महावीरलाई सहयोग

सम्पादक
जेठ २१, २०७४

१. महावीर पुन अन्तर्राष्ट्रिय म्यागासेसे पुरस्कार प्राप्त गरेर चर्चित भएका थिए भने अहिले उनले राष्ट्रिय आविष्कार केन्द्रका लागि सो पुरस्कारबाट प्राप्त तक्मा बिक्री गर्न खोज्दा फेरि चर्चित भएका छन्। उनको सो पुरस्कार नेपालमा बिक्री नभएपछि आफ्नो एक साथीका साथ बिक्रीका लागि अमेरिका पठाएका छन्।

२. उनले आफूले पाएको सो तक्मा लिलाम बिक्री गर्ने घोषणा गरेपछि त्यसले समाजमा तरङ्ग पैदा गरेको छ। धेरैले त्यसमा चासो व्यक्त गरेका छन् र सो तक्मा बिक्री नगरी फिर्ता गरोस् भन्ने चाहेका छन्। कतिपयले त्यसलाई प्रतिष्ठाको विषय सम्झेका छन्।

३. यसैबीच सरकारले उनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड ५० लाख रूपैयाँ अनुदान दिने निर्णय गरेको छ। उनले सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा ठोस कामको थालनी गरोस् भनेर वषौर्ंदेखि भन्दै आएता पनि सरकारले केही नगरेपछि आफूले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने निर्णय गरेका छन्।

४. उनले गाउँ गाउँमा पर्यटन, प्रकृति संरक्षण र इन्टरनेट पुर्‍याउने काम गरेका छन्। उनले कतिपय गाउँमा आय आर्जनको काम पनि गरेका छन्। तर त्यसरी स-सानो स्तरमा काम गरेर मात्र देशको विकास नहुने ठानेर उनले आविष्कार केन्द्र खोल्ने निर्णय गरेका हुन्।

५. उनले आफ्नो अनुसन्धान केन्द्रलाई पछिसम्म टिकाइ राख्नका लागि ५० करोडको लगानीले १० मेगावाटसम्मको हाइड्रो पावर सञ्चालन गर्ने योजना बनाएका छन्। त्यो हाइड्रो पावरबाट वाषिर्क २५ देखि ३० करोड नाफा हुन्छ र त्यही नाफाबाट राष्ट्रिय अनुसन्धान केन्द्रलाई दिगो राख्न सकिने उनको दृढ निश्चय छ।

६. त्यसको लागि उनले धेरै सरकारलाई धेरै पटक पुकारेका छन्। तर कसैले पनि उनलाई सहयोग गरेनन् भन्ने उनको गुनासो छ। शायद त्यसैको प्रतिक्रिया स्वरुप उनले आफ्नो तक्मा बिक्री गर्न खोजेको अनुमान पनि गर्ने गरिएको छ। उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकारको तर्फबाट अहिले एक करोड ५० लाख अनुदान दिने र त्यसपछि उद्योग मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने उल्लेख गरेका छन्।

७. उद्योगमन्त्री जोशीको त्यस भनाइ र सरकारको त्यो सहयोगको आश्वासनले धेरैलाई सन्तुष्ट बनाएको छ। तर त्यो आश्वासन आश्वासनमात्र नहोस्, कार्यरूपमा परिणत होस् र अमेरिका लगिएको तक्मा फिर्ता होस् भन्ने धेरैको चाहना छ। सरकारको नीति नियम केही घुमाउरो हुन्छ, त्यसलाई मिलाउने गरी पुनले आफ्नो कार्यक्रम बनाउनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width