तेरियाले नेपालको प्रतिष्ठा बढाइन्

सम्पादक
असार १०, २०७१

१. रुपन्देही जिल्लाकी ११ वर्षीय तेरिया फौजा मगरले भारतीय टेलिभिजन च्यानल जीटीभीमा प्रसारित “डिआइडी” लिटिल माष्र्टस-३ को उपाधी जितेपछि जताततै चर्चा भएको छ। तेरियाले पुरस्कार स्वरुप केवी-३ कप सहित १० लाख भारतीय रुपैयाँ प्राप्त गरेकी छिन्। उनको यो जीतले नृत्य र संगीतको क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको छ।

२. उक्त प्रतियोगितामा दार्जिलिङ निवासी १० वर्षीय नेपाली भाषी अनुष्का क्षेत्री द्वितीय भएकी थिइन् भने भारत बै·लोरका १० वर्षीय स्वाधिन शेट्टी तृतीय भएका थिए। अन्तिम चरणमा पुगेका चार जना मध्ये भारतकै १२ वर्षीय हार्दिक रुपले चौथो भएका थिए। दोस्रो र तेस्रो हुनेले क्रमशः तीन लाख र दुर्इ लाख भारु पाएका थिए।

३. डान्स इण्डिया डान्स प्रतियोगितामा भारत भित्र र बाहिरका गरी १४ वर्ष मुनिका तीन लाखले आवेदन दिएका थिए भने आयोजकहरुले तीन लाख मध्येबाट ४० हजार जनालाई प्रतियोगितामा छानेका थिए। पहिले ४० हजारमा परेकी तेरिया मेगा अडिशन हुँदै अन्तिम चरणमा परेकी थिइन्। अन्तिम चरणमा परेकी तेरिया शनिबार भएको अन्तिम प्रतियोगितामा प्रथम घोषित भएकी थिइन्।

४. तेरिया रुपन्देहीको रुद्रपुरस्थित पिस ल्याण्ड भूपू सैनिक विद्यालयमा पाँच कक्षामा अध्ययनरत छिन् भने उनले बुटबलको बागेश्वरी संगीतालयमा पाँच वर्षदेखि नृत्य तालिम लिइरहेकी छिन्। त्यो प्रतियोगितामा उनलाई उनको बाजे कृष्णबहादुर थापा मगरले पठाएका थिए। अन्तिम प्रतियोगितामा उनको बाजे, बा आमा र रुपन्देही मगर संघका पदाधिकारी तथा सदस्यहरु मगर पहिरनमा सरिक भएका थिए।

५. तेरियाले आफ्ना गुरुलाई गुरुभेटी स्वरुप बुद्धको मूर्ति उपहार दिँदा समारोहमा खुशीको लहर उत्पन्न भएको थियो। उनी आफू बौद्ध अुनयायी भएकीले बुद्धको मूर्ति उपहार दिएकी बताएकी थिइन्। उनले शुरुदेखि उत्कृष्ट नृत्य प्रदर्शन गरी गुरुको मात्र होइन, जजहरुको मन पनि जितेकी थिइन्, भने अन्तिमतिर दर्शक, श्रोता लगायतका एस.एम.एस. कर्ताहरुको एस.एम.एस. भोटको आधारमा प्रथम घोषित भएकी थिइन्।

६. केही वर्ष पहिले नेपाली भाषी दार्जिलिङ निवासी प्रशान्त तामा·ले यस्तै प्रतियोगिता जितेका थिए। अहिले १४ वर्ष मुनिका बालबालिकाहरुको प्रतियोगितामा नेपाली तेरिया प्रथम र नेपाली भाषी दार्जिलि·का अनुष्का क्षेत्री द्वितीय भएका छन्। यो हाम्रो लागि ठूलो खुशी र गौरवको कुरा हो।

७. तेरिया बाल्यवस्थादेखि नृत्यमा रुचि राख्थिन्। त्यसैले उनलाई संगीतालयमा तालिम दिने गरिएको हो। खेलकूदमा पनि उनी त्यस्तै छिन्। भारतमा भएको ४० हजार जनामा भएको प्रतियोगितामा प्रथम हुनु ठूलो कुरा हो। उनले यस्तो कलिलो उमेरमा त्यो ठूलो काम गरेकी छिन्। हामी उनको विजयमा हार्दिक प्रशन्नता व्यक्त गर्दै उनलाई हार्दिक शुभ कामना दिन चाहान्छौ र उनको उत्तरोत्तर उन्नति र प्रगतिको मंगलमय कामना गर्दछौँ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै