सडक दुर्घटनाको त्रासदी

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७३

गएको एक सातामा मात्रै दुर्इ ठूला बस दुर्घटना भए। काभ्रेमा बस दुर्घटनाको खबर सेलाउन नपाउँदै वैतडीमा बस दुर्घटना भयो, बैतडीको  दुर्घटनाको त्रासदी नमेटिँदै फेरि त्रिशुलीमा बस दुर्घटना भयो। एकपछि अको-अर्को सडक दुर्घनाका खबरले बसमा हिड्ने यात्रुलाई तनावमा तानिरहेको छ। कसै-कसैले भन्ने गर्छन्, बसमा यात्रा गर्दा अब मुखमा जौँ, तिल हालेर यात्रा गर्नुपर्ने भयो। सडक दुर्घटनाको कहालीलाग्दो शृङ्खला हाम्रो देशमा भइरहेको छ। केही वर्षअगाडि पश्चिममा जन्ती बस दुर्घटना भएर गाउँ नै पुरुषविहीन भएको थियो। यति वेला चार्डपर्वको मौसम आउँदै छ, यात्रुको चाप बढ्दै छ। सडक दुर्घटनाको जोखिम पनि बढ्दै छ।

किन हुन्छन् सडक दुर्घटना ?

सामान्यतया चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु बोकेको कारण सवारी दुर्घटना हुने गरेका छन्। ४६ सालपछि हामी खुला एवं प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा प्रवेश गरेका छौ। राज्यले शिक्षा, स्वास्थ्य, यातयात सबै दैनिक उपभोग्य वस्तु तथा सेवामा उदार अर्थ नीति भन्दै चरम नीजिकरण गरेको छ। नेपाली कांग्रेसको समाजवादी नीति र कम्युनिष्टहरूको समाजवादी नीति हराएको छ। धनी-गरिबबीचको खाडल बढेको छ। धनी झनझन् धनी, गरिब झनझन् गरिब भएका छन्। नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने नाममा व्यापारीले मनलाग्दो गरिरहेछन्। सार्वजनिक यातयातमा राज्यको उपस्थिति छैन। केही वर्ष पहिले देशका विभिन्न भागमा सार्वजनिक रुपमा साझा यातायात चल्ने गथ्यो। काठमाडौं उपत्यकामा ट्रली बस र साझा यातायातबाट यात्रु लाभान्वित भएका थिए। यति बेला चीनको सहयोगमा काठमाडौं-भक्तपुर चल्ने ट्रली बस बन्द भएको छ। धेरै वर्षको थकाइपछि नयाँ व्यवस्थापनमा साझा यातायात चलेको छ। देशका सबै भागमा निजी क्षेत्रको सार्वजनिक यातायाले वेथिति र भद्रगोल गरेको छ। सार्वजनिक यातायातमा रहेको सिन्डिकेटले यातायातलाई सबैभन्दा बढी थिलोथिलो पारेको छ। तीव्र गतिमा सवारी चलाउने, ग्रामीण भेगको कच्ची बाटोमा छतमा यात्रु बोक्ने, तालिम प्राप्त चालक नहुनु जस्ता कारणले चालकको लापरवाही, रुट इजाजत विना सवारी चलाउने कारणले पनि बारम्बार सवारी दुर्घटना भएका छन्।

सडक दुर्घटनाको तथ्याङ्क

नेपालमा सरुवा रोग, मुटुरोग र क्यान्सरपछि सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या चौथोमा छ। विशेषगरी मोटर साइकलमा पल्सर बाइक दुर्घटना बढी हुने गरेको छ। हाम्रो देशमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या अत्यधिक बढिरहेको छ। विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार प्रतिवर्ष प्रति एक लाख नेपालीमा १७ जनाको मृत्यु सडक दुर्घटनामा हुने गरेको छ। सडक दुर्घटनाको यो तथ्याङ्क बेल्जियममा सात जना, क्युवामा सात, क्यानडामा छ, न्यूजील्याण्डमा तीन र जापानमा पाँच जना रहेको देखिन्छ। सबैभन्दा कम सवारी दुर्घटना बेलायत र स्वीडेनमा हुन्छन्। ती देशमा सवारी दुर्घटनाप्रति लाखमा तीन जनाभन्दा कम छ। अझ डरलाग्दो स्थिति के छ भने नेपालमा दैनिक छ जनाको सडक दुर्घटनामा परी मृत्यु हुने गरेको छ। ग्रामीण सडकमा चल्ने सवारी साधन दुर्घटनाबाट हुने मृत्युको यर्थाथ विवरण कतिपय अवस्थामा आइनपुगेको पनि हुन्छ।

