लोकतन्त्र दिवस

सम्पादक
वैशाख ११, २०७१

१. आज लोकतन्त्र दिवस हो। यस लोकतन्त्र दिवसको उपलक्ष्यमा विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछन्। सामन्ती शासन व्यवस्थाको प्रतीकका रूपमा रहेको राजसंस्थाको अन्त भएको दिन भएकोले लोकतन्त्र दिवसमा सर्वसाधारणले खुसी मनाउनु स्वाभाविक हो। एक जना नागरिकले देशको सवोर्च्च पद राष्ट्रपति हुन पाउनु कम गर्वको कुरा होइन।

२. हाम्रो देशमा २४० वर्षसम्म शाहवंशीय शासन व्यवस्था कायम रह्यो। शाह राजाहरूले पटक-पटक जनताको अधिकार हनन् गरे। उनीहरूले जनताको एकता टुक्र्याउने काम गरे। उनीहरूले फुटाऊ र शासन गर भन्ने नीतिको अवलम्वन गरी शासन सत्ता लम्ब्याए।

३. राजतन्त्रको अन्त्य हुने बेलासम्म पनि केही नेता राजतन्त्रको पक्षमा थिए। तर राजाले आफ्नो को हुन् र अर्काको को हुन् भनेर चिन्न सकेनन्। राजाले तत्कालको फाइदा हेरे तर दूरदृष्टि राख्न सकेनन्। जसको परिणाम नेपालबाट राजा ज्ञानेन्द्र मात्र होइन, राजतन्त्रको नै अन्त भयो।

४. संसारबाट राजतन्त्रको अन्त हुँदै गएको परिप्रेक्ष्यमा नेपालबाट पनि अन्त भएको छ। यो एक स्वभाविक कुरा हो। अहिले राजाको स्थानमा राष्ट्रपतिको व्यवस्था भएको छ। एकजना सर्वसाधारण जनता पनि निर्वाचनबाट राष्ट्रपतिको पदमा पुग्न सक्ने भएको छ। त्यस दृष्टिले यो व्यवस्था सबै नेपालीको लागि खुसीको कुरा हो।

५. राजतन्त्रको अन्त भएर लोकतान्त्रिक व्यवस्था आयो। राजनीतिक हिसाबले यसलाई एक उपलब्धि मान्नुपर्दछ। तर लामो समयको अभ्यासबाट पनि यसलाई संस्थागत गर्न सकिरहेको अवस्था छैन। अहिले पनि देश अन्तरिम संविधानद्वारा सञ्चालित छ। संविधान बनाउन नसक्नु नेताहरूको ठूलो कमजोरी हो।

६. त्यसको साथै लोकतन्त्रको आगमनको साथ जनताको आर्थिक उन्नतिको ढोका खोलिनेछ भनेर प्रचार गरिएको छ। सर्वसाधारण त्यसबाट लोभिएका पनि थिए। तर देशमा न उद्योग धन्दाको विस्तार भयो, न रोजगारी समस्या समाधान भयो। नेपालीहरूले आर्थिक उन्नति भन्ने कुन चरीको नाम हो भनी सोध्नुपर्ने भएको छ।

७. संविधानसभाले छिट्टै संविधान बनाएर लोकतन्त्रलाई संस्थागत गर्ने काम गर्नुपर्दछ र लोकतन्त्रको उपलब्धि देखाउन विकास निर्माण र आर्थिक उन्नति हुने काम छिटो थाल्नुपर्दछ। प्रतिव्यक्ति आय वृद्धि कार्यक्रम ल्याएर सरकारले लोकतन्त्रको उपलब्धि देखाउन सक्नुपर्दछ। त्यो काम गर्न ढिलाइ भइसकेको छ। यो सरकारले प्राथमिकता दिएर संविधान बनाउने र आर्थिक वृद्धि हुने कार्यक्रम ल्याउनुपर्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै