१. राजनीतिक पार्टीहरू संविधानसभा निर्वाचनको लागि आ-आफ्ना घोषणपत्र तैयार गर्ने क्रममा छन्। संविधानसभा निर्वाचनको लागि बनाउने घोषणपत्र भएकाले त्यसमा तिनीहरूले संविधान बनाउने कुरा राख्नु स्वभाविक हो। हिजो जे जस्तो भए पनि यसपटक संविधान बनाएरै छोड्ने मा तिनीहरूले धेरै कुरा लेख्नेछन्।
२. त्यसरी लेख्नुलाई स्वभाविक मान्नुपर्दछन् तर अहिले देशमा राष्ट्रियताको भावना धेरै ह्रास भएकोले घोषण पत्रमा राष्ट्र र राष्ट्रियताको कुरालाई प्रमुखताका रूपमा उल्लेख गर्नुपर्दछ। राष्ट्र र राष्ट्रियताको भावना इतिहासमै अहिले सबभन्दा कमजोर भएको अवस्था छ तर नेताहरूले आफ्नो निहित स्वार्थका कारण त्यतातिर पटक्कै ध्यान दिएका छैनन्।
३. मुखले राष्ट्र र राष्ट्रियताको कुरा जतिसुकै चको रूपले फलाक्ने भए तापनि सानो परामर्शका लागि हाम्रा नेताहरू उत्तर र दक्षिण पुग्ने गरेका छन्। त्यसरी कोही खुल्ला रूपले जाने गरेका छन् भने कोही गोप्यरूपले जाने गरेका छन्। देशको समस्या विदेशीको परामर्शमा समाधान गर्न खोज्नु दुर्भाग्य हो। जुन दुर्भाग्य हामीले भोग्दैछौं।
४. हाम्रा कतिपय नेताहरूको विदेशबाट र्फकना साथ बोली फेरिन्छ। विदेशबाट एकजना अधिकारी आए भने त्यसलाई भेट्न प्रोटोकलको समेत ख्याल नगरी पुग्छन्। विदेशका सानै तहका नेता भए पनि हाम्रो ठूला तहका नेताहरू त्यसरी भेट्न जानु राष्ट्र र राष्ट्रियताको मानमर्दन गर्नु हो। ठूला नेताहरूले त्यस्तो गर्न थालेपछि विदेशीहरूले पेल्ने नै भए।
५. हाम्रा नेताहरूले सत्ताको स्वार्थमा ती कुनै कुराको ख्याल गरेका छैनन्। यस्तो प्रवृत्ति एउटा पार्टीर एउटा नेतामा मात्र देखिएका होइन, सबै पार्टीला प्राय नेतामा देखिन्छ। अर्थात विदेशीसामु त्यसरी लम्पसार पर्नुमा पनि नेताहरूबीच प्रतिस्पर्धा छ। अनि उनीहरूले हाम्रो कुरा किन सुन्छन्? हाम्रा नेताहरूको यस्तो प्रवृत्तिले गर्दा उनीहरूको पेल्ने प्रवृत्ति बढ्दै गएको छ।
६. नेताहरूले यो कुरा धेरै भोगेका पनि छन्। धेरै पटक भोगिसकेकाले अब के यो उचित हो भनी प्रश्न गर्नुपर्ने अवस्था आएको छ। देशमा विदेशी हस्तक्षेप धेरै भएको छ। हाम्रो सीमा अतिक्रमण पनि धेरै भएको छ। तैपनि कोही बोल्न सकेका छैनन्। के यस्तै अवस्थाबाट देशलाई लैजानु उचित हो, सोच्नुपर्ने कुरा यो हो।
७. राष्ट्र र राष्ट्रियतालाई सुदृढ पार्नु अति आवश्यक भएको छ। राष्ट्र र राष्ट्रियता रहेन भने हामी कहाँ रहन्छौं, महसुस गर्नुपर्ने कुरा यो हो। त्यस कारण नेताहरूले सत्ताको स्वार्थमात्र नहेरेर राष्ट्र र राष्ट्रियतालाई पनि हेर्र्नुपर्दछ। अझ भनौं भने राष्ट्र र राष्ट्रियतालाई प्राथमिकतामा राख्नुपर्दछ। त्यसको लागि पार्टीहरूले अब तैयार गर्ने घोषणापत्रमा राष्ट्र र राष्ट्रियताका कुरालाई महत्त्वका साथ उल्लेख गर्नुपर्दछ र विदेशी नेताका सामु चाकडी गर्ने र लम्पसार पर्ने प्रवृत्तिलाई हतोत्साह पार्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१