१. प्रधानमन्त्री के.पी. ओली आफ्नो चीनको औपचारिक भ्रमण पूरा गरेर आज स्वदेश र्फकदै छन्। प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा १४ बुँदे संयुक्त विज्ञप्ति सार्वजनिक गरिएको छ। त्यस घोषणा पत्रमा नेपाल र चीनबीच विगतमा भएको कुराकानी र सहमतिलाई एक कदम अघि बढाउन समझदारी र सहमति पत्रमा हस्ताक्षर भएको छ।
२. ती १४ बुँदामा नुवाकोटको ७ तले दरबार पुन निर्माण गर्ने, तेल भण्डारण गर्ने, तातोपानी नाका पुनः सञ्चालन गर्ने, मैत्री पुल निर्माण गर्ने, रसुवागढी-स्याफ्रुबेशी सडक खण्डको स्तरोन्नति गर्ने, अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण गर्ने विषयहरु समावेश गरिएका छन्। यी सबै विषय नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण कुरा हुन्।
३. तर विगतमा महत्वका साथ कुरा उठेको यातायात तथा पारवाहन सम्झौताको विषयमा यस पटक हस्ताक्षर नभएकोमा कुटनीतिक क्षेत्रमा खिन्नता छाएको छ। सरकारी पक्षले प्रोटोकल तैयार नभएको कारणले त्यसमा हस्ताक्षर नभएको जनाएको छ। भारतले नेपालमा नाकाबन्दी गर्दा यो विषय सर्वाधिक महत्वका रुपमा चर्चा भएको थियो।
४. यस पटकको सर्वाधिक आकर्षण तिब्बतबाट काठमाण्डौसम्म रेल ल्याउने विषयले पायो। त्यस सम्बन्धमा विस्तृत सर्भेक्षण आदि केही भएको छैन। भारतका प्रधानमन्त्री मोदी नेपाल आउँदा पनि रेल बनाइदिने कुरा उठेको थियो। नेपालमा जयनगर-जनकपुरदेखि बर्दियासम्म रेल लैजाने काम भइरहेको पनि छ। तै पनि चीनले रेल बनाईदिने कुराले सत्तारुढ पार्टीका अपार हर्ष छाएको छ।
५. प्रधानमन्त्री ओलीको भ्रमणको बेला लिपुलेक भञ्ज्याङको कुरा उठाउनु पर्ने सुझाव धेरैले दिएका थिए। नेपालको लिपुलेक भञ्ज्याङलाई भारत र चीनले आपसी व्यापारिक मार्ग बनाउने सम्झौता केही वर्ष पहिल्यै गरेका थिए। त्यसमा नेपाललाई समावेश नगरिएकामा नेपालको आपत्ति छ। तर त्यो कुरा प्रधामन्त्रीले चीनमा उठाएको चर्चा कतै भएन।
६. नेपालले तिब्बती शरणार्थीहरुलाई ५० वर्ष पहिले देखि शरण दिएर राखेको छ। ती शरणार्थीहरुका कारण कहिलेकाँही नेपाल शंकाको घेरामा पर्ने गरेको छ। कहिले चीनका विशिष्ट व्यक्तिहरुको भ्रमणसम्म रद्द हुने गरेको अनुमान छ। यस्तो अवस्थामा सरकारले संबन्धित ठाउँमा यो शरणार्थीको कुरा उठाउनु पर्दछ भन्ने हाम्रो सुझाव हो। त्यस सम्बन्धमा पहल भएको पनि देखिएन।
७. तैपनि सरकारमा बसेकाहरुमा प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट उत्साही भएका छन्। यस्तो शीर्ष व्यक्तिहरुको भ्रमणबाट देशलाई निश्चय नै फाइदा हुने गर्दछ। चीन जस्तो असल मित्र राष्ट्रले नेपालको विकासमा सधैँ सहयोग र सहकार्य गर्दै आएको छ। त्यो सहयोग र सहकार्य बढ्दै गएको छ। यस पटकको भ्रमणले त्यो क्षेत्रलाई अरु व्यापक र विस्तृत गरेको १४ बुँदे संयुक्त विज्ञप्तिले प्रष्ट पारेको छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१