वेदमै परमाणु-विमान आविष्कार

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०७३

वेद हजारौं वर्षपहिले लेखिएको धार्मिक ग्रन्थ हो। यसको उत्पत्ति अनादि र çकार रूप परमात्माबाट प्रकट भएको मानिन्छ। अझ भनिन्छ, सुरूमा वेद एउटै थियो। समय क्रममा वेद व्यासले ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभक्त गरे। तन्त्रअनुसार वेद यामलबाट उत्पन्न भयो। यामल भन्नाले आगम (विज्ञान)बाट उत्पन्न तन्त्र ग्रन्थ हो। यसमध्ये ब्रहृमा यामलबाट सामवेद, रूद्रयामलबाट ऋग्वेद, विष्णु यामलबाट यजुर्वेद र शक्तियामलबाट अथर्ववेद उत्पत्ति भएको मानिन्छ। यामल शिवबाट विष्णु, विष्णुबाट गणेशलाई दिइएको शिक्षा हो। गणेशबाटै यसको प्रचारप्रसार भएको हो भनिएको छ।

वेद भन्नाले ज्ञान भन्ने बुझिन्छ। अहिले यो पुस्ताकारमा छ। अणु, परमाणुदेखि विमानसम्मका भौतिक वस्तुका व्याख्या वेदमै छ भन्दा आर्श्चर्य लाग्न सक्छ। आधुनिक वैज्ञानिक आविष्कारहरू सञ्चार, शिक्षा, स्वास्थ्य, प्रशासन आदि सम्पूर्ण जीउने पद्धति वेदमै छ। यो सनातनी आर्यको मुख्य ग्रन्थ हो। मानव सभ्यताको सुरूवातबाटै विभिन्न उपकरण, यन्त्र प्रयोगमा आइरहेका छन्। प्राचीन युगमा पनि चिरफार हुने गर्दथ्यो। त्यतिखेरक बेग्लै पद्धति थियो। मानव स्वस्थ नै थिए। तर एक्काइसौं शताब्दीमा यी सबै दन्त्य कथाजस्ता भइसकेका छन्। सभ्यतासँगसँगै हर प्रकारका विकास आधुनिकतामा फर्किसकेको छ। जीवनशैली विलासी बनेको छ। ऋषिमुनिका पालामा एक सय वर्ष बढी बाँचेका उदाहरण छन्। वर्तमान सुविधा, सम्पन्न युगमा त्यति वर्ष विरलै बाँचेको पाइन्छ। त्यतिखेर गुरूकुल शिक्षा परम्परा थियो। योगाभ्यास, तन्त्र, मन्त्र, यन्त्र आदिमा विश्वास गर्ने प्रचलन थियो। अनुशासन, जीवनशैली, घरव्यवहार चलाउन सक्ने व्यवहारिक शिक्षा पद्धति थियो। सञ्चार क्षेत्र त्यत्तिकै शक्तिशाली थियो। धर्मशास्त्रहरूमा उल्लेख भए अनुसार वायुमण्डलमा विचरण गर्ने जहाज (रथ), सूर्य शक्तिबाट चल्ने विमान, वैदिक कार, पुष्पक विमान थिए। आधुनिक युगमा पहिलेका भन्दा कयौं गुना भौतिकवादी यस दुनियाँमा हामी सर्वभोगी छौ। अहिले स्वास्थ्य, शिक्षा र सञ्चारले फड्को मारिसकेको छ। हालका क्षेत्रगत वैज्ञानिकले अणु, परमाणुसम्म आआफ्नो सीमा निर्धारण गरिसकेका छन्। साँच्चै नै एक्काइसौं शताब्दीमा भएका आविष्कार पौराणिक कालका भन्दा कम छैनन।

वेदअनुसार ऋषिमुनिहरू सत्यवादी, धर्मात्मा, ज्ञानी हुन्छन्। शौच, सन्तोप, जप, तप, स्वाध्याय, सदाचारी, ब्रहृम तेजले सम्पन्न लामो समय समाधिमा बस्न सक्ने तपस्वी ऋषिमुनि हुन्। सृष्टिलाई सुव्यवस्थित तवरले अघि बढाउन महषिर्को ठूलो योगदान रहेको पाइन्छ। ब्रहृमाजीको आदेशबाट ऋषिहरूले वेदको आविर्भावजस्तो महत्त्वपूर्ण कार्य गरेका थिए।

परमाणु सिद्धान्तका सुरुवातकर्ता अठारौं शताब्दीका बेलायती वैज्ञानिक जोहन डाल्टन (१७६६-१८४४) थिए। तरपछि परमाणु संरचनाबारे अर्नेस्ट रदरफोर्ड (१८७१-१९३७) ले व्याख्या गरेका हुन्। अझ पछिल्लो क्रममा डेनिस भौतिकशास्त्री निल बोहर (१८८५-१९३४) र पौराणिक कालका नैयायिकाले व्याख्या गरे अनुसार कोठाभित्र जालीको प्वालबाट छिरेको सूर्यको किरणको धुलोमध्ये एक धूलोको छ भागमध्ये एक भागलाई परमाणु भनिन्छ भनेर अर्थ्याइएको छ। जालान्तरगते भानौ यत्सूक्ष्मम् दृश्यते रजः। तस्य षष्ठतमो भागः परमाणु रितर्ीयते।

अझ त्यति बेला नै यसलाई स्पष्ट पार्न भनिएको छ, जसलाई टुक्रा पार्न वा भाग लगाउन नसकिने सबैभन्दा सानो अंशलाई परमाणु भनिन्छ। महषिर् गौतमले न्यायदर्शनमा परमाणुवाद उल्लेख गरेका छन्। त्यहाँ भनिएको छ, परमाणुबाटै अपरिमित शक्ति निस्कन्छ र यो शक्ति निर्माण वा विनास दुवै हुन सक्छ। यसलाई परमाणुवाद भनिन्छ। परमाणुबाटै जगतको सृष्टि भएको हो भन्ने समेत न्याय वा वैशेषिकको सिद्धान्तमा छ। भाष्यकार वात्सायनले आफ्नो भाष्यमा भनेका छन्, यस्मान्नाल्पतमस्ति, यः परमो˜मल्पस्तत्र निवर्वते, यतश्च नाल्पोयो˜स्ति तम् परमाणुम् प्रचक्ष्महे। अर्थात् पथ्वी, जल, तेज र वायुको सबैभन्दा सानो अंशलाई परमाणु भन्दछन्। त्यसैगरी कणाद ऋषिले पनि अप्सरा साधना सिद्ध गरेर परमाणुको बनावट बारेमा व्याख्या गरेका छन्।

रैभ जहाज प्राचीन कालमा चलाइन्थे। यो जहाजमा तीन पाग्रा थिए। यसको आविष्कार ऋषि रैभले निर्माण गरेका थिए। ऋग्वेदको चौथो मण्डलको छत्तिसौं सूक्तको पहिलो मन्त्रमा यो जहाजको बारेमा दिइएको छ। ऋग्वेदले भन्छ, ‘हे रैभ ! तिमीले जुन महान् जहाज निर्माण गर्यौ, त्यसमा अस्त्रको आवश्यकता छैन।’ जहाजको तत्कालीन देवगणले निकै प्रशंसा गरेका थिए।

सौर्य उर्जाबाट चल्ने जहाज वैदिककालीन समयमै निर्माण भएको थियो। त्यो जहाज दुर्इ शक्तिले चल्थ्यो। एउटा मेसिन, अकोर् वसु नामक सूर्यको किरण। सूर्यकिरणको वर्णटमा देखिने सात किरणमध्ये एउट किरणको नाम वसु हो। यसले रासायनिक शक्तिलाई विद्युत शक्तिमा बदल्ने गर्दछ। ऋग्वेदमा उल्लेख गरिएको छ, अस्माकं मित्रावरूणावतम् रथमादित्यै रूद्रर्ैर्वसुभिः सचा भुवा। यहाँ मित्रावरूणौ को अथै दुर्इ शक्ति भन्ने बुझिन्छ। आधुनिक जहाजमा पनि दुर्इ मेसिन राखिएको हुन्छ। रूद्रको अर्थ जोडी धातु भन्ने हुन्छ। यसलाई हालको जहाजमा रहने फोटो डाइ इलेक्टिक इफेक्ट सिद्धान्तसँग तुलना गर्न मिल्छ।

