रोटरी इन्टरनेशनलको पोखरामा सम्मेलन

सम्पादक
पौष १९, २०७०

१. रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को डिष्ट्रिक्ट सम्मेलन पर्यटकीय नगरी पोखरामा आजदेखि सुरु हुन गइरहेको छ। तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भूटानका गरी १२०० भन्दा बढी रोटरियन र तिनीहरूका परिवार सहभागी हुनेछन्। सम्मेलन सफल पार्न डा. केदारलाल श्रेष्ठको अध्यक्षतामा दश सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

२. व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सेवा गरौं भन्ने उद्देश्य बोकेको रोटरी संस्था पाँच जनाले सुरु गरेका थिए भने अहिले विश्वभर यसका ५३४ डिष्ट्रिक र त्यसअन्तर्गत ३४ हजारभन्दा बढी क्लब तथा १२ लाखभन्दा बढी सदस्य रहेका छन्। यसमा मुख्यतया व्यापार व्यवसायमा आवद्ध व्यक्तिहरू संलग्न छन्।

३. नेपालमा पहिलो पटक सन् १९५७ मा रोटरी क्लब अफ काठमाडौं गठन गरिएको थियो भने पोखरामा १९९७ मा रोटरी क्लब अफ पोखरा स्थापना गरिएको थियो। नेपालमा यो क्लब भित्र्याउने श्रेय किरण शम्सेर जबरालाई जान्छ भने पोखरामा विनोदचन्द्र बरालले भित्र्याएका थिए।

४. रोटरी क्लबले नेपालमा ठोस काम कुराहरू गर्दै आएका छन्। खानेपानीको व्यवस्था विद्यालयका लागि सहयोग पुर्‍याउनु, भौतिक संरचना निर्माण गर्ने साधन स्रोत जुटाइदिनमा यो संस्थाले अग्रणी भूमिका खेलेको छ। यसका अतिरिक्त अन्य ठोस र महत्त्वपूर्ण कार्यहरू पनि रोटरी इन्टरनेशनलले गरेको छ।

५. विश्वबाट पोलियो उन्मूलनमा रोटरीको विशेष भूमिका छ। यसले सरकारसँग मिलेर सन् २०१७ सम्म सतप्रतिशत साक्षरता कार्यक्रम ल्याएको छ। त्यसै सर्न्दर्भमा पूर्ण साक्षरताका लागि रोटरी भन्ने नाराका साथ हिजो काठमाडौंदेखि पोखरासम्म कार र्‍याली सम्पन्न गर्‍यो। जसमा १०० भन्दा बढी कार सम्मिलित थिए।

६. यसले गरेको ठोस सेवाको चर्चा गर्दा काठमाडौंको जोरपाटीमा यसले सञ्चालन गरेको अथोर्पेडिक अस्पताल र भक्तपुरको क्यान्सर अस्पताल बिर्सनै सकिँदैन। ती अस्पतालले धेरै विरामीलाई नयाँ जीवन प्रदान गरेका छन् र ती अस्पताल धेरै विरामीका लागि वरदान सावित भएका छन्। त्यस्तै पोखरामा सामाजिक सेवाको क्षेत्रमा यसले अग्रणी भूमिका खेलेको छ।

७. सामाजिक सेवाको क्षेत्रमा त्यसरी महत्त्वपूर्ण भूमिका खेल्दै आएको रोटरी इन्टरनेशनलको पोखरामा सम्मेलन हुनु एक खुसीको कुरा हो। यसले पोखराको पर्यटकीय चिनारीलाई अरु अभिवृद्धि गर्ने छ र समाजमा हराउँदै गएको नैतिक मूल्य मान्यताहरू अभिवृद्धिमा पनि भूमिका खेल्ने छ भनी अपेक्षा गरिएको छ। अन्तमा हामी यस सम्मेलनमा सहभागी हुन पोखरा आउने सम्पूर्ण सहभागीलाई हार्दिक स्वागत अभिवादन गर्दछौं र अतिथिहरूको पोखरा बसाइँ सुखद् रहोस् भन्ने कामना गरी सम्मेलनको पूर्ण सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै