डा. भट्टराईको नयाँ अवधारणा

सम्पादक
वैशाख ३, २०७२

१. कुनै बेला नयाँ नेपाल बनाउने परिकल्पनाको साथ अघि बढिरहेको एमाओवादीका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्ष २०७२ को उपलक्ष्यमा गोर्खा जिल्लाको आफ्नो निर्वाचत क्षेत्र नं. १ लाई देशकै नमूना क्षेत्र बनाउने घोषणा गरेका छन्। उनले त्यो घोषणा गोर्खामा आयोजित एक सभामा गरेका हुन्।

२. उनले सभामा  आफ्नो निर्वाचन क्षेत्रलाई नमूना क्षेत्र बनाउने विचारलाई कार्य रुपमा परिणत गर्न तीन महिनाभित्र कार्ययोजना बनाउने घोषणा गरेका छन्। आफ्नो कार्यक्रममा उनले दलित, पिछडिएका जाति, जनजाति, महिला, उत्पीडित वर्गलाई समेट्ने बताएका छन्।

३. नेता भट्टराईले ती वर्गलाई समेटने मात्र होइन, तिनीहरूको आर्थिक, सामाजिक उत्थानका लागि प्रयास गर्ने पनि बताएका छन्। उनले त्यसका लागि युवामैत्री आधुनिक प्रविधि भित्र्याउने, सहकारीमार्फत व्यवसायिक कृषि, पशुपालन गरी स्थानीय स्तरको श्रम, सीप र पूँजी परिचालन गरिने विचार व्यक्त गरे। त्यसका साथै, व्यवसायिक शिक्षाको सर्वसुलभताका लागि विशेष कार्यक्रम ल्याउने पनि उनले बताए।

४. डा. भट्टराईले आफ्नो कार्यक्रम उत्पादनशील, रोजगारीमूलक र आत्मनिर्भर बनाउने किसिमको हुने उल्लेख गर्दै उनले त्यसका लागि नेपाल सरकार, गैर आवासीय नेपालीलगायतका विभिन्न दातृ निकाय, दलहरू, गैर सरकारी संस्था, उद्योगी, व्यवसायी र नागरिक समाजको सहयोग जुटाइने बताए।

५. नयाँ नेपाल बनाउने परिकल्पना लिएर तथा सबैका साथ र सहयोग पाएर प्रधानमन्त्री भएका डा. भट्टराईले आफ्नो प्रधानमन्त्रीत्व कालमा नयाँ नेपालको शिलान्यास गर्न सकेनन्। त्यो कुण्ठा शायद उनीमा रहिरहेको छ। त्यसैको प्रस्फुरण स्वरुप अहिलेको यो अवधारणा आएको हुनु पर्दछ। आफ्नो निर्वाचन क्षेत्र मात्र नमूना बनाउन सके र त्यसकै सिको अरुहरूले गरे भने त्यो पनि ठूलो कुरा हुनेछ।

६. तर यो कार्यक्रम एमाओवादीको उत्पादन ब्रिगेड बनाउने जस्तो हुनु हुँदैन। पार्टीका कार्यकर्तालाई उत्पादनशील काममा लगाउने भनी चुनाव ताका ठूलो स्वरले त्यो कार्यक्रम घोषणा गरियो। त्यस्तै, बुद्धको जन्मस्थल लुम्बिनीको विकासका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा एउटा समिति बनाइयो। तर समितिले के-कस्तो काम गर्‍यो र त्यो आज अस्तित्वमा छ कि छैन ? त्यो धेरैलाई थाहा छैन।

७. डा. भट्टराई विशेषज्ञता प्राप्त सिर्जनशील व्यक्तित्व हुन्। वेला वखत उनले नयाँ अवधारणा ल्याउने गर्दछन्। तर एउटा राजनीतिक सिद्धान्तप्रतिको आग्रहले उनको कार्यक्रम विवादास्पद बन्ने गरेका छन्। उनका धेरै सपना सपनामै सीमित भएका छन्। त्यसले मूर्त रुप लिन पाएका छैनन्। अहिलेको आफ्नो निर्वाचन क्षेत्रलाई नमूना बनाउने उनको अवधारण सान्दर्भिक छ। त्यो अवधारणा कार्य रुपमा परिणत भएमा त्यो क्षेत्र वास्तवमा एक उदाहरण हुनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width