महाभारत, रामायण, पुराणकालीन समयमा उल्लेख गरिएको छ, कैलासपर्वतम् गत्वा विजित्य नरवाहनम्। विमानं पुष्पकम् तस्य कामगं वैजहार यः। वेद विद्याज्ञाता बलशाली रावणले कैलाश पर्वतमा गएर पुष्पक विमान भगवान कुवेरलाई जितेर ल्याएका थिए भन्ने श्लोक पाइन्छ। कामगंको अर्थ जता चाहृयो उतै पुर्‍याइदिने वेगशाली विमान भन्ने बुझिन्छ। त्यसरी नै पद्मपुराणमा भृगु ऋषिले उत्तरखण्डमा भगवान् शंकर विराजमान भएको स्थानमा वायुमार्ग भएर भेट्न गएको प्रसङ्ग छ। एवमुक्तो भुगुस्तर्ुण्ा कैलाशं मुनिसत्तमः। जगाम वायुमागर्ेण यत्रास्ते वृषभध्वजः।

महषिर् शौनकले व्योमयान तन्त्रमा हवाइजहाजसम्बन्धी कला, पर्ुजा, यन्त्र आदिबारे उल्लेख गरेका छन्। यसलाई पाश्चात्य वैज्ञानिक सोपेनहानवर, डा. जकालियतले स्वीकार गरेका छन्।

दूरवीनका आविष्कारक ग्यालिलियो मान्छिन्। तर दूरवीनबारे भाष्कराचार्यले सिद्धान्त शिरोमणि भन्ने ग्रन्थमा तुरीययन्त्र -दूरवीन) बारेमा उल्लेख गरेका छन्। यसैगरी, गुरूत्वाकर्षणसम्बन्धी नियमहरू भाष्कराचार्यले नै हजारौं वर्षअघि नै व्याख्या गरिदिएका थिए। उनले भनेका छन्, आकृष्ट शक्तिश्च महीतया यत् खस्थम् गुरूत्वाभिमुखम् स्वशकत्या। आकृष्यते तत् पततीव भाति समे समन्तात् क्व पतत्वियम् खे।

कश्यप ऋषिले यस्तो वैदिक कारको निर्माण गरेका थिए, जुन पानीमाथि पनि गुड्न सक्थ्यो भनिएको छ। तत्कालीन नदी, समुद्रमा गुड्न सक्ने कारलाई अति प्रशंसा गरिएको थियो। यस सम्बन्धमा ऋग्वेदमा उल्लेख गरिएको छ, परि प्रासिष्यदत् कविः सिन्धोर्रूर्मिवधिश्र।ि

हामीले बेलाबखत उडनतस्तरीबारे पनि सुन्दै आएका छौं। यो एक किसिमको यान हो। तर वैज्ञानिकले अहिलेसम्म यसबारे केही भन्न सकेका छैनन्। सन् १९०८ अक्टोबर १२ मा आकाशमा यस्तो यान देखिएको चर्चा चलेको थियो। कुनै वैज्ञानिकले यसलाई चट्टानबाट उत्पन्न विद्युत तरङ्ग भने। कसैले कुनै चम्किलो तारा, बादल, धुव्रीय ज्योति आदि भने। नेसनल इन्क्वारी नामक पत्रिकाले यो पत्ता लगाउने १० लाख डलर इनाम दिने पनि घोषणा गरेको थियो। यस्तो यान अमेरिकाको फ्लोरिडा राज्यमा आइरहने बताइएको थियो। आजभोलि वैज्ञानिकले यसलाई अन आइडेन्टिफाइड अब्जेक्ट भनेका छन्।

वैदिक कालमा परमाणुदेखि विमानसम्मका सम्पूर्ण भौतिक सम्पन्नताबारे पनि उल्लेख गरिएको छ तर वेदको उपेक्षा स्वरूप आज हामी यसबारे अनभिज्ञ छौं, विमुख छौं। विश्वकै पुरानो मानिने वेद एउटा कुनामा थन्केको छ। तर महत्व बुझ्ने सीमित विदेशीले यसको रस लिएका छन्। आज पाश्चात्य ग्रन्थहरू प्रत्येक पुस्तकालयका दराजमा सम्मानपूर्वक राखिएका छन्। आविष्कारको श्रेय पश्चिमी देशले लिएका छन्। तर यी सबैको यथार्थ ज्ञानको भण्डार वेद नै हो, यो नै आविष्कारका जननी हो।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width