चन्दको नयाँ पार्टी नेकपा (माओवादी)

सम्पादक
मंसिर १७, २०७१

१. नेकपा माओवादीबाट विधिवत सम्बन्ध विच्छेद गरी नेत्रविक्रम चन्दले आफ्नो पार्टीको नाम नेकपा -माओवादी) राखेका छन्। आफ्नो पार्टीगठनपश्चात् उनले काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीको नीति प्रकाशमा ल्याएका छन्। त्यसले कम्युनिष्ट परम्परा अनुसार अरु पार्टीलाई वर्गीकरण गरेर नेपाली काङ्ग्रेसलाई वर्ग शत्रु किटान गरेको छ।

२. नेकपा माओवादी नेता चन्दले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यको आलोचना गरी उनीहरूमाथि औंला ठड्याएका छन्। काठमाडौंमा नवगठित पार्टीसम्बन्धमा फरक-फरक विचार व्यक्त गरिएका छन्। केहीले यो पार्टीभूमिगत हुने सम्भावना पनि व्यक्त गरेका छन्।

३. नेकपा माओवादी फुटेपछि अब त्यो पार्टीलाई एमाओवादी पार्टीला जान मार्ग प्रशस्त भएको अनुमान गरिएको छ। ती दुवै पार्टीले पनि तिनीहरूका बीच एकताको लागि वार्ता भएको जनाएका छन्। तर वार्ता के-कसरी भइरहेछ, त्यसबारे विस्तृत कुरा बाहिर आएको छैन।

४. नेपालको राजनीतिमा पार्टीफुट्नु र जुट्नु सामान्य कुरा भएको छ। राप्रपादेखि नेपाली काङ्ग्रेस पार्टीम्म फुटेको र जुटेको इतिहास छ। कुनै बेला एमाले पनि फुटेको थियो। तर निश्चित सिद्धान्त र विचारमा मतभेद भएर तिनीहरू फुटेका थिएनन्। त्यसैले तिनीहरू फेरि जुटेका छन्।

५. ती फुटेका पार्टीरूको इतिहास हेर्दा तिनीहरू दुर्इ वर्ष फुट्ने र त्यसपछि जुट्ने गरेका छन्। नेकपा-माओवादी एमाओवादीबाट फुटेको पनि दुर्इ वर्ष पुग्न लागेको छ। दुर्इ वर्षमा पार्टीला नेताहरूको रिस राग सेलाउँछ, आफ्नो पार्टीसानो भएको अनुभव हुन्छ र मिल्नुपर्ने महसुस हुन्छ अनि मिल्ने गर्दछन्।

६. यो क्रम हेर्दा एमाओवादी र नेकपा-माओवादी अब के-कसरी इज्जत साथ एक हुने भनी सूत्रको खोजी गर्नु अस्वभाविक होइन। त्यस्तै भरखरै छुट्टएिको दाजुभाइ सबभन्दा ठूलो शत्रु हुन्छ भनेझैं नेकपा-माओवादी र नेकपा माओवादी अहिले ठूलो शत्रु भएको छ। तिनीहरूबीच आरोप प्रत्यारोप भएको छ।

७. एकताका डा. बाबुारम भट्टराईले नयाँ शक्तिको आवश्यक औंल्याउने गर्दथे। नयाँ शक्ति कसले कसरी निकाल्ला भनेर धेरैले नेताहरूलाई नियालिरहेका थिए। नियाल्नेले चन्दको पार्टीले त्यो आवश्यकता पूरा गर्ने हो कि भनेर पनि अनुमान गरेका छन्। डा. भट्टराईले भने त्यस सम्बन्धमा केही बोलेका छैनन्। माओवादीका युवा योद्धाहरू चन्दतिर लागेको अनुमान गरिएको छ। त्यसले के कस्तो कदम चाल्ला केही समयपछि देखिनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width