पोखरामा पानीको अभाव

सम्पादक
पौष २६, २०७०

१. पोखरामा खानेपानीको समस्या बराबर हुने गर्दछ। कहिले कतै पानी आएन भन्ने गुनासो गर्दछन् भने कहिले कतै। अहिले पनि बजारका कतिपय ठाउँमा पानीको हाहाकार छ। केही दिन बिराएर आउने पानी भर्न गृहणीहरू त्यसै आत्तिएका हुन्छन्। उनीहरू पोखरामा पानीको समस्या कहिले स्थायी रूपले समाधान होला भनी सोच्ने गर्दछन्।

२. पोखरा उपत्यका र त्यसको आसपासका डाँडाहरू हराभरा छन्। नदी, छहरा र पानीका स्रोतहरू ठाउँ-ठाउँमा छन्। तीमध्ये केही स्रोतबाट पोखरामा पानी आपूर्ति गर्ने काम भएको छ। आपूर्तिको काम विस्तार गर्ने पनि गरिएको छ। तैपनि पानीको समस्या समाधान भएका छैन र मानिसहरू पानीको लागि तड्पिइरहेका छन्।

३. एक वर्ष जति पहिले सेती नदीले पानीको पाइप बगाएर लगेको कारण पानीको आपूर्तिमा समस्या उत्पन्न भएको थियो। तर त्यो ठूलो समस्या थिएन। तर त्यसको असर भने लामो समयसम्म रहिरह्यो। अहिले फेरि अर्मलामा जमिन भासिएको कारण समस्या आएको सुनिन्छ।

४. कुनै पनि काम कुरामा बराबर ठूला साना समस्या आइरहन्छन्। खानेपानी सम्बन्धमा पनि यस्तो समस्या आउनुलाई ठूलो भन्नुहुँदैन। फेरि त्यस्तो समस्या स्थायी पनि होइन। तर पोखरामा अस्थायी समस्याले खानेपानीको आपूर्तिमा स्थायी समस्या पारेको छ। खानेपानीको आपूर्ति नियमित हुन सकेको छैन।

५. पोखरामा पानीको स्रोतको समस्या छैन। अहिले प्रयोग भइरहेकै स्रोतबाट अरु पानी आपूर्ति गर्न सक्ने अवस्था छ। त्यसको अतिरिक्त अरु पनि नदी र खोलाहरू छन्, जहाँबाट पानी ल्याउन सकिन्छ। यस्तोमा प्राविधिकहरूको विचार महत्त्वपूर्ण हुन्छ। उनीहरूको सल्लाह र सुझाव के हुन्छ, त्यो बाहिर आउनु पनि पर्दछ।

६. सामान्य स्रोत र साधनको हिसाबले वर्तमान स्रोतले पोखराको जनसङ्ख्यालाई पुग्ने देखिन्छ। आपूर्ति व्यस्थापन राम्ररी भएमा र कहीँ कतै बाधा व्यवधान नहुने हो भने वर्तमान स्रोतले वर्तमान जनसङ्ख्यालाई धान्न सक्दछ। कहीँ कतै चुहावटको समस्या पनि छ। खानेपानी कार्यालयले त्यसको पनि छिटो व्यवस्थापन गर्नुपर्दछ।

७. पोखराको जनसङ्ख्या बढ्दो छ। बढ्दो जनसङ्ख्याको हिसाबले खानेपानीको व्यवस्था हुनुपर्दछ। वर्तमान स्रोत र साधनले के कति वर्षसम्म पुग्छ, त्यसको लेखाजोखा पहिले गर्नुपर्दछ र नपुग्ने भएमा अको योजनाको माग गर्नुपर्दछ। फेरि योजना भनेको बेलामा आउँदैन। त्यसको लागि समय पनि चाहिन्छ तर अहिलेको मुख्य कुरा आपूर्तिको व्यवस्थापन हो। व्यवस्थापन राम्रो गर्नु अहिलेको आवश्यकता हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width