१. प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल र सुखी नेपालीको अवधारणा अघि सारेको पनि वर्ष दिन वित्यो। तर सरकारकै अङ्ग प्रत्यङ्गका रुपमा रहेका मन्त्रालय र कार्यालयहरुले त्यस अवधारणा अनुसार काम गरेको पाइँदैन। मन्त्रालय र कार्यालयहरु आआफनै सुर र गतिमा अघि बढिरहेका छन्।
२. त्यसैकारण विकासको वातावरण बन्नसकेको छैन। देशको मेरुदण्डको रुपमा रहेको उद्योग तथा व्यापारको क्षेत्र आफनो लागि वातावरण अनुकूल नरहेकोमा अझै गुनासो गर्दै छ। देशको उद्योग तथा व्यापार क्षेत्रका माध्यमबाट विदेशी लगानीकर्ताहरुलाई देशमा लगानीका निम्ति आकर्षित गर्नु पर्ने बेलामा उनीहरुकै गुनासो रहनु उचित भएन।
३. देशका उद्योगी व्यापारीहरुले केही महिनादेखि बैकको व्याजदर अत्यधिक भएको र पहिले पहिले लिएको ऋणको व्याजदर पनि वृद्धि गरेर आफूहरुलाई अप्ठ्यारोमा पारेको गुनासो गर्दै आएका छन्। तर सम्बन्धित निकायले उनीहरुको त्यो आवाजलाई वास्ता गरेका छैनन्।
४. उद्योगी व्यापारीहरुको छातासंगठन नेपाल उद्योग बाणिज्य महासंघले त्यस सम्बन्धमा बैकहरुको ध्यान आकर्षित गरेका थिए। तर बैंकहरु त्यसमा सकारात्मक नभएपछि महासंघको प्रतिनिधिमण्डल शुक्रवार प्रधानमन्त्री केपी ओलीसमक्ष गएर आफना गुनासाहरु राखेका छन्। उनीहरुले बैंकको व्याजदर घटाएर लगानीको अनुकूल वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
५. हरेक कुरामा प्रधानमन्त्री समक्ष पुग्नै पर्ने र प्रधानमन्त्रीलाई नै भेटेर भन्नु पर्ने जुन वातावरण छ त्यो राम्रो होइन। यस्तो स्थितिले वातावरण अनुकूल बन्दैन। यस्तो विषय हेर्ने अर्थ, उद्योग र वाणिज्य मन्त्री छन्, मन्त्रालय छन्। नेपाल राष्ट्रबैंक छ। तिनीहरुले आफनै तहबाट केही गर्न सक्छन्।
६. गर्नु पर्ने त उनीहरुले नै हो। उनीहरुले गर्नसक्दैनन् भन्ने होइन। काम छिटो छरितो गर्ने हो भने, वातावरण अनुकूल बनाउने हो भने उनीहरुले आआफना मातहतका अधिकारीहरुलाई आवश्यकीय निर्देशन दिएर काम गर्न गराउन सक्छन्। तर हामीकहाँ त्यसो गरेको देखिएन। प्रधानमन्त्रीकै निर्देशन कुर्नुपर्ने प्रथाले लगानीको वातावरण कसरी बन्न सक्ला ?
७. प्रधानमन्त्री ओलीले वित्तीय संस्थाले सामान्य मुनाफा आर्जन गर्नु जायज भएपनि अधिक नाफाको लालसाले समग्र अर्थतन्त्र अप्ठेरोमा पर्ने काम गर्नुभएन भन्ने विचार प्रकट गरेका छन्। प्रधानमन्त्री ओलीको त्यो भनाई जायज र समसामयिक महत्वको छ। तर सम्बन्धित निकायहरुले त्यसलाई के कति गम्भीरतापूर्वक लिएर कार्यरुपमा परिणत गर्दछन् त्यो हेर्न बाँकी नै छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१