दौरा-सुरुवालको शान

सम्पादक
माघ ९, २०७०

१. संविधानसभाको सपथग्रहण समारोहमा अधिकांश सभासद्हरू दौरा-सुरुवालमा सजिएर गएको देख्दा धेरैले प्रशन्नता व्यक्त गरेका छन्। यसपटक नेकपा एमालेले आफ्ना पुरुष सभासद्लाई नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा र महिलालाई सारी र कोट लगाएर उपस्थित हुन उर्दी जारी गरेको थियो।

२. नेपाली काङ्ग्रेसका अधिकांश नेता औपचारिक समारोहमा दौरा-सुरुवाल र कोटमा देखिन्छन्। पञ्चायतकालमा राष्ट्रिय पोशाक अनिवार्य नै गरिएको थियो। एकीकृत माओवादी सत्तामा आएलगत्तै त्यस पार्टाका नेताहरूले दौरा-सुरुवाल नलगाएपछि राष्ट्रिय पोशाकमा ह्रास आएको जस्तो थियो।

३.     तर जनताले एकीकृत माओवादीको त्यो कुरालाई मन पराएका थिएनन्। र्सवसाधारण जनता औपचारिक समारोह आदिमा दौरा-सुरुवालमा नै देख्न चाहन्छन्। सरकारी कर्मचारीहरूले एकीकृत माओवादी शासनकालमा पनि दौरा-सुरुवाल लगाउने कामलाई निरन्तरता दिएका थिए। त्यसबेला मन्त्रीहरू जे-जस्तो लुगामा आए तापनि कर्मचारीहरू दौरा-सुरुवालमा नै उपस्थित भएर आफ्नो धर्म निर्वाह गरेका थिए।

४. कसैले चाहे पनि नचाहे पनि दौरा-सुरुवाल नेपालको राष्ट्रिय पोशाकमा स्थापित भइसकेको छ। विदेशीहरूले पनि त्यो थाहा पाइसकेका छन्। कतिपयले यसको प्रशंसा पनि गरेका छन्। यस्तो अवस्थामा एमालेले आफ्ना सभासद्हरूलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन उर्दी जारी गर्नु समसामयिक महत्त्वको कुरा हो।

५. जननेता बीपी कोइराला कुनै पनि औपचारिक समारोहमा राष्ट्रिय पोशाकमा नै उपस्थित हुने गर्दथे। उनी सरकारबाहिर रहेको बेलामा पनि राष्ट्रिय पोशाकलाई परित्याग गरेनन्। राष्ट्रिय पोशाकप्रति उनको लगाव थियो, आकर्षण थियो। कतिपय ठाउँमा उनले यसको महत्त्वमाथि बोलेका पनि थिए।

६. केहीले दौरा-सुरुवाल लगाउँदैमा राष्ट्रियताको पक्षधर हुने होइन भनी भन्ने पनि गरेका छन्। दौरा-सुरुवाल लगाउँदैमा निश्चय नै राष्ट्रियताको पक्षधर हुने होइन तर राष्ट्रियता देखाउने विभिन्न माध्यममध्ये एउटा यो पनि हो। यो मान्नुपर्दछ। एमालेका नेताहरूले पनि पहिले त्यसै भन्ने गर्दथे। सरकारमा गएपछि उनीहरूको विचार परिवर्तन भएको थियो।

७. अहिलेको एमालेको यो उर्दीले यस क्षेत्रमा एउटा आयाम थपेको अनुभव भएको छ। दौरा-सुरुवालको पक्षमा त्यो दृढतापूर्वक उभिएको छ। त्यसले सर्वसाधारण जनताको विचार र भावना समेटेको छ। यो एक वास्तविकता हो। वास्तविकतालाई जति छिटो महसुस गर्न सक्यो उति राम्रो हुन्छ। त्यसकारण यसलाई सबैले महसुस गर्नुपर्ने कुरामा हामी जोड दिन चाहन्छौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग