अब नेता छान्ने पालो एमालेको

सम्पादक
माघ १५, २०७०

१. नेपाली काङ्ग्रेसले विधिवत् रूपमा आफ्नो संसदीय दलको नेता छानेको छ। नेपाली काङ्ग्रेसले राम्रोको लागि सर्वसम्मतिबाट नेता छान्ने प्रयास गरे तापनि आखिरमा निर्वाचन पद्धतिबाट नेता छान्ने काम सम्पन्न गरेको छ। अब नेता छान्ने काम एमालेको हो। एमालेमा पनि सर्वसम्मति गर्ने प्रयास भइरहेको छ।

२. नेकपा एमालेको निकट भविष्यमा महाधिवेशन पनि हुने भएकोले नेताहरूले त्यस महाधिवेशनमा हुने चुनावलाई पनि दृष्टिगत गरी पदको विभाजन गर्न खोजेका छन्। नेपाली काङ्ग्रेसमा नेता पदको लागि तीन जनाबीच तानातान थियो भने एमालेमा चार जना शीर्ष नेताबीच तानातान छ। उल्झन एमालेमा बढी देखिन्छ।

३.     एमालेका शीर्ष नेताहरूमा दुर्इजना भूतपूर्व प्रधानमन्त्री भएका छन्। पूर्व प्रधानमन्त्री माधव नेपाल पहिले लामो समय पार्टीअध्यक्ष समेत भएका थिए भने वर्तमान अध्यक्ष झलनाथ खनाल पनि पूर्व प्रधानमन्त्री हुन्। प्रभावशाली नेता के.पी. ओली र उपाध्यक्ष वामदेव गौतम पनि चुनावी मैदानमा रहेकाले स्थिति पेचिलो भएको छ।

४. नेताहरूका अगाडि पार्टीर सरकारमा जानका लागि धेरै पद छन्। सरकारमा जाने नेताहरू सहजै उपप्रधानमन्त्री पाउन सक्छन्। तैपनि सबैले शीर्ष पदहरू ताक्ने भएकाले तानातान चर्को भएको हो। प्रतिस्पर्धामा गौतम केही पछाडि भएको देखिएको छ र उनको समर्थनले निर्णायक भूमिका खेल्ने देखिएकाले उनलाई ‘किङ मेकर’ भन्न थालिएको छ।

५. वर्तमान संविधानसभामा एमाले दोस्रो ठूलो पार्टीहो। दोस्रो ठूलो पार्टीभएकाले त्यसको भूमिका र महत्त्व पनि ठूलो छ। एमालेले आफ्नो महत्त्वपूर्ण भूमिका संविधान निर्माणमा लगाउनुपर्दछ। पहिलो ठूलो भएको काङग्रेस सानोतिनो कुरामा अड्कन खोजेमा त्यसरी अलमलिन नदिई संविधान निर्माणमा नै लगाउनुपर्दछ।

६.     जनताले काङ्ग्रेस र एमालेलाई पहिलो र दोस्रो ठूलो पार्टीबनाएको यी दुर्इ पार्टीमिलेर संविधान बनाउन् भनेर हो। विगत संविधानसभामा यी पार्टीले जे जस्तो भूमिका खेले त्यसको मूल्याड्ढन गरेर पनि हुन सक्दछ। त्यसकारण यस्तो पार्टीमन्त्रालयको बाँडफाँट जस्तो सानोतिनो कुरामा अल्झिनुहुँदैन।

७. जनता सजग र सचेत छन् भन्ने कुरा गत चुनाव परिणामले देखाएको छ। चुनाव परिणामले देखाएको शिक्षालाई मनन् गर्नुपर्दछ। आपसमा फुटेर आएको अवसरको सदुपयोग गर्न नसक्नु उसको कमजोरी र्ठहर्छ। त्यसकारण पार्टीले नेता चुन्ने काममा सर्वसम्मति नभए चुनावमा जान पनि सक्नुपर्दछ। चुनावमा गयो भने को कति पानीमा छन् भन्ने कुरा पनि प्रष्ट हुन्छ, जस्तो नेपाली काङ्ग्रेसमा देखियो। छिटो चुनाव गरी सरकार गठनमा सघाउ पुर्‍याउनु अहिलेको आवश्यकता हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग