तेस्रो संविधानसभाको चर्चा

सम्पादक
चैत्र २९, २०७१

१. राजनीतिक वृत्तमा र सञ्चार क्षेत्रमा तेस्रो संविधानसभाको चुनावले चर्चा पाएको छ। युरोपेली युनियनका प्रतिनिधिहरूले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई तेस्रो संविधानसभा चुनावको आवश्यकतासम्बन्धी प्रश्न गरेपछि यो कुरा यताउता फैलिएको हो। युरोपेली युनियनका प्रतिनिधिहरूले त्यो प्रश्न किन र के कारणले राखे, त्यो चासो र चिन्ताको विषय भएको छ।

२. युरोपेली युनियनका प्रतिनिधिहरूको त्यो प्रश्नबारे राजनीतिक क्षेत्रले प्रतिक्रिया व्यक्त गरेको छ। प्रधानमन्त्री सुशीले कोइरालाले त्यसमा आपत्ति जनाएर उनीहरूलाई यस्तो प्रश्न किन र कसरी राखेको भनेर आफ्नो अप्रशन्नता व्यक्त गरे। युरोपेली युनियनका प्रतिनिधिहरूले त्यसपछि आफूले त्यस्तो प्रश्न नगरेको भनी प्रष्ट परेका छन्।

३. तैपनि यस सम्बन्धमा पार्टीका नेताहरूले आफ्नो प्रतिक्रिया दिने क्रम जारी राखेका छन्। नेपाली काङ्ग्रेस, एमाले र एमाओावदी नेताहरूले तेस्रो संविधानसभाको कल्पना गर्न नहुने बताएका छन्। उनीहरूले यहाँ संविधानसभाबाट संविधान बन्ने कुरामा आश्वस्त रहन सबैलाई भनेका छन्।

४. नेताहरूले त्यसरी आश्वस्त पार्नु राम्रो हो। तर त्यो आश्वासनको साथ काम पनि त्यसरी नै हुनुपर्दछ। नेताहरूले युरोपेली युनियनका प्रतिनिधिहरूको त्यस कुरालाई शब्दमा मात्र खण्डन गर्ने होइन व्यवहारले पनि खण्डन गर्न सक्नुपर्दछ। सकेसम्म छिटो संविधानको घोषणा गरेर त्यसलाई खण्डन गर्न सक्नुपर्दछ।

५. एक दशकभन्दा पहिले पनि यस्तै भएको थियो। त्यसबेला दरबारका नजिक रहेका एक जना नेताले दरबार भित्रको कुरा थाहा पाएर राजाले अप्रिय कदम चाल्न लागेको बताएका थिए। नेताबाट त्यस्तो कुरा सुनेपछि नेताहरूले राजालाई त्यस्तो खण्डन गरे। नेताहरूले औपचारिकता त पूरा गरे तर राजाले पछि शक्ति आफ्नो हातमा लिए।

६. प्रस्तुत विषयमा पनि औपचारिक खण्डन गर्नु एउटा कुरा हो। जुन नेताहरूले गरिरहेका छन्। त्यसलाई हामी अन्यथा सम्झँदैनौँ। तर यस्तो कुरामा खण्डन मात्र पर्याप्त हुँदैन। व्यवहारले देखाउनुपर्दछ। त्यो व्यवहारले देखाउने भनेको संविधान छिटो बनाउनु हो। नेताहरू संविधान बनाउने कुरामा अझै गम्भीर भएका छैनन्।

७. एक वर्षमा बनाउने भनेको संविधान चार वर्ष विताएर पहिलो संविधानसभाको पूरा अवधि खेर फाले। दोस्रो संविधानसभा गठन भएपछि फेरि एक वर्षमा बनाउने भनी माघ ८ गतेको समय निर्धारण गरे। उनीहरूले त्यो अवधि पनि व्यर्थैमा खेरा फाले। अहिले त्यस्तो कुनै मिति तोकेका पनि छैनन्। त्यसको विपरीत उनीहरू एक आपसमा अरु टाढा पुगेका छन्। आपसमा औपचारिक वार्ता भएको छैन। संविधान कहिले बन्छ भनी स्वयं शीर्ष नेताहरूले भन्न सकेका पनि छैनन्। त्यसले गर्दा अनेक शड्ढा उपशड्ढा उत्पन्न भएको छ। त्यो शड्ढा उपशड्ढा हटाउन नदिन संविधान घोषणा गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width