राष्ट्रिय शोकमा सबै एक हुन आवश्यक

सम्पादक
वैशाख १७, २०७२

१. शनिबार गएको विनाशकारी भूकम्पले देशमा पुर्‍याएको धनजनको अपार क्षतिलाई स्थानमा राखेर तथा भूकम्पपीडितहरूलाई एकलव्य भएर राहत सड्ढलन र वितरण गर्न सकियोस् भनी सरकारले संकटकालको घोषणा गरेको छ। प्रधानमन्त्री सुशील कोइरालाले म·लबार अपरान्ह राष्ट्रको नाममा विशेष सम्बोधन गरी तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन्।

२. राष्ट्रिय शोकको यस घडीमा सम्पूर्ण नेपाली एकजुट भएर पीडितहरूको उद्धारका लागि सहयोगको हात बढाउनुपर्दछ। सरकारले चालेको कदममा होस्टेमा हैसे गर्नुपर्दछ। राहत सड्ढलनमा तीव्रता दिनुपर्दछ र सड्ढलित राहतका सामग्री छिटोभन्दा छिटो पीडितहरूकोमा पुर्‍याउनुपर्दछ।

३. भूकम्पबाट पीडित भएको ६ दिन बितेको छ। तैपनि ती पीडितहरू अझै खुल्ला आकाशमुनि रहन बाध्य भएका छन्। तिनीहरूमध्ये कतिपयले एकछाक खान पनि पाएका छैनन्। अझ पनि राहत सामग्री पाउन सकेनौं भन्नेहरूको सङ्ख्या ठूलो छ। दूरदराज गाउँमा त्यसो भन्नेहरूको सङ्ख्या बढी छ।

४. एकातिरको स्थिति यस्तो छ भने अकोर्तिर भग्नावशेषमा पुरिएकाहरूको उद्धार गरी निकाल्न सकिएको छैन। ८२ घण्टा पुरिएकालाई जीवितै उद्धार गरिएकाले भग्नावशेषको उत्खनन् गर्ने काममा पनि उत्तिकै तीव्रता दिनुपर्ने अवस्था छ। खास गरेर काठमाडौंको ठूल्ठूला महलको भग्नावशेषमा विशेष ख्याल गर्नुपर्ने अवस्था छ।

५. एकातिर राष्ट्रिय समस्या यस्तो विकराल र जटिल छ भने अकोर्तिर सरकारको विरोधमा स्वरहरू उठ्न थालेको छ। सरकारले राम्रो काम गर्न सकेन, छिटो गरेन, सरकारको अस्तित्व देखिएन भन्ने विरोधी स्वर सडकमा समेत देखिन थालेको छ। यस्तो अवस्थामा सरकारको आलोचना गरेर होइन, त्यसको काम गर्ने क्षमता अभिवृद्धि गर्ने र काममा तीव्रता ल्याउने उपाय गर्नुपर्दछ।

६. जहाँसुकै र जहिले पनि नकारात्मक सोच राख्नुहुँदैन। हामीले कति, छिटो छरितो चुस्त र फूर्ति साथ काम गर्न सक्छौं भन्ने कुरा हामीले बनाउन लागेको संविधानले देखाएको छ। हाम्रो विकासको गतिले देखाएको छ। हाम्रो गति त्यस्तो छ भने अहिले युद्धस्तरमा गर्ने भन्दैमा कति परिवर्तन आउला र ?

७. सरकारले संरचना बनाएको छ। दातृ राष्ट्र र निकायहरूले सहयोग घोषणा गर्दैछन्। हाम्रा मित्र राष्ट्रहरू धेरै भएकाले सहयोगको सायद कमी नहोला। हाम्रो समस्या वितरण व्यवस्थापन हो। व्यवस्थापनलाई चुस्त र फूर्तिलो पार्न सक्नु आजको आवश्यकता हो। त्यो काम जिल्लामा रहेका प्रशासनिक निकायहरूले तत्परता देखाएमा पनि धेरै हदतक सुल्झन सक्छ। यी सबैका लागि हामी तत्पर रहौं, यही हाम्रो आग्रह छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width