राष्ट्रपति सीको भ्रमण र हाम्रो तयारी

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७३

चीनका राष्ट्रपतिको नेपाल भ्रमण अब प्रायः निश्चित भएको छ। बीचमा कुनै अप्रत्यासित प्रतिकूल घटना नभएमा आगामी आश्विन महिनामा राष्ट्रपति सी जिनपिङ नेपाल आउने छन्। भारतमा आयोजित व्रिक्स सम्मेलनमा भाग लिन आउने सर्न्दर्भ पारेर सीको नेपाल भ्रमण हुँदैछ। हालै, चीनका सुरक्षा विज्ञहरुले नेपाल भ्रमण गरे र चीनका विदेशनीति विज्ञ प्रवुद्धव्यक्ति चाइना इन्स्टिच्युट अफ कन्टेम्परोरी इन्टरनेशनल रिलेसन्सका अध्यक्ष डा जी झेर्इ र दक्षिण तथा दक्षिणपूर्व एसिया निर्देशक हु सिसेङ सहितको उच्चस्तरीय बौद्धिक टोलीको नेपाल भ्रमण पनि राष्ट्रपति सी भ्रमणको तयारीकै सर्न्दर्भमा भएको हो भनि बुझ्नु पर्छ। र, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेषदूतको रुपमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणलाई पनि यसै सर्न्दर्भमा हेरिएको छ। यो पनि बुझिएकै कुरा हो कि माओवादी केन्द्रभित्र महरा चीनका विश्वासपात्र व्यक्ति हुन्।

नेपाल चीन सम्बन्धको महत्वः

चीन र नेपाल इतिहासकालदेखि नै अत्यन्त सहृदयी, आत्मीय र विश्वस्त मित्रराष्ट्रका रुपमा रहँदै आएको कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले चीन तिब्बत र नेपाल नामक आफ्नो पुस्तकमा सविस्तार विश्लेषण गरेका छन्। मलाई लाग्छ, नेपाल-चीन सम्बन्धमाथि केन्द्रित रहेर एक नेपालीले लेखेको यो नै पहिलो पुस्तक हो। लिच्छवीकालमा नेपाल, चीन र भारतबीचको प्रसिद्ध व्यापारिक मार्ग थियो। यसबाट प्रसस्त फाइदा उठाएका थिए, तीनै देशका बासिन्दाहरुले। नेपाल र तिब्बत चीन बीच खटपट र युद्ध पनि भएका हुन्, तथापि यी अस्थायी कुरा थिए। स्थायी थियो दुर्इ देशबीचको प्रगाढ मैत्रीसम्बन्ध। यो सन्देश दिन्छ आचार्यजीको उक्त पुस्तकले।

अहिले पनि नेपाली जनता, यहाँका दल र सरकारको चिनिया जनता, त्यहाँको कम्युनिष्ट पार्टी र चिनिया सरकारसँग विश्वासको सम्बन्ध छ। सम्बन्धको सबै भन्दा महत्वपूर्णता कुरा त यो रहेको छ कि नेपालको राष्ट्रिय एकता, स्वतन्त्रता सार्वभौमिकता र क्षेत्रीय अखण्डताको अच्छुणतामा आफ्नो राष्ट्रिय हित गाँसिएको देख्ने विश्वशक्ति राष्ट्र हाम्रो उत्तरमा छ।

चिनिया सरकार, त्यहाँका नेता र बौद्धिक व्यक्तिहरुको नेपाल सम्बन्धमा एउटै अपेक्षा छ, त्यो हो-“नेपालमा राजनीतिक स्थायित्व होस, नेपालले आर्थिक सम्पन्नता हाँसिल गरोस्।” यस्तो कल्याणकारी निस्वार्थ, निष्काम एवं अपेक्षा राख्ने छिमेकी सँगको सम्बन्धको महिमा शब्दातित छ, हृदयले मात्रै महसुस गर्न सकिन्छ, शब्दले होइन।

चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेन। चिनिया सरकारको सधैँ यो मत रहँदै आएको छ कि ‘नेपालको आन्तरिक मामिला नेपाली जनाताले नै सुल्झाउन सक्षमछन्।’ गत हप्ता मात्रै नेपालको भ्रमणमा आएका चीनका विदेशमामिला विज्ञले दोहोर्‍याए “हामी नेपालको राजनीतिलाई नजिकबाट नियाल्छौं तर, कहिल्यै हस्तक्षेप गर्दनौं।” यो एक विश्वासको सम्बन्ध हो। र, एउटा उदाहरणीय सम्बन्ध पनि हो-ठूलो र सानो छिमेकीबीचको।

वनवेल्ट वन रोड र नेपाल

पश्चिमा पुँजीवादी देशहरुले भूमण्डलीकरण, विश्वबजार एवं खुलानीतिको विश्व व्यवस्थाको पक्षपोषण गरे। यसले एत्किंचित परिवर्तन ल्यायो।  सामर्थ्यवान र व्यवस्थापनमा कुशल नेतृत्व रहेका देशले फाइदा पनि उठाए। चीनस्वयं पनि एउटा उदाहरण हो खुलानीतिबाट फाइदा उठाउने देशमा। तर, अधिकांश साना र कमजोर देशहरु उक्त विश्वनीतिबाट पीडित बनेका छन्। र, आमजनता बढी शोषणको मार परेका छन्। स्वयं अमेरिका र बेलायतलगायत युरोपियन मुलुकहरुका जनता पनि शोषणको मार परे यो नीतिले। त्यसैले, सबै सहभागी हुने, सबै साझेदार रहने तथा सबै मुलुक र आमजनताले लाभान्वित हुने योजना चीनका राष्ट्रपति सीले ल्याएका छन् एक क्षेत्र, एकबाटो र भू तथा सामुद्रिक रेशममार्ग। दक्षिण एशिया जोड्ने यो मार्ग नेपालबाट लागियो भने नेपाल र समग्र दक्षिण एशिया लाभान्वित हुनेछ।

नेपालबाट यो मार्ग लैजाने कुरामा भारत इच्छुक देखिएको छैन। गत हप्ता चिनिया विदेशनीति विज्ञहरुको समुपस्थितिमा चिनिया अध्ययन केन्द्रले ‘नेपाल चीन र भारत’ त्रिदेशीय साझेदारी सम्बन्धमा एउटा विचार गोष्ठीको आयोजना गरेको थियो राजधानीमा। कार्यक्रममा भारतीय राजदूत रे पनि आमन्त्रित थिए। तर उनी उपस्थित भएनन्। यो भारतीय अनिच्छाको अभिव्यक्ति हो। त्यसो त प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बखत यो त्रिपक्षीय साझेदारीको कुरा उठाएका थिए भारत भ्रमणको पूर्वसन्ध्यामा। त्यतिबेला मनमोहनसिंह सरकारका विदेशमन्त्री कुशियतले उनको प्ा्रस्तावमाथि भद्दा तवरमा विरोध जनाएका हुन् वेमौसमको कुरा भनेर। कुरा स्पष्ट छ दक्षिण एसिया जोड्ने रेशममार्ग नेपाल भएर बन्दा नेपालमाथि भारतीय प्रभुत्व गुम्छ भन्ने भारतीय बुझाइ छ। भारतीय संस्थापन र नीति निर्माताले यो बुझ्न जरुरी छ कि अहिले नयाँ भूराजनीतिक परिस्थिति बनेको छ। नेपाल, चीन र भारतको सम्बन्धमा अब हिमालको श्रृंखला बाधक छैन, चिनिया रेल केरुङ नजिकै आएको छ। धरातलीय यथार्थता विरुद्धको कु-आकांक्षा र दुराग्रह धेरै दिन चल्दैन। तर, नेपाली नेतृत्वले यस सम्बन्धमा राष्ट्रिय एकता र विश्वसनीयता देखाउन नसके गुम्न सक्छ, यो मौका। भारतको यसमा रहेको असमञ्जस्यता हटाउन प्रयास गर्ने र चीनको विश्वास थप बलियो बनाउने कुशलता नेपालीले देखाउनु पर्छ।

राष्ट्रपति सी आउने, तर के छ हाम्रो तयारी ?

आर्थिक एवं सामरिक सामर्थ्यका दृष्टिले चीन दोश्रो विश्वशक्ति हो। चीनको आर्थिक प्रभाव र चिनिया उत्पादनले लिएको विश्वबजारको स्थान समेतले र यसको प्रभावको प्रवलताले गर्दा चिनिया मुद्रा येनको दररेटको तलमाथिले अमेरिकी अर्थतन्त्रलाई ज्वरो आउँछ भनेर अर्थविद्हरुको भनाइ रहेको छ। यस्तो महत्वपूर्णता छिमेकी देशको राष्ट्राध्यक्ष, जो कार्यकारी प्रमुख पनि हो, हाम्रो देशमा भ्रमण हुनु एक महत्वपूर्णता अवसर हो दुर्इ देशबीचको सम्बन्धलाई नयाँ आयाम दिन आश्विन महिनामा भ्रमण हुने हो भने अब हामीसँग तयारीको एक महिनाभन्दा केही बढी समय छ। अतः हाम्रो तयारी सम्बन्धमा राष्ट्रिय विमर्श आवश्यक छ।

पहिलो तयारी भनेको सुरक्षाको हो। विभ्ािन्न खाले आतंकवादी शक्ति क्रियाशील रहेको र विश्व नै यस त्रासदीबाट आक्रान्त रहेको वर्तमान सर्न्दर्भमा आफ्ना विश्ािष्ट पाहुनाको भ्रमण सुरक्षित र निर्बिध्न रहोस् भन्ने कुरा निर्विबाद महत्वको विषय हो। अको महत्वपूर्णता विषय छ आर्थिक विकासको कुरा। नेपालमा लोकतन्त्र कमजोर रहनु, हाम्रो स्वतन्त्रता र राष्ट्रिय सार्वभौमिकता कमजोर गर्ने विषय भनेको मुलतः हाम्रो राष्ट्रिय अर्थतन्त्र कमजोर भएका कारणले हो। जग कमजोर भएपछि स्वभावतः उपरीढाचा पनि कमजोर हुन्छ। राष्ट्रिय अर्थतन्त्र भनेको जग हो र राजनीतिक व्यवस्था यसै जगमाथि खडा हुने मञ्जिल हो। अतः सीको यस भ्रमणलाई हाम्रो राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने सहयोगमा केन्द्रित हुनु आवश्यक छ। चीनले विगतमा केही उद्योग राजकीय स्वामित्वमा चल्ने गरी स्थापना गरिदिएको पनि हो। ती उद्योग विदेशी वस्तुको आयात प्रतिस्थापन गर्ने चरित्रका थिए। सबै हामीले मास्यौं ‘बाँदरको हातमा नरिवल’ जस्तै भयो। अब यस्तो नहुने विश्वास दिलाउने काम हाम्रो हो।

आर्थिक विकासको कुरा गर्दा हामीले यस्ता उद्योगमा जोड दिनु पर्छ कि जुन राष्ट्रिय बजारलाई आवश्यक छ र अको चिनिया बजार विशेषतः तिब्बतको बजारमा आवश्यक छ हामी त्यहाँ निर्यात गर्न सक्छौं। सम्भिmरहँु भारतले बजार नदिने मात्र होइन त्यस्ता बस्तु तेस्रो देशमा निर्यात गर्न बाटो पनि दिने छैन। जलविद्युतमा चिनिया लगानी र उत्तरी नाका आधुनिक यातायातले जोड्ने कुरा, अर्थात पूर्वधार विकास सम्बन्धमा चिनिया सहयोगको स्पष्ट प्रस्ताव हाम्रा प्राथमिकता हुन्।

सबैभन्दा ठूलो कुरा नेपालमा चिनिया चासो के हो – र हाम्रा चासा के हुन चीनसँग – यसमा हामी स्पष्ट रहनु जरुरी छ। राष्ट्रपति सीलाई नेपालले वचनले मात्र होइन व्यहारले आवश्वस्त पार्नु परेको छ कि नेपाल भूमिबाट चीनलाई कमजोर बनाउने सबै किसिमका अन्तर्राष्ट्रिय राष्ट्रिय षड्यन्त्रमूलक हरकतहरु परास्त गरिनेछ। यो हाम्रो पहिल्यैदेखिको राष्ट्रिय प्रतिवद्धता पनि हो।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width