नेपालका अग्रज पत्रकार तथा वरिष्ठ वामपन्थी बुद्धिजीवी मणिलाल श्रेष्ठको २०७७ चैत ३ गते मंगलबारका दिन काठमाडौंको गंगालाल अस्पतालमा ८९ वर्षको उमेरमा निधन भयो । उनी लामो समयदेखि मिर्गाैला र मुटुको रोगबाट पीडित थिए । उनी २००८ सालमा नेपाल भाषा दैनिक पत्रिकामा आबद्ध भएर पत्रकारिता पेसामा लागेका थिए । उनको सम्बन्धमा अर्काे उल्लेखनीय के पनि छ भने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा नेपालमा पहिलोपटक गठित नेपाल पत्रकार संघको महासचिव पनि भएका थिए । उनले पत्रकार संघको महासचिव पनि भएका थिए । उनले पत्रकार संघको सांगठनिक विकास र पत्रकारको हक हितका लागि महत्वपूर्ण योगदान गरेका थिए । संस्थापक महासचिवको रुपमा उनी स्मरणीय रहिरहेका छन् ।
उनी वामपन्थी बुद्धिजीवीका रुपमा चर्चित थिए । उनी खाँटी कम्युनिस्ट थिए, तर कुनै पनि कम्युनिस्ट पार्टीसँग उनी आबद्ध भएर रहेनन् । उनी विद्यार्थी अवस्थामा विद्यार्थी फेडेरेसनसँग आबद्ध थिए तर त्यसमा पार्टीले एकाधिकार गर्न थालेपछि उनले फेडेरेसन परित्याग गरेका थिए । २०१४ सालमा उनी काठमाडौं नगरपालिकामा वडाअध्यक्ष पदमा कम्युनिस्ट पार्टीको तर्फबाट लड्न खोजेका थिए । तर नेपाल भाषा र साहित्य सम्बन्धमा नेताहरुसँग विचार नमिलेपछि उनी स्वतन्त्र उम्मेदवार भएर विजयी भएका थिए । धर्म र कर्मकाण्ड सम्बन्धमा पनि उनको आफ्नै विचार थियो । उनले आफ्नो पिताजीको निधनमा कुनै कर्मकाण्ड गरेनन् । उनले टीका लगाउँदैनथे ।
उनले कलकत्ता विश्वविद्यालयबाट अंग्रेजी भाषामा एमए र एलएलसी गरे । इतिहास उनको रुचिको विषय थियो । इतिहासका तिथि मिति उनलाई कण्ठै आउँथ्यो । घटनाक्रमलाई क्रमबद्धरुपमा भन्न सक्थे । त्यस सम्बन्धमा अभूतपूर्व ज्ञान भएकाले उनलाई इन्साइक्लोपेडिया पनि भन्ने गरिएको थियो । नेपाल भाषाको विकासको लागि उनले धेरै काम गरेका थिए । त्यसमा लागेकाले उनलाई साम्प्रदायिक पनि भनियो । पञ्चायत कालमा उनी ३ वर्ष जेल पनि बसे । एकताका उनको प्राध्यापक पेसा पनि खोसियो । तैपनि उनले आदर्श र सिद्धान्त परित्याग गरेनन् । उनले धेरै धेरै कम्युनिस्ट नेताहरुलाई प्रशिक्षण दिएका थिए । सल्लाह र सुझाव दिएका थिए । कम्युनिस्टहरु त फैलिए । सरकारमा कम्युनिस्ट, सदनमा कम्युनिस्ट र सडकमा पनि कम्यनिस्ट छन् । तर आचरण र व्यवहार सिद्धान्त अनुसार नभएकामा उनी खिन्न हुन्थे । पार्टीको विभाजनबाट पनि उनी दुखित भएका थिए । उनको निधनमा प्रधानमन्त्री ओलीले विज्ञप्ति जारी शोक व्यक्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१