बलात्कारको घटना बढ्नु दुर्भाग्य

सम्पादक
वैशाख १०, २०७२

१. समाजमा बलात्कारको विरुद्धमा नारा चर्किंदै गएको छ। जति यो नारा चकिर्ंदै गएको छ, उति बलात्कारको घटना बढ्दै गएको जस्तो देखिएको छ। यसको विरोधमा पत्रकारहरूले ठूलो अक्षरमा लेख्न थालेका छन्। यसको विरोधमा गरिएको नारा जुलुस र सभाको समाचार एकातिर हुन्छ भने त्यही पत्रिकाको अर्को स्थानमा बलात्कारको समाचार छापिएको हुन्छ।

२. बलात्कारको शिकार धेरैजसो बालिका र किशोरी हुने गर्दछन्। अपराधीले तिनीहरूलाई ललाई फकाई एकान्तमा लग्ने गर्दछन् र त्यहीं बलात्कार गर्ने गर्दछन्। समाजमा विकृति बढे अनुसार बलात्कारका घटना पनि बढ्दै गएको छ। यो घटना गाउँ सहर जताततै बराबरै हुने गरेको ाछ।

३. बलात्कारीहरूले सुस्त मनस्थितिका, बोल्न नसक्नेदेखि मानसिक सन्तुलन गुमाएर घरबाट निस्केकाहरूलाई समेत आÇनो शिकार बनाउने गरेका छन्। कहीं कतै पनि उनीहरूले वृद्ध भइसकेका अशक्तहरूलाई समेत आÇनो शिकार बनाउँछन्। यो घटना यत्ति बढेर गएको छ कि अब त लज्जास्पद नै भएको छ।

४. बलात्कारका घटना पनि यस्तो लज्जाजनक किसिमले भएको कि त कतै त आÇनै अभिभावकबाटै बालिकाहरू शोषित भएका छन् भने कतै त समाजमा संरक्षकका रूपमा रहेका प्रहरीहरूबाट पनि त्यस्तो कुकृत्य हुने गरेका छन्। प्रहरी नियन्त्रणमा रहेका महिलाहरूले पनि आफू शोषित पीडित हुनुपरेको दुखेसो पोख्ने गरेका छन्।

५. बलात्कारीहरूको यस्तो घटनाले सभ्य समाजलाई चुनौती दिएको छ। सभ्यताको नाममा हामी कति असभ्य छौँ भन्ने यसले एक चिनारी दिएको छ। मानवताको नाममा हामी कति अमानवीय कार्य गछौर्ं भन्ने यसले देखाएको छ। यस्तो दुराचार र कुकृत्य हुनु मानव समाजको एक कलंक हो।

६. बलात्कारको घटना बढ्दै गएकोले महिला अधिकारकर्मी र मानव अधिकारवादी बलात्कारीलाई फाँसीको सजायँ दिनुपर्ने माग गर्न थालेका छन्। एकातिर त्यस्तो कडा सजायँको माग बढिरहेको छ भने अकोर्तिर यसलाई दबाउने र भित्रभित्रै मिल्ने र मिलाउने प्रयास पनि गर्ने गरेका छन्।

७. सभ्य समाजको कलंकको रूपमा रहेको बलात्कारी प्रवृत्तिलाई छिटो अन्त गरिनुपर्दछ। यस्तो कुकृत्यमा संरक्षक, अभिभावक, शिक्षकलगायत समाजका हरेक तप्का र तहका मानिस लाग्ने भएकाले यसमा विशेष सजगता अपनाउनुपर्दछ। यसको रोकथामको लागि एकातिर कडा कानुनको आवश्यकता पर्दछ भने अकोर्तिर यो घोर निन्दनीय, अक्षम्य अपराध हो र समाज, परिवार र व्यक्तिका लागि पनि कहिल्यै नमेटिने कलंक हो, दुर्भाग्य हो भन्ने कुरा प्रष्ट पारिनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width