देउवाका लागि चुनाव चुनौती

सम्पादक
जेठ २६, २०७४

१. नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार संसदमा भएको निर्वाचनमा प्रधानमन्त्री पदमा निर्वाचित भएका छन्। निर्वाचनमा उनको मात्र मनोनयन पत्र परेको थियो। उनले ३८८ मत प्राप्त गरी विजयी भएका छन् भने उनको विरोधमा १७० मत परेको थियो। संविधानमा विपक्षमा मतदान गर्न पाउने प्रावधान छ।

२. नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको आपसी सहमति अनुसार केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि देउवाको लागि मार्ग प्रशस्त भएको थियो। उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन्। आफ्नो शपथ ग्रहणको लगत्तै उनले आठ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन्।

३. उनले शपथ गरेलगत्तै उनको कार्याकाल कस्तो होला, उनी सफल होलान कि नहोलान, उनका चुनौती के-के छन् आदि इत्यादिबारे चर्चा परिचर्चा शुरु भएका छन्। यसअघि उनी तीन पटक प्रधानमन्त्री भइसकेका छन्। तर त्यसबेलाको उनको कार्यकाल त्यत्ति सफल भएको मानिएन। त्यसैले अहिले त्यसको चर्चा बढेको हो।

४. अहिलेको उनको चुनौती संविधानको कार्यान्वयन नै हो। संविधानको कार्यान्वयनको क्रममा स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न भइसकेको छ भने दोस्रो चरणको चुनाव गराउने कार्य उनको काँधमा आएको छ। त्यसपछि प्रदेश र संसदको चुनाव गराउनु उनको दायित्व हो।

५. यी पंक्ति लेखिँदा सम्म मधेशमा आधारित राष्ट्रिय जनता पार्टीसंविधान संशोधन नभईकन चुनावमा सहभागी नहुने अभिव्यक्ति दिँदैछन्। त्यसका केही नेताहरुले त चुनाव विथोल्ने धम्की नै दिएका छन्। प्रधानमन्त्री देउवाले मधेसवादी दलहरुलाई के कसरी सहभागी गराउलान, त्यो सबैको चासोको विषय भएको छ।

६. नयाँ सरकारले भूकम्प पछिको पुनःनिर्माणलाई प्राथमिकतामा राखेको पनि जनाएको छ। सरकारले लगानी वातावरण बनाएर आर्थिक समृद्धि गर्ने कुरा पनि गरेको छ। सरकारका सामु शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नु पनि एक चुनौती भएको छ। त्यसको लागि सत्य निरुपण तथा वेपत्ता आयोगलाई गतिशील बनाउनु आवश्यक छ।

७. माओवादी केन्द्रको चासो दश वर्षे जनयुद्धको बेलाका मुद्दाहरु सम्बन्धमा रहेका छन्। त्यसलाई केकसरी छिनोफानो गर्ने, त्यो उपाय देखिएको छैन। तैपनि प्रधानमन्त्री देउवालाई माओवादी केन्द्रको चर्को दबाव त्यस सम्बन्धमा हुन सक्छ। प्रधानमन्त्री देउवाले यस सम्बन्धमा वास्ता राखेर र स्थिति विपरीत दिशातिर गएमा सत्ता साझेदारको सन्तुलन ब्रि्रन सक्छ। यसमा सरकार सजग र सतर्क हुनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width