महराको भ्रमण, सीमा र समस्या

सम्पादक
असार १८, २०७४

१. उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आज भारत भ्रमणका लागि प्रस्थान गर्दैछन्। महरा भारतका परराष्ट्रमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा जान लागेका हुन्। उनले त्यहाँ भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका अधिकारीहरुसँग शिष्टाचार भेट गर्नेछन्।

२. नेपाल भारतकाबीच बाहिरबाट हेर्दा कुनै समस्या छैन जस्तो देखिन्छ। तर यी दुर्इ देशबीच अत्यन्त धेरै समस्याहरु छन्। भारतले पहिलेदेखि नेपाललाई सहयोग गर्दै आएको छ। नेपालको विकास निर्माणमा भारतको महत्वपूर्ण भूमिका रहेको छ। तैपनि यी दुर्इ देशका बीचको सौहार्दता बराबर बिग्रने गरेको छ।

३. त्यसरी सौहार्दता बिग्रनुको कारण भारतको परराष्ट्र नीति हो भन्ने कुरा अहिले विस्तारै बाहिर आएको छ। उसको त्यो गलत परराष्ट्र नीतिका कारण भारतप्रति नेपाली जनताको भावना प्रतिकूल हुँदै गएको छ। त्यसको विस्तारवादी नीतिले गर्दा नेपाली जनताले बराबर दुःख पाउनु परेको छ।

४. नेपाल सानो छ, भारत ठूलो छ। तर दुवै स्वतन्त्र मुलुक हुन्। स्वतन्त्र मुलुक भएकाले एकले अकोर्लाई हस्तक्षेप गर्नु हुँदैन। तर नेपालले बराबर आफूमाथि हस्तक्षेप भएको सहनु परेको छ। राजनीतिक हस्तक्षेपका सम्बन्धमा केही चर्चा हुने गर्दछ। तर सीमा अतिक्रमण र सीमामा भएको हस्तक्षेपबारे त्यति चर्चा हुँदैन। जुन हाम्रो लागि सवभन्दा ठूलो कुरा हो।

५. एकातिर हाम्रो सीमा अतिक्रमण भइरहेको छ भने अकोर्तिर भारतले आÇनो आÇनो सीमा क्षेत्रमा बाँध आदि बनाएर वषाको पानी रोकेर नेपाली सीमानामा भएका खेतबारी आदि डुबानमा पार्ने गरेको छ। एउटा ठूलो राष्ट्रले सानो राष्ट्रप्रति गरेको मिचाहापनको यो एक नमूना हो। भारतले यो मिचाहापन परित्याग गर्नुपर्दछ।

६. नेपाल र भारतकाबीच सरकारी र राजनीतिक स्तरमा धेरै भ्रमणका आदान प्रदान हुन्छन्। ती भ्रमणमा नेताहरुले अन्य जल्दोबल्दो विषयमा विचार-विमर्श गरेको कुरा बाहिर आउँछ। तर सीमा सम्बन्धी कुरा के-कस्ता भए भन्ने कुरा बाहिर आउँदैन। नेपालले वषौर्देखि यो समस्या भोग्दै आएको छ। भोग्दै आएको मात्र होइन, त्यो भोगाई बढ्दै पनि गएको छ।

७. उपप्रधान तथा परराष्ट्र मन्त्री महराको भ्रमणमा अन्य विषयमा विचार-विमर्श हुनु स्वभाविक छ। तर त्यसको साथै सीमा अतिक्रमण र सीमा जलमग्न गरिएको कुरालाई उठाउनु आवश्यक छ। सीमा अतिक्रमणको पीडा भारतले अरु देशबाट भोग्दै छ। त्यो पीडा कस्तो हुन्छ भन्ने हामीले बताइरहनु पर्दैन। त्यही कुरा महसुस गरेर त्यसले व्यवहार गर्नु पर्दछ। मन्त्री महराले यस विषयमा गम्भीरतापूर्वक कुरा राख्नु पर्दछ भन्ने हाम्रो आग्रह छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width