लथालिङ्ग देशको भताभुङ्ग चाला

सार्वजनिक यातायातमा लथालि· देशको भतामु· चालाजस्तै छ। मापदण्ड पूरा गरेर स्वास्थ प्रतिस्पर्धाका आधारमा सवारी साधन गुड्नुपर्नेमा सिन्डिकेटको आधारमा सार्वजनिक यातायात चलेका छन्। सरकारले आम नागरिकको सबैभन्दा महत्वपूर्ण सार्वजनिक यातायातमा आफ्नो उपस्थितिसमेत जनाउन सकेको छैन। उनीहरूको दावी छ, हामीले अर्बको लगानीमा यात्रुलाई सुविधा दिएका छौं। हामीले लगानी गर्ने सरकारले हामीमाथि किन अङ्कुश लगाउने – यातायातको सिन्डिकेट यति बलियो छ कि कुनै नयाँ व्यक्ति वा व्यवसायीले नयाँ व्यवसाय सञ्चालन थाल्यो भने यातायात ठप्प बनाएर जनतालाई सास्ती र हैरानीसमेत दिएका थुप्रै घटना छन्। साच्चै भन्ने हो भने सडकमा सरकारको उपस्थिति नै देखिँदैन। सरकारको नीति, नियम मान्छु भनेर व्यवसाय सञ्चालन गर्ने व्यवसायीले बेला, बखत सरकारको नीति, नियम नमारेर अटेरसमेत गरेको अवस्था छ। लामो दूरीका गाडीमा दुर्इ चालक राख्नुपर्ने, क्षमताभन्दा बढी भार बोक्न नहुने, यात्रुवाहक बसले मालसमान बोक्न नपाउने जस्ता नियम सार्वजनिक यातायातले कहिल्यै मानेनन्। लामो दूरीका सार्वजनिक यातायातले छतभरि तरकारी बोकेर हिडेकै छन्। अगाडि क्षमताभन्दा बढी व्यक्ति राखेर चिट काट्ने चलन परम्परा नै बनेको छ। सवारी चालक तथा सहचालकले ट्राफिक प्रहरीलाई नजराना चढाएर जहिले पनि मुक्त पाउने गरेका छन्। रुट परमिट कस्तोलाई दिने र रुट परमिट दिएका सवारी तथा चालकको समय-समयमा अनुगमन नहुँदा यातायातमा वेथिति मौलाएको छ।

समाधान के हुन सक्छ ?

सडकमा हुने दुर्घटनालाई न्यूनीकरण गर्न सबैभन्दा पहिला सरकारले छोटो तथा लामो दूरीका यातायात सञ्चालन गरेर नीजिकरणविरुद्ध अभियान सञ्चालन गर्नुपर्छ। सरकारको स्वामित्वमा रहेको यातायातलाई प्रतिस्पर्धी बनाएर लानुपर्छ। यति गर्न सकिँदैन भने पनि अहिले सडकमा गुडिरहेका सबै सवारी साधनलाई कडाइका साथ अनुगमन गर्नुर्पर्छ। रुट परमिट नलिएका सवारी साधनलाई तुरुन्त खारेज गर्नुपर्छ। कुनै सवारी साधनले सरकारको नीति, नियम मान्दैन भने जरिवानादेखि रुट परिमिट खारेजसमेत गर्नुपर्छ। सडकमा सीसी क्यामरा जडान गरेर लापरवाही साथ सवारी हाक्ने, तीव्र गतिमा सवारी चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउनुपर्छ। हाल सीसी क्यामरा राख्न सकिँदैन भने पनि सडकमा रहेका प्रहरी कार्यालयले आफ्नो क्षेत्रमा गुड्ने सवारी साधनको चेकजाँच र चालकको निगरानी र सवारी साधनको कडाइका साथ अवलोकन गरेमात्र पनि ५० प्रतिशत दुर्घटना न्यून गर्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width