नेउवा महासंघको नयाँ नेतृत्वलाई नयाँ अवसर

सम्पादक
वैशाख ३, २०८०

नेपाल उद्योग वाणिज्य महासंघको हालै काठमाडौंमा भएको महाधिवेशनले आफ्नो नयाँ नेतृत्व चयन गरेको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष भएका चन्द्रप्रसाद ढकाल यसपटक स्वतः अध्यक्ष पदमा आसीन भए । वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अर्को पटक स्वतः अध्यक्ष हुने प्रावधान छ । नयाँ नेतृत्वमा आएका ढकाल र श्रेष्ठ दुबै गण्डकी प्रदेशका भएकाले प्रदेशमा त्यसको सकारात्मक प्रतिक्रिया देखिएको छ । महासंघमा पहिले यसै प्रदेशका आनन्दराज मुल्मीले नेतृत्व गरेका थिए । महासंघको स्थापनामा पोखरा उद्योग वाणिज्य संघको महत्वपूर्ण योगदान रहेकाले संघका पदाधिकारीहरू महासंघका विभिन्न पदमा निर्वाचित हुन्थे । त्यसरी निर्वाचित हुनेरूमा त्रैलोक्यनाथ श्रेष्ठ, हेमबहादुर प्रधान तथा आजाद श्रेष्ठ उल्लेखनीय छन् । उनीहरु विभिन्न समयमा उपाध्यक्षमा निर्वाचित भएका थिए ।

महासंघका नयाँ नेतृत्वलाई सुरुमा नै एउटा अनुकूलको वातावरण तयार भएको छ । महासंघले केही महिना पहिले बैंकको ब्याजदरको विरोधमा आन्दोलन गरेको थियो । त्यो आन्दोलनको सकारात्मक प्रभाव देखिएको छ । सरकारले नयाँ वर्ष भित्रिनै लाग्दा बैंकको ब्याजदर घटाएको छ । महासंघको नयाँ नेतृत्वका लागि यो उत्साहजनक वातावरण हो । सरकारमा नयाँ अर्थमन्त्री डा. प्रकाशशरण महत आउनु र बैंकको ब्याज घट्नु लागानीकर्ताका लागि शुभ संकेत हो । लगानीकर्ताले यसको राम्ररी उपयोग गर्न सक्नुपर्दछ र लगानीको वातावरण बनाउँदै जानुपर्दछ ।

देशमा केही भएन । सरकारले राम्रो काम गरेन भनेर जताततै असन्तोष व्यक्त भइरहेको बेला सरकारले बैंकको ब्याजदर घटाएर आफू सकारात्मक भएको सन्देश दिएको छ । यो एक महत्वपूर्ण अवसर हो । महासंघको माग पूरा भएकाले महासंघका नयाँ नेतृत्वले यसलाई गम्भीर किसिमले लिनुपर्दछ र लगानी गर्नका लागि आफ्ना लगानीकर्तालाई प्ररित गर्नुपर्दछ । त्यत्तिमात्र होइन, नेतृत्व तहमा निर्वाचित भएकाहरुले त तत्परता देखाएर आगामी वर्षको सरकारको बजेटमा आफ्नो पक्षबाट सुझाव र सल्लाह दिनुपर्दछ । वार्षिक रुपमा आउने गरेको बजेट विकासको मेरुदण्ड हो । मेरुदण्डलाई बलियो पनि पार्नुपर्दछ र अनुकूलको पनि बनाउनु पर्दछ । त्यसो गर्नु महासंघको नयाँ नेतृत्व सफल र सबल होस् भन्ने हाम्रो कामना छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width