खोप लगाऔं, कोभिड भगाऔं

सम्पादक
वैशाख ७, २०८०

कोभिड–१९ बाट फेरि २ जनाको मृत्यु भएको समाचार सम्प्रेषण भएपछि त्यसले समाजमा भयको वातावरण सिर्जना गरेको छ । गत हप्ता २ जनाको मृत्यु भएको थियो । सरकारले २ हजार २ सय ९२ जनाको नमुना परीक्षण गर्दा ६ प्रतिशतभन्दा बढीमा कोरोना पुष्टि भएको जनाएको छ । एक महिनादेखि देशमा कोरोनाका संक्रमित देखिन थालेको थियो भने अहिले अस्पताल भर्ना हुनेको समेत बढ्दै गएको छ । संक्रमितलाई अस्पतालको आइसियु र भेन्टिलेटरमा समेत राखेर उपचार गरिरहेको काठमाडौंका अस्पतालहरूले पुष्टि गरेका छन् । स्थिति भयभीत बन्दै गएको छ । तर जनतालाई सजग र सतर्क पार्ने काम त्यत्ति भएको छैन । सरकारले अस्पताल आएकालाई औषधोपचार गर्ने काममात्र गरिरहेको छ ।

भारतमा एक महिना पहिलेदेखि नै यसको भेरियन्ट देखा परेको र त्यसले केहीलाई संक्रमित पारेको समाचार आएको थियो । त्यसको करिब १ सातापछि त्यो भेरियन्ट नेपालमा देखापरेको थियो । धनगढी र नेपालगन्ज भएर भारतबाट आएकाहरूमा यो संक्रमण देखिएको थियो । तर त्यहाँ रोगको के कस्तो अवस्था छ, त्यो प्रष्ट छैन । काठमाडौंमा भने संक्रमणको गति बढ्दै गएको छ र अस्पतालका शड्ढयाहरू कोभिड–१९ का बिरामीहरूले भर्दै गएको छ । अर्कोतिर जिल्लाहरूमा भने कोभिड–१९ को के–कस्तो अवस्था छ, त्यसको परीक्षण नै गरिएको छैन । न त सम्बन्धित पक्षहरूले सजग र सतर्क पार्ने प्रचारप्रसार नै गरेका छन् । सबै सामान्य एवं साधारण किसिमले नै हिँडडुल गरिरहेका छन् । युवकयुवतीहरू समूह–समूहमा घुमफिरका लागि यता–उता गइरहेका देखिन्छन् ।

कोरोना नेपालीका लागि नयाँ रोग होइन । अधिकांश नेपालीहरू यसका किटाणुसँग लडेका छन् । वैज्ञानिकहरूले यसको खोपको आविष्कार गरेपछि र त्यो खोप लगाएपछि मानिसहरूमा त्यो किटाणुसँग लड्ने शक्ति बढेको छ । खोपको मात्रा पूरा लगाएकाहरू वास्तवमा नै सबल र सक्षम भएको छ । त्यसको लागि वैज्ञानिकहरूलाई धन्यवाद दिनुपर्दछ । तिनीहरूले करिब १ वर्षभित्र नै कोभिड–१९ को खोपको आविष्कार गरे । संसार नै अन्धकार देख्नेहरूले पनि त्यो खोपको सहाराले उज्यालो देख्न थाले । मानिस बाँचन सकिन्छ भन्ने आशा पलायो । त्यसपछि यो रोगबाट मर्नेहरूको संख्या घट्दै गयो । एउटा चमत्कार भयो । तर अहिले फेरि संक्रमण देखिएको छ । पूर्ण खोप लगाएर बस्नु नै यसको अचुक उपाय हो । यसलाई फेरि एक पटक अभियानको रुपमा सञ्चालन गर्नु आवश्यक देखिन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width