राजनीतिको केन्द्र

सम्पादक
पौष २५, २०७०

१. नेकपा-माओवादीका उपाध्यक्ष एवं पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सीपी गजुरेलले नेपाली राजनीतिको केन्द्र नेपालमा नरहेको रहस्योद्घाटन गरेका छन्। उनले उक्त कुरा हालै काठमाडौंमा आयोजित पार्टीप्रशिक्षण तथा भेलापछि आयोजित कार्यक्रममा व्यक्त गरेका हुन्।

२. नेपाली राजनीति केबाट पीडित छ र त्यसको वास्तविक रोग के हो भन्ने सम्बन्धमा धेरैको विचार मिल्दछ। हामी आफै लड्नुभन्दा, हामी आफै मिल्नुभन्दा हामीलाई अरुले मिलाउनुपर्ने र अरुले लडाउनुपर्ने स्थितिमा पुगेका छौं। यो कुरा ठूला वडा नेताहरूले महसुस गरेका छन् र कतिपयले प्रकट रूपमा भनेका पनि छन्।

३.     रोगको पहिचान भएपछि औषधि विज्ञानमा औषधि खोज्न त्यत्ति विवाद हुँदैन। त्यसको लागि चिकित्सकहरू आपसमा परामर्श गर्दछन् र औषधि प्रेस्क्रायव गर्दछन्। त्यो प्रेस्क्रायव गरिएको औषधि सेवन गरेर एक जना विरामीको रोग निको हुन्छ र निको हुने गरिएको छ।

४. त्यस्तै हाम्रो देशको लागि पनि डाक्टररूपी हाम्रा नेता र बुद्धिजीवीहरू परामर्श गरेर औषधि प्रेस्क्रायव गरेको भए देश र जनताले यत्ति दुःख पाउने थिएन। हाम्रा नेताहरू विभिन्न स्कुलिङमा प्रशिक्षण प्राप्त गरेर आएकाले डाक्टरहरू जसरी उनीहरू आपसमा परामर्श गर्न सक्दैनन् र गरेर सहमति गरे पनि फेरि तुरुन्त तोड्ने गर्दछन्। जसको कारण देश र जनता सधैँ पीडित भएर रहनुपरेको छ।

५. हामी विभाजित हुनु नै हाम्रो ठूलो रोग हो। देश बनाउने भन्दै, सबै मिल्नुपर्दछ भन्दै फुट्नु हाम्रो विशेषता भएको छ। जति हामी फुट्छौं उति ठूलो नारा लगाउँछौं। आन्दोलन गर्छ। व्रि्रोह गर्न खोज्छौं। एक आपसको सफाया गर्नुपर्दछ भन्छौं। सकेको गर्छौ पनि। यही हाम्रो नियति भएको छ। यसलाई हामी दोहोर्‍याउँदै पनि छौं।

६. तर यथार्थ के हो भने जति हामी त्यस्तो आन्दोलन गर्छ उति हाम्रो राष्ट्रियता कमजोर भएको छ, उति हामी परावलम्बी भएका छौं। डेढ दुर्इ दशकको घटनाक्रम र इतिहासले यो प्रष्ट गरेर देखाएका छन्। यस्तो वास्तविकता छँदाछँदै पनि हामी त्यही देश र राष्ट्रियता कमजोर गर्ने आन्दोलन किन गर्न गइरहेका छौं। व्रि्रोहको बाटो किन रोज्न खोज्छौं, यो बुझ्न नसकिने भएको छ।

७. सीपी गजुरेलले भनेको कुरा सत्य हो। बाहिर रहेको राजनीतिको केन्द्रलाई देशभित्र ल्याउने एक मात्र उपाय सबै नेपाली एकजुट हुनु र एकताबद्ध हुनु हो। तर आफै किन आन्दोलन र व्रि्रोहको कुरा गर्दै एक्लिँदै गएको छ, त्यो रहस्यमयी भएको छ। बाहिरियाले त हामी सधैँ लडिरहेको चाहन्छन् होला तर हामी आपसमा किन लड्ने ? देश र जनताका लागि हामी एकताबद्ध भयौं भन्ने हाम्रो राजनीतिको केन्द्र हाम्रोभित्रै रहने छ र त्यसको सञ्चालक पनि हामी आफै हुनेछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै