बिना उपलब्धिको सय दिन

सम्पादक
चैत्र २१, २०७९

यस पटकको प्रतिनिधि सभाको निर्वाचनले नेपाली कांग्रेसलाई सबभन्दा ठूलो दल बनायो भने एमालेलाई दोस्रो र माओवादीलाई तेस्रो बनायो । त्यसबेला कांग्रेस र माओवादीलगायत पार्टीको गठबन्धन सरकार थियो । त्यो गठबन्धनले मिलेर चुनाव लडेको थियो । त्यसरी लडेकाले भागबन्डाको कुरा आयो । नेपाली कांग्रेसले पहिलो पटक प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गरेको थियो भने त्यसपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको थियो । तर प्रधानमन्त्री दाहाल आफू पहिलो पटक नै प्रधानमन्त्री हुन चाहन्थे । त्यसमा कांग्रेससँग कुरा नमिलेपछि उनी एमालेका अध्यक्ष ओलीसमक्ष पुगे । ओलीले पहिलो पटक नै प्रधानमन्त्री बन्ने उनको प्रस्ताव स्वीकारे । सत्ता समीकरण फेरियो । एमाले र माओवादीलगायत गठबन्धन बन्यो । एमालेले त्यसलाई आफ्नो विजय सम्झ्यो भने कांग्रेस जिल्ल पर्‍यो ।

एमाले र माओवादीको भागबण्डा मिलेन । प्रधानमन्त्री दाहाल एमालेबाट टाढा हुँदै कांग्रेससँग नजिकिए । एमाले हिस्स प¥यो । प्रधानमन्त्रीले सत्ताको खेल एमालेसँग पनि खेले भने कांग्रेससँग पनि खेले । तेस्रो ठूलो पार्टी भएर पहिलो र दोस्रो ठूलो पार्टीहरूसँग त्यसरी खेल्नु उसको चातुर्यता हो । उनले २ पटक विश्वासको मत पाएका छन् । गणितीय हिसाबले उनी शक्तिशाली प्रधानमन्त्री देखिएका छन् । ठूल्ठूला पार्टीहरूलाई आफ्नो पछि लगाउन सक्नु उनको पुरुषार्थ मान्नुपर्दछ । तर उनको त्यो पुरुषार्थ सरकारको गठनमा त्यसको सञ्चालनमा र विकास र निर्माणमा लाग्न सकेन । उनले यो सय दिनमा ७ पटक सरकारको पुनर्गठन गरिसके तर अझै उनको सरकारले पूर्णता पाउन सकेको छैन ।

उनी यस पटक प्रधानमन्त्री हुन अति उत्साहित भएका थिए । यस पटक देशका लागि महŒवपूर्ण काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले कुरा थोरै काम धेरै गर्ने वचन पटक–पटक दोहोर्‍याएका थिए । तर उनको त्यो बोली र व्यवहारमा तादात्म्य आएन । उनको अधिकांश समय भाषणमा नै बित्दै छ, निर्देशन र आश्वासनमा नै बित्दै छ । उनले प्रधानमन्त्री हुनासाथ सचिवहरूलाई ३० बुँदे निर्देशन दिएका थिए । ती सचिव र धेरै कर्मचारीहरूको सरुवा गरिएकाले त्यो निर्देशन कहाँ गयो भनेर खोज्नुपर्ने अवस्था आएको छ । मन्त्रालयमा मन्त्रीहरू त भर्खरै नियुक्त भएर आउँदै छन् भने त्यो सरकारले के–कति काम गर्‍यो भनेर समीक्षा गर्न खोज्नु नै समयभन्दा पहिले आफैं आत्तिनुजस्तो भएको छ । त्यस हिसाबले सोच्दा यो सय दिन बिना उपलब्धिको भएको भन्नुपर्ने अवस्था छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width