फेरि पोखरा क्षेत्रीय विमानस्थलको कुरा

सम्पादक
माघ ६, २०७०

१. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल फेरि एकपटक चर्चामा आएको छ। तर चर्चामा आएको विमानस्थल निर्माण गर्नका लागि होइन, विमानस्थ्ल निर्माणको लागत बढी भयो भन्ने विषयमा चर्चा गरिएको छ र त्यो चर्चा पनि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण लागतसँग तुलना गरी गरिएको हो।

२. अहिलेको यो अन्तरिम सरकार त्यसै पनि काम चलाउ सरकार भएको छ। यो सरकारले विदेशीसँग सन्धि सम्झौता गरी विकास निर्माणका कार्य गर्ने कुरा पनि हुँदैन। राजनीतिक पार्टीहरूले त्यसो नगर्न सरकारलाई पटक-पटक भनिसकेका छन्। यस्तो स्थितिमा अको निवार्चित सरकार गठन नभई त्यो सम्झौता हुनु सम्भव देखिँदैन।

३. यस्तो अवस्थामा त्यस्तो तुलना गरी लागत बढी भयो भन्ने कुरा नै किन आयो, त्यो रहस्यमयी भएको छ। पोखरेलीहरू यसमा आर्श्चर्य व्यक्त गर्दछन् र त्यो मह·ो भयो भन्ने कुरा कुनैबाट प्रायोजित भएको ठान्दैछन्। अहिले लागतको कुरा निकाल्नु बेमौसमको बादलजस्तै हो। कतै यो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नदिने या ढिलो गर्ने चाल त होइन, सोच्नुपर्ने कुरा छ।

४. पोखरामा नयाँ विमानस्थल निर्माणका लागि करिब ४० वर्ष पहिले जग्गा अधिकरण गरिएको छ। विमानस्थलको लागि ठोस काम कुरा भएको छैन। एकताका पोखरा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा विमानस्थलको लागि लामो रिले अनसन पनि भयो। त्यसबेला सबै राजनीतिक पार्टीले विमानस्थल निर्माण गर्नुपर्ने कुरामा जोड पनि दिए। तर प्राविधिक कठिनाई देखाएर त्यसलाई पन्छाइयो।

५. यो चुनावको बेला पोखरामा भएका सबै पार्टीर पार्टीका उम्मेदवारले विमानस्थल बनाउन आफू निरन्तर लाग्ने बताएका छन्। निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरूले पनि त्यो कुरा दोहोर्‍याएका छन्। सरकार गठनपछि विमानस्थल निर्माणको लागि ठोस काम कुरा हुनेछन् भनी पोखरेलीहरू विश्वस्त छन्।

६. त्यसबेला पनि विमानस्थलबाट व्यापक कमिसन लिएको चर्चा चलेको थियो। लागत इष्टिमेटभन्दा बढी टेण्डर हालेको पार्टीकाई त्यो ठेक्का दिन लागेको चर्चा पनि चलेको थियो। पछि प्राविधिक कारण देखाएर त्यो कार्य त्यसै रोकियो।

७. त्यो जे भए पनि पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्दछ। विमानस्थल बनाउने भनेर मात्र हुँदैन, त्यसको स्तरीयता, आधुनिक डिजाइन मोडेल आदिले पनि लागत फरक हुन सक्दछ। लागत सम्बन्धमा प्रश्न उठेकाले अब त्यसको लागत आदिबारे पुनरावलोकन गरी सरकारले नयाँ हालसालैको मूल्यको स्टिमेत तैयार गर्नुपर्दछ र तदानुसार विधि नियम मिलाएर नयाँ सरकार गठन भएपछि तुरुन्त त्यो काम अघि बढाउनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग