नेकामा त्रिकोणात्मक सङ्र्घर्ष

सम्पादक
माघ ३, २०७०

१. संविधानसभाको निर्वाचनमा नेपाली काङ्ग्रेस पहिलो दल भएर देखा परेपछि काङ्ग्रेसले आफ्नो नेतृत्वमा सहमतीय सरकार बनाउने प्रयास गरेको छ। त्यस पार्टीको एकातिर सरकारमा अरु पार्टीकाई पनि समेटेर सहमतीय सरकार बनाउने कुरा गरिरहेछ भने प्रधानमन्त्रीका लागि आफ्नैभित्र सहमति हुन नसकी त्रिकोणात्मक सङ्र्घर्ष हुने देखिएको छ।

२. सत्तामा कहिले पनि नगएका पार्टीसभापति सुशील कोइराला यसपटक प्रधानमन्त्री बन्ने दौडमा निस्केको देखिएको छ भने पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पनि त्यो दौडको प्रतियोगितामा आफ्नो नाम दर्ता गरेका छन्। पहिले सभापति सुशील कोइरालाले चाहेमा निर्विरोध हुनेछ भनिए तापनि त्यो स्थिति अहिले हराएको छ।

३.     सुशील कोइराला निर्विरोध हुने स्थिति समाप्त नै भएको त होइन तर त्यसको लागि उनले धेरै मूल्य चुकाउनुपर्ने स्थिति देखिएको छ। देउवा र पौडेलले कार्यबाहक सभापति पाएमा आफू मैदानबाट हट्ने शर्त राख्न खोजेका छन्। तर कार्यबाहक एउटा पद दुर्इ जनालाई कसरी दिने, नदिइकन उनीहरूलाई के कसरी चित्त बुझाउने, त्यो समस्या कोइरालाको सामु छ।

४. नेपाली काङ्ग्रेसका नेताहरू बाहिर राष्ट्रिय एकता र मेलमिलापको व्याख्या गरेर कहिल्यै थाक्दैनन्। पार्टीभित्र भने उनीहरूले मेलमिलापको स्थिति निर्माण गर्न सकेनन्। जेमा पनि भागवण्डा गर्नुपर्ने अवस्थाले त्यो पार्टीएकीकृत भएको अर्थबोध भएको छैन। दुर्इ खेमा प्रष्ट देखिएको छ। प्रतिहातको हिसाबले भागवण्डा गर्न परम्परा नै रहेको छ।

५. भित्र त्यसरी विभाजित देखिएपछि बाहिर त्यसले प्रत्यक्ष परोक्ष बागेनिङ प्वाइन्ट गुमाउँछ। जसले गर्दा सरकार सञ्चालनमा त्यसलाई सधैँ कठोर चुनौती आर्इपर्न सक्दछ। फेरि ठूलो पहिलो दलको विरोधमा दोस्रो, तेस्रो र अरु दल मिल्ने नेपालमा परम्परा छ। त्यो स्थिति अहिले दोहोरिन पनि सक्छ।

६.     नेपालमा पार्टीका नेताहरू विरोध गर्न जान्दछन्। सरकार चलाउन जान्दैनन् भन्ने कहावत जस्तो भएको छ। सरकारमा गएका पार्टीरूले राम्रा काम गरे भन्ने भएको छैन। जनता विगतका सरकारबाट कहिले खुसी र सन्तोषी भएनन्। त्यो पनि नेपाली काङ्ग्रेससामु चुनौती छ। त्यसमा पनि पार्टीनै विभाजितझैं भएपछि कसरी राम्रो काम गर्ला, सोचनीय छ।

७. हाम्रो देशको सन्दर्भमा सरकारमा जानु ठूलो कुरा होइन। सरकार राम्ररी सञ्चालन गर्नु ठूलो कुरा हो। एक वर्षभित्र संविधान निर्माण गर्न सक्नुपर्दछ। हुन त संविधान सरकारले बनाउने होइन, तैपनि त्यसको व्यस्थापन, संयोजन सरकारले गर्नुपर्दछ।विभाजित मनास्थिति लिएर राम्रो काम गर्न सकिँदैन। यो सर्वविदित कुरा हो। त्यसकारण काङ्ग्रेका नेताहरूले सरकारमा जानुभन्दा अझ धेरै पटक सोच्नुपर्दछ। आफूहरू पूर्णरूपले एकताबद्ध हुनुपर्दछ र एकीकृत भएको कुरा व्यवहारबाट देखाउनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग