प्रधानन्यायाधीश कार्कीको बिदाइ

सम्पादक
जेठ २५, २०७४

१. प्रधानमन्त्री न्यायाधीश सुशीला कार्कीले मंगलबार उमेर हदका कारण सवोर्च्च अदालतको आफ्नो पदबाट अवकास लिएकी छन्। उमेर हदका कारण अवकास हुनु सामान्य कुरा हो। तर सुशीला कार्की  जे जति चर्चित भएर प्रधान न्यायाधीश भएकी थिइन् र अवकासमा जानु अघि जे जसरी विवादित बनिन्, त्यसलाई साधारण र सामान्य भन्न मिल्दैन।

२. न्यायको क्षेत्रमा उनको छवि आफ्नै किसिमको थियो। उनी निडर, निर्भिक र निष्पक्ष न्यायाधीशका रुपमा गनिएकी थिइन्। उनको छवि आफ्नै किसिमको थियो। उनी सादगी जीवनले सरल जीवनको उच्च विचार भन्ने भनाई चरितार्थ गरेको देखिन्थ्यो। उनको कार्यकालमा न्याय निसाफ र भ्रष्टाचारको क्षेत्रमा केही परिवर्तन देखिएको थियो।

३. नेपालको इतिहासमा पहिलो महिला न्यायाधीश बनेकोमा पनि उनको चर्चा अत्यधिक भएको थियो। उनले महिलाहरुको हक हितको लागि के कति ठोस काम त्यो कुरा त्यत्ति चर्चा भएन। तर उनले एमालेको तर्फबाट एक पटक सभासद् भएकी सपना मल्ललाई सवोर्च्च न्यायाधीश बनाउनमा भने धेरै प्रयास गरेकी थिइन्।

४. उनको कार्यकालमा अदालतमा निश्चय नै केही सुधार भयो। भ्रष्टाचार घटेको चर्चा निकै सुनिएको थियो,। केही वकिलहरु उनको त्यस कार्यबाट असन्तुष्ट थिए र तिनीहरु मध्ये केहीले उनलाई बेला-मौकामा असहयोग गर्ने पनि गरे। तर पनि उनले त्यसलाई वास्ता गरिनन्।

५. उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की प्रकरणमा जे जस्तो फैसला गरिन् त्यसले उनको उचाइ निश्चय नै बढाएको थियो। आइजीपी प्रकरणले पनि उनी चर्चित भएकी थिइन्। उनले भ्रष्टाचार सम्बन्धमा केही सकारात्मक कदम चालेकी थिइन्। तर भ्रष्टाचारमा चुर्लुम्म डुबिरहेको राजनीतिक नेताहरुलाई सायद् त्यो सहज भएन।

६. सत्तारुढ काँग्रेस र माओवादी केन्द्रका सांसदहरुले उनी विरुद्ध व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता गरे। उनी निलम्बनमा परिन्। पछि सवोर्च्चको आदेशबाट उनको निलम्बन फुकुवा भयो उनी कार्यालयमा उपस्थित भइन्। र पछि संसदले महाभियोग प्रस्ताब पनि फिर्ता लियो। तैपनि महाभियोग लागेको प्रधान न्यायाधीश भन्ने त भयो।

७. उनको कार्याकाल चुनौतीपूर्ण रह्यो। त्यो केही उनको स्वभावले गर्दा भयो भने केही पूर्वाग्रह र दुराग्रहले पनि भएको थियो। उनको कार्यकालमा सरकार र सवोर्च्च अदालत तथा सवोर्च्च र संसदबीचको सम्बन्ध सुमधुर रहेन। सहयोगी भावना रहेन। अझै भनौं परस्पर विरोधी भावना विकास भयो। सवोर्च्चमा उनको आगमन जति उत्साहपूर्ण थियो, उनको बहिर्गमन उति नै विवादास्पद  भयो। त्यो जे जस्तो भए पनि व्यक्तिगत रुपले उनी समक्ष कसैले औंला ठड्याउने स्थिति कहिले आएन। यो उनको विशेषता हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width