सिण्डिकेट खारेजी माग

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७३

१. यातायात क्षेत्रमा विद्यमान सिण्डिकेट प्रथा खारेज गर्नुपर्दछ भनेर वषौर्देखि आवाज उठेको छ। सिण्डिकेट प्रथा सरकारले अवलम्बन गरेको स्वतन्त्र र खुल्ला बजार अर्थनीतिको विपरीत छ। कानुनले पनि त्यो प्रथा वर्जित गरेको छ। तर यातायात व्यवसायीको संगठन यत्ति सशक्त र प्रभावकारी छ कि त्यसले त्यो कानुन समेत लागू गर्न दिएको छैन।

२. काभ्रे जिल्लाको विर्ता देउरालीमा बस दुर्घटना भएर २७ जनाको ज्यान गएपछि सिण्डिकेट प्रथा खारेजीको कुरा जोडतोडले उठेको छ। यसपटक काभ्रे जिल्लाका सांसदहरुले पनि त्यो प्रथा खारेजीको माग गरेका छन्। सरकारले जनता र जनताका प्रतिनिधिका कुरा के कति सुन्छ र कदर गर्छ, त्यो यसपटक प्रष्ट देखिने छ।

३. गाउँघरमा यातायात दुर्घटनाका कारण सडकको दुरावस्था, थोत्रा सवारीसाधन र क्षमता बढी यात्रु राखेर सवारी चलाउने गरिएकोले भएको आमठहर छ। सिण्डिकेटले नयाँ गाडी राख्न नदिने र सीमित र थोत्रा गाडीमा क्षमता बढी यात्री राखेर यातायात सञ्चालन गर्ने गर्दछ। विर्ता देउरालीको दुर्घटना भएको बस ३५ सीटको भए नि त्यसमा ९० जना यात्रु कोचिन बाध्य भएका थिए भने त्यसमा सामान पनि उत्तिकै राखिएको थियो।

४. सिण्डिकेट जहाँ-जहाँ सशक्त र प्रभावशाली छ, त्यहाँ-त्यहाँ यातायातको यस्तै हालत छ। उनीहरु निजी क्षेत्रको लगानीको संरक्षणको नाममा अरु गाडी हाल्न दिँदैनन्। कतिपय ठाउँमा रुट-पर्मिट दिने कार्यालय आफै निरीह भएको पनि देखिन्छ। उनीहरुको लगानीको संरक्षण गर्दा कति यात्रुले अकालमै गर्नुपर्ने हो, त्यो संवेदनशीलता उनीहरुले देखाएका छैनन्।

५. कतिपय ठाउँमा यातायात व्यवसायीले व्यवहारमा सिण्डिकेट प्रथा कायम राखेर पनि बाहिर सिण्डिकेट नभएझैं गरेका छन्। उनीहरुले व्यवहारमा भएको सिण्डिकेटलाई मलमल छोपेर प्रशासनको आँखामा छारो हाल्ने काम गरेका छन्। प्रशासनका अधिकारी पनि आफ्नो लाज पचाएजस्तो गरी नदेखेझैं बस्ने गरेका छन्।

६. जब कतै दुर्घटना हुन्छ, अनि सिण्डिकेटको कुरा बाहिर आउँछ, त्यसको खारेजीको कुरा आउँछ। दुर्इ-चार दिन वातावरण तातिन्छ। प्रशासनले पनि केकेन कडा गरेझैं गर्दछ। प्रहरी प्रशासन पनि सजग र सतर्क भएको देखिन्छ। समय बितेअनुसार सबै सेलाएर जान्छ र स्थिति जस्ताको तस्तै हुन्छ। सुधार भन्ने कुरा आदेश र निर्देशनमा मात्र सीमित रहन्छ।

७. कानुनले वर्जित गरेको कुरामा कसैले जोडबल गर्नु नपर्ने हो। कानुनको पालना गर्ने निकायले नै सधैँ र निरन्तर हेरेमा यस्तो समस्या आउने नै थिएन। तर हाम्रो जस्तो गरिब देशमा स्वार्थले बिगार्ने रहेछ। एक दुर्इ जनाको स्वार्थले गर्दा दर्जनौं मानिसको ज्यान जाने गरेको छ। यो संवेदनशीलतालाई मनन गरेर तदनुसार गर्न गराउन हामी सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width