उपचुनावले देखाएको कुरा

सम्पादक
असार ११, २०७१

१. दोस्रो संविधानसभाको उपनिर्वाचन सम्पन्न भई त्यसको परिणाम पनि आएको छ। उपनिर्वाचनको परिणाम आउन थालेपछि त्यसबारे मानिसहरूले तर्क वितर्क र विश्लेषण गर्न थालेका छन्। यो चुनावले संविधानसभा र सरकारको गठन आदिको समीकरणमा खास फरक पार्दैन। तैपनि मानिसहरूले त्यसको लेखाजोखा गर्ने थालेका छन्।

२. दोस्रो संविधानसभामा दुर्इ ठाउँबाट चुनाव जितेका नेपाली काङ्ग्रेसका सभापति सुशीले कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा तथा एमालेका वरिष्ठ नेता माधव नेपाल र उपप्रधान तथा गृहमन्त्री बामदेवले एक-एक ठाउँबाट राजीनामा दिएपछि ती ठाउँमा चुनाव गरिएको हो।

३. कोइरालाले छोडेको ठाउँ चितवन-४, देउवाले छोडेको ठाउँ कैलाली-६ र एमालेका नेपालले छाडेको ठाउँ काठमाडौं-२ तथा गौतमको ठाउ बर्दिया-१ मा भएको चुनावमा काङ्ग्रेसले चितवन-४, कैलाली-६ र काठमाडौं-२ मा चुनाव जितेको छ भने बर्दिया-१ मा एमालेले जितेको छ। चुनावमा काङ्ग्रेसले एक सिट थप गरेको छ भने एमालेले एक सिट गुमाएको छ।

४. काङ्ग्रेसको नेतृत्वमा सरकार गठन भएको र नेतृत्व गर्ने प्रधानमन्त्री सुशील कोइरालाको गतिशीलता नभएको भनी राजनीतिक वृत्तमा बढी टिप्पणी भएको बेला आएको चुनाव परिणामले सरकारको नतृत्व र काङ्ग्रेसप्रति केही सकारात्मकता देखाएको छ। सामान्यतया सरकारप्रति असन्तुष्ट देखाउन उपनिर्वाचनमा सरकारी उम्मेदवारलाई हटाउने गरिन्छ।

५. तर अहिलेको परिणाम त्यसको विपरीत भएको छ। चुनावमा काङ्ग्रेसले आफ्नो पुरानो निर्वाचन क्षेत्र जोगाएको मात्र होइन, कम्युनिष्टको लालकिल्ला मानिने काठमाडौं-२ मा पनि विजय प्राप्त गरेको छ। काङ्ग्रेसको लागि त्यो विजय ठूलो कुरा भएको छ भने एमालेले आफ्नो प्रतिष्ठा गुमेको सम्झेको छ। त्यसको साथै यो चुनावमा एकीकृत माओवादीको भोट पहिलेभन्दा घटेको हुँदा चुनावले त्यसप्रति पनि चुनौतीको औँला तेस्र्याएको छ।

६. चुनाव परिणाम अनुसार काठमाडौं-२ बाट  नेपाली काङ्ग्रेसका दीपक कुइँकेल, चितवन-४ मा रामकृष्ण घिमिरे र कैलाली-६ मा पुष्करनाथ ओझाले जितेका छन् भने बर्दिया-१ मा एमालेका श्यामप्रसाद ढकालले जितेका छन्। ति ठाउँमा काङ्ग्रेसल जितेको ठाउँमा एमाले निकटतम प्रतिद्वन्द्वी भएका छन् भने एमालेले जितेको ठाउँमा काङ्ग्रेसका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी भएका छन्। एमाओवादी ती सबै ठाउँमा तेस्रो भएको छ। त्यसको भोट पहिलेभन्दा घटेको छ।

७. यो चुनावले धेरैलाई धेरै कुरा देखाएको छ। क-कसले कसरी बुझ्छन् र पाठ सिक्छन्, त्यो उनीहरूको आ-आफ्नो कुरा हो। तर काङ्ग्रेसले यसलाई गम्भीर किसिमले लिनुपर्दछ र जनताले आफ्नो काँधमा दायित्व थपेको अर्थबोध गर्नुपर्दछ। काङ्ग्रेसले आपसमा विवाद नगरी काम कुरा चुस्त र फूर्तिसाथ गर्नुपर्दछ र जनताले दिएको जिम्मेवारी इमान्दारीसाथ पूरा गर्न सक्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width