प्रसङग राजदूत नियुक्तिको

सम्पादक
चैत्र २५, २०७१

१. दौत्य सम्बन्ध भएका देशहरूका लागि राजदूत नियुक्त गर्नु एक सामान्य कुरा हो। राजदूत नियुक्ति प्रक्रियाबाट हुन्छ। त्यस हिसाबले एक जना राजदूत नियुक्त हुनु उल्लेखनीय नहुन सक्छ। तर हामीकहाँ राजनीतिक पार्टीरूबीच गरिने भागवण्डा र त्यो भागवण्डामा आफूले ठूलो भाग पाउने प्रलोभनमा त्यस्तो नियमित प्रक्रिया पनि लामो समय अल्भिmरहेको हुन्छ।

२. आफ्नो नीहित स्वार्थ पूरा नभएसम्म अडान नछाड्ने प्रवृत्ति पार्टीरूमा बढ्दै गएको छ। चाहे त्यो प्रवृत्तिले देश र जनताको जतिसुकै हानी नोक्सानी होस् वा विदेशमा देशको जतिसुकै नराम्रो प्रभाव परोस्, ती केहीको पनि हाम्रा नेताहरूले पर्वाह गर्दैनन्। उनीहरूलाई जसरी भए पनि आफ्नो स्वार्थ पूरा गर्नुपर्दछ।

३. भारतमा नेपालको राजदूत पद खाली भएको चार वर्ष भएछ। भागवण्डाको कारण त्यहाँ राजदूत नियुक्त हुन सकिरहेको थिएन। भारतको लागि राजदूत नियुक्ति गर्नु सवाधिक महत्त्वको मानिन्छ। त्यही महत्त्वपूर्ण पद आफ्नो पोल्टामा पार्न राजनीतिक पार्टीरूभित्र छिनाझपटी भइरहेको थियो। अहिले नेपाली काङ्ग्रेसलाई भारतीय राजदूत पद र एमालेलाई अमेरिकाको राजदूत पद दिएर समस्या सुल्झाइएको छ।

४. यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनले आफ्ना निकटका राम कार्कीलाई भारतको राजदूतका रूपमा प्रस्तावित गरेका थिए। तर भारतले राम कार्कीको एग्रिमो पठाएनन्। प्रधानमन्त्री भट्टराईले राम कार्कीको ठाउँमा अर्को नाम प्रस्ताव गर्न पनि सकेनन् भने उनको एग्रिमो पठाउन प्रभावकारी दबाब दिन पनि सकेनन्। जसको कारण पनि त्यो पद खाली रहिरह्यो।

५. एकपटक चक्र बास्तोलाका सम्बन्धमा पनि त्यस्तै भएको थियो। त्यसबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतीय नेताहरूलाई दबाब दिएर बास्तोलाको मुद्दा फिर्ता लिन लगाएर उनलाई राजदूत बनाउन सफल भएका थिए। यो सरकारले दीपकुमार उपाध्यायलाई भारत र डा. अर्जुन कार्कीलाई अमेरिकाको राजदूत बनाएको छ। अमेरिकामा पनि एक वर्षदेखि त्यो पद रिक्त रहेको छ।

६. अहिले पनि आधा दर्जन भन्दा बढी देशमा हाम्रो देशको राजदूत पद रिक्त रहेको छ। पार्टीरूबीच भागवण्डा नमिल्दा ती पद रिक्त रहेका छन्। महत्त्वपूर्ण देशमा राजदूत नहुँदा धेरै बाधा अड्चन उत्पन्न हुन्छन्। त्यसले राम्रो सन्देश पनि दिँदैन। तर हाम्रा नेताहरू भने प्रधानमन्त्रीको भ्रमणको बेलामा समेत राजदूत नियुक्तिमा त्यति गम्भीर देखिँदैनन्।

७. हाम्रो देशमा निहित स्वार्थ राखी अडान राखिराख्नु एउटा क्रोनिक रोगको रूपमा देखा परेको छ। त्यो रोगले सिंगो देशमा अन्यौल उत्पन्न भएको छ र हाम्रो भविष्यलाई नै अनिश्चित बनाएको छ। नेताहरूले यो दीघरोगलाई छिटो निमिट्यान्न पार्नुपर्दछ र सबै कुरा नियमित प्रक्रियाअन्तर्गत सञ्चालन हुने वातावरण बनाउनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width