चुनावमा गठबन्धन

सम्पादक
असार १२, २०७४

१. स्थानीय तहको दोस्रो चरणको निर्वाचनको दिन नजिकै आएको छ। चुनावको दिन जति नजिक आएको छ, उति चुनावप्रति मानिसहरुको अभिरुचि बढ्दै गएको छ। पहिलो चरणको चुनावमा भन्दा यो दोस्रो चरणको चुनावमा मतदाताहरु खुलेर आएका छन् र उम्मेदवारहरुलाई आफ्नो स्थानको लागि आवश्यक कुराको माग गर्दैछन्।

२. पहिलो चरणको चुनावमा काठमाडौं लगायतका ठाउँमा एमाले र राप्रपाको गठबन्धन तथा भरतपुरमा माओवादी केन्द्र र काङ्ग्रेसको गठबन्धन देखेर धेरैले आर्श्चर्य मानेका थिए। ती चुनावमा केन्द्रीय नेताहरुले त्यस्तो गठबन्धन गरेता पनि पार्टी कार्यकर्ताहरुले त्यसलाई स्वीकार्न सकेका थिएनन्।

३. दोस्रो चरणको चुनावमा आउँदा त्यस्तो गठबन्धन झन् धेरै र धेरै सँग भएको छ। त्यस्तो गठबन्धन केन्द्रीय स्तरमा पनि भएको छ भने स्थानीय स्तरमा स्थानीय कार्यकर्ताहरु आफैले पनि गरेका छन्। गठबन्धनमा सिद्धान्तको कुरा गौण भएको छ भने पार्टी स्वार्थ प्रधान भएको छ। जोसँग मिलेर आफ्नो जीत हुन्छ या धेरै सीट आउँछ, उसैसँग मिल्ने प्रवृत्ति बढेको छ।

४. अर्को शब्दमा भन्ने हो भने बलियोलाई हराउन कमजोरहरुको गठबन्धन हुने गरेको देखिन्छ ।  अहिले पार्टीबीच भएको गठबन्धन कुनै राजनैतिक सिद्धान्तमा आधारित छैन। यसमा कम्युनिष्ट कम्युनिष्ट मिल्नु पर्दछ भन्ने पनि भएको छैन भने लोकतन्त्रवादीहरु एक ठाउँमा उभिनु पर्दछ भन्ने पनि भएन।

५. दोस्रो चरणको यो चुनावमा राष्ट्रिय जनता पार्टी नेताहरुले चुनावमा भाग नलिने भनेतापनि त्यसका कार्यकर्ताहरुले वैयक्तिक स्वतन्त्रताको हैसियतले चुनावमा उम्मेदवार भएका छन्। कार्यकर्ताहरुले त्यसरी उम्मेदवारी दिएपछि राजपाको चुनाव बहिष्कार गर्ने र चुनाव विथोल्ने निर्णयअप्रासांगकि र अप्रभावित भएको छ।

६. विप्लब माओवादीले चुनाव विथोल्न या आफनो अस्तित्व देखाउन केही ठाउँमा बम विस्फोट गर्ने काम गरेको छ। तर त्यसलाई मतदाताहरुले खास केही पनि सम्झेका छैनन्। त्यस पार्टी जुन डर त्रासको वातावरण सिर्जना गर्ने प्रयास गरेको छ, त्यो एक किसिमले असफल भएको छ।

७. नेपालका मतदाताहरु कम्युनिष्ट चीन, उत्तरकोरिया र क्युवामा जस्तो गरी निर्वाचन विहीन भएर रहन चाहन्नन भन्ने कुरा उनीहरुको निर्वाचन प्रतिको अभिरुचि र सहभागिताले प्रष्ट जनाएका छन्। मतदाताहरुको त्यही भावना बुझेर वाम नेतृत्वहरुले बहुदलीय व्यवस्था र चुनाव प्रणाली स्वीकारेका छन् र यसैमा समाहित भएका छन्। त्यसैले पनि यो चुनावमा राजनीतिक सिद्धान्तको कुरा गौण भएको छ र आफूले जित्नु पर्दछ भन्ने भावना बलियो भएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width