रमाइलो दिवस हो। विभिन्न बाजागाजाकासाथ संगीत श्रवण गर्नुको आनन्द नै अकै हुन्छ। सूर र ताल तथा भाषा नबुझे पनि संगीतले अथाह किसिमले मानिसलाई मोहनी लगाउँछ।

२. रात लामो हुँदै जानु यो महिनाको विशेषता हो। लामो रात कसरी बिताउने कतिपयका लागि समस्या हुन सक्दछ। त्यो समस्याको समाधान गर्नु संगीतको श्रवण गर्नु हो। मीठो संगीत सुन्न एक किसिमको रोग निको पार्नु हो। यिनै उद्देश्य राखेर विश्व संगीत दिवसको परिकल्पना गरिएको हो।

३. हाम्रो देशमा दुर्इ दशक पहिलेदेखि यो दिवस मान्न थालिएको हो। जति पछि भयो, उति यो दिवसको महत्व बढ्दै गएको छ र यो दिवस मान्ने तौर तरिकामा पनि फरक आएको छ। हिजो एक दुर्इ संस्थाले मात्र यो दिवस मान्ने गर्दथे भने अहिले सम्बन्धित सवै संस्था यसमा सहभागी हुने गरेका छन्।

४. पोखरामा पनि संगीत दिवसको आकर्षण बढ्दो छ। १५ औँ संस्करणको संगीत दिवस मनाउन पोखराका सांगीतिक क्षेत्रका संस्थाहरुले विशेष व्यवस्था गरेका छन्। यहाँका भक्ति संगीत प्रतिष्ठान, नेपाल, तराना म्युजिक सेण्टर र गुरुकुल संगीत प्रशिक्षण केन्द्रको मुख्य आयोजना र अन्य १४ वाङ्मयी संस्थाको सहयोगमा संगीत दिवस मनाउने निर्णय गरेका छन्।

५. ती संस्थाहरुले आज पोखरा उद्योग वाणिज्य संघको सभा हलमा विविध सांस्कृतिक र सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। कार्यक्रममा कलाकारहरुले आ-आफ्नो गीत, संगीत प्रस्तुत गर्ने छन् भने विहान मोटर साइकल र्‍याली गर्ने कार्यक्रम राखिएको छ। मोटर साइकल र्‍याली त्यसको प्रचारात्मक कार्यक्रम हो।

६. आयोजकहरुले यस दिवसका उपलक्ष्यमा गीत संगीतका क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम पनि राखेका छन्। त्यस अनुसार गीत संगीतकार विशेषत ज्ञानमाला भजन गायक सुवर्णयबज्राचार्य, एरेञ्जर अमर गुरुङ ‘पोखरेली’, नृत्यकार रत्नदासलाई सम्मान गर्ने छन्। त्यस्तै रुबी गौलीलाई नगद रुपैयाँ दिएर प्रोत्साह गर्ने कार्यक्रम पनि छ।

७. आयोजकहरुले आफ्नो कार्यक्रम सफल पार्न धेरै दिनदेखि अथक प्रयास गरिरहेका छन्। सन् १९७८ देखि फ्रान्सबाट शुरु भएको यो दिवस मान्ने चलन विश्वव्यापी भएको छ। पोखरेलीहरुले यो दिवसलाई महत्वका साथ हेर्ने गरेका छन्। सहभागीहरुको उत्साहका कारण आयोजकहरु अरु उत्साही भएर यस दिवसको उपलक्ष्यमा विविध कार्यक्रम राखेर मनाउने गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width