दोस्रो चरणको निर्वाचन

सम्पादक
असार ८, २०७४

१. स्थानीय तह निर्वाचनको दोस्रो चरणको प्रक्रिया प्रारम्भ भएको छ। दोस्रो चरणको निर्वाचनमा विघ्नबाधा आइपर्ने हो कि भन्ने शंका उपशंका व्याप्त भएको बेलामा निर्वाचन प्रक्रिया शुरु भएको छ। निर्वाचनको लागि उम्मेदवारहरुले आफ्नो मनोनयन पत्र दर्ता गरेर चुनाव चिन्ह पनि पाएका छन्।

२. चुनाव चिन्ह लिएर उम्मेदवारहरु आआफ्नै किसिमले चुनाव प्रचारमा पनि लागेका छन्। यो चुनावको जुन जुन पार्टीले विरोध गरेका थिए। त्यही त्यही पार्टी ा केही नेता र कार्यकर्ताहरु स्वतन्त्र उम्मेदवारका रुपमा खडा भएका छन्। स्वतन्त्र उम्मेदवारको त्यो प्रयासले चुनावको आवश्यकता र औचित्यतको राम्ररी पुष्टि गरेको छ।

३. राष्ट्रिय जनता पार्टीले आफूले भनेजस्तै गरी संविधान संशोधन नभएसम्म निर्वाचन गर्न नदिने र निर्वाचन विथोल्ने निर्ण गरेको थियो। त्यस्तै विप्लव पक्षका माओवादीहरु सैद्धान्तिक रुपले नै चुनावको विपक्षमा भएकोले  त्यसले पनि चुनावको वातवारण बिगार्ने प्रयास गरिरहेको छ।

४. तिनीहरुले त्यस्तो गर्दा-गर्दै पनि चुनावको प्रक्रिया शान्तिपूर्वक हुनु र उम्मेदवारले मनोनयन गर्ने बेलामा बन्द हड्ताल गरी बाधा अवरोध पुर्‍याउने जुन आशंका थियो, त्यो भएन। चुनाव चिन्हको वितरण कार्य शान्तिपूर्वक सम्पन्न हुनु चुनाव प्रक्रियाको धेरै भाग पूरा हुनु हो।

५. जनता चुनावको पक्षमा छन्। वीस वर्षपछि भएको चुनावमा जनताको ठूलो आकर्षण छ। जनताको त्यो कुरा पहिलो निर्वाचनमा सहभागीहरुको संख्याले बताएको छ। यो दोस्रो चरणको निर्वाचन वर्षायाममा हुन गईरहेकोले वातावरण केही प्रतिकूल हुने अनुमान गरिएको छ।

६. सरकारले दुर्इ चरणमा सम्पन्न गर्नुपर्ने निर्वाचनलाई तीन चरणमा सम्पन्न गर्ने निर्ण गरेको छ। सरकारको त्यो निर्णको आलोचना पनि भएको छ। दोस्रो चरणमा नै सम्पन्न गर्ने प्रयास गरेको भए त्यो राम्रो हुने थियो। तेस्रो चरणमा सार्‍यो भन्दैमा त्यसको आलोचना गर्नै पर्ने भन्ने केही छैन। मुख्य कुरा निर्वाचन शान्तिपूर्वक, निष्पक्ष र धाँधली रहित किसिमले सम्पन्न गर्नु हो।

७. विरोधको लागि विरोध गर्नु एउटा कुरा हो भने सकारात्मक दृष्टि लगाएर सहयोगको भावना राख्नु अको कुरा हो। अहिलेको आवश्यकता सहयोग र सद्भावको भावना बनाउनु हो। सबैसँग समझदारी बनाएर अघि बढ्नु हो। यही भावना ल्याएर दोस्रो चरणको निर्वाचन सफल पार्नु अहिलेको आवश्यकता हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width