फ्रेबुअरी १४ अहिले केही वर्ष यता प्रणयदिवसका रुपमा मनाउन थालिएकोछ । मायाका बारेमा बहस नचल्ने कुरै भएन । मानसिक रोगका लागि प्रेम भन्दा ठूलो उपचार औषधि विज्ञानमा छैन । प्रेम, माया र स्नेह जस्तो सुकै जटिल रोगको पनि उपचार हो । प्रेमरुपी क्याप्सुलले घातक रोगलाई पनि निको पार्न सक्छ । लेख, रचना र साहित्यमा सबैभन्दा बढी प्रयोग गरी लेखिएको विषय प्रेम हो । कथा ,उपन्यास,गजल र मुक्तक किन नहोउन् मुख्य विषयवस्तु प्रेम नै हुन आउँछ । भनिन्छ मायालाई धन–सम्पत्ति, जात–धर्म र वर्गले फरक पादैर्न । प्रेम भनेको दुई आत्मको मिलनहो । दुई आत्मको मिलनको आर्कषणलाई रोक्ने तागत कसैसँग हुँदैन ।
त्यसैले प्रेम यस्तो आगो हो न सल्काएर सल्कन्छ न निभाएर निभ्छ । त्यसकारण मायाको संसारमा प्रणयदिवसको सुरुवात हुनु कुनै नौलो कुरा होइन । प्रणयदिवस कहिले देखि सुरु भयो कसरी सुरुवात भयो भन्ने विषयमा धेरै चर्चा चलेका छन् । एउटा अरव वस्तीको कथा लैला र मज्नुको प्रेम कहानी र सैनिकले गरेको विद्रोहका कथाहरु हामीले पढेकाछौं । लैलाले मज्नुलाई पाउन नसकेपछि प्राणत्याग र मज्नुको लैलाप्रतिको सर्मपण जुन दिन १४ फेबुअरी थियो । जुन दिनसम्म लैला र मज्नुलाई एक हुनबाट बञ्चित गर्ने समाज र प्रेममा ईष्र्या गर्ने मानिसहरु एउटै चिहानमा पुर्न बाध्य थिए । त्यही दिनको सम्झनामा झाँगिदै गएको प्रेम दिवस आज यसबाट नेपाली समाज र युवायुवती पनि अछुतो रहन सकेनन् ।
प्रेम सस्तिएको छ तर प्रेममा दिइने उपहार महङगिएको छ । माया त साच्चि नै आफैँ हुन्छ । प्रेम स्वतः हुने कुरा हो । प्रेम गर्न हामी स्वतन्त्र छौं । हिजो प्रेम गर्न स्वतन्त्र थियो ? आज प्रेमको अर्थ के हो ? सवैले प्रेमको अर्थ बुझेका छन् ?यद्यपि यी सवै प्रश्नको उत्तर एउटै वाक्यमा आउन नसके पनि लैजा र मज्नु , रोमियो र जुलिएट देखि राधा कृष्ण आदि पात्रहरुमा पनि कहिले मिलन भएको थियो र ? । हामीले मनाउने भ्यालेन्टेइनडेको पनि विछोडकै इतिहास छ । वियोगान्त कथाबाट शुरुवात भएको प्रणय दिवस राधा कृष्णको काहानीले अझ मलजल गरेको छ । एक दिन श्री कृष्णले बाँसुरी बजाउँदै गाई चराउँदै गरेका बेला बाँसुरीको धुँनमा मोहित हुँदै कृष्ण भएको ठाउँमा राधा पुगेर प्रश्न गर्छिन् मेरो आत्मा, परमात्मा हजुर । तर म हजुरको कहाँ कहाँ छु ? श्री कृष्णले राधालाई भन्नु भयो तिमी मेरो तनमा छौ , मनमा छौ , मतिष्कमा छौ र मुटुमा पनि । सारा धडकनमा तिमी छौ । राधाले फेरि प्रश्न गरिन् ए मेरो हजुर त्यसो भए म हजुरको कहाँ छैन ? प्रतिउत्तरमा श्री कृष्ण भन्नुहुन्छ राधा तिमी मेरो ठाउँमा भएर पनि मेरो भाग्यमा छैनौ । राधाचुप रहिन् तर कृष्णलाई प्रेम गर्न भने छोडिनन् ।
प्रेमको जगतमा श्रीकृष्ण र राधा जहाँ जहाँ गए जता–जता गए एक अर्कालाई मनमै सजाएर रहे । प्रेममा बुझ्नै पर्ने कुरा के छ भने एक अर्काको कमजोरीलाई अपनाउन आवश्यक छ । प्रेममा म भन्ने कुरा हुदैन हामी भन्ने शब्दबाट प्रेमको शुरुवात भएको हो । प्रेम बुझेर गरिने कुरा होइन प्रेम जाँचेर जाँचिने वस्तु पनि होइन मिलनमा मात्र प्रेम सम्झनेहरुले प्रेमको अर्थ बुझेका हुँदैनन् । प्रेममा ठूलो उपलब्धि हुन्छ भनेर गरिने प्रेमको मूल्य नै हुदैन । प्रेमको गन्तव्य सोचेर गरिने प्रेमको अर्थ हुँदैन । मानिसका लागि प्रेम एक जैविक, मनोविज्ञान तथा सामाजिक आवश्यकता हो । प्रणयदिवस एक अर्काको मायाको आवश्यकता पूर्तिको एक अवसर पनि हो ।
गजवको कुरा के छ भने, अहिले सकक्ली भन्दा पनि नक्कली प्रेमको अनेक रुप देखिन थालिएको छ । प्रेममा प्राप्तिभन्दा पनि समर्पण ठूलो कुरा हुन्छ । तसर्थ प्रेममा व्यक्तिको मित्रता, सहानुभूति तथा सहयोग देखाउनु र गर्नु प्रेमको रुप हो प्रेम वहस गर्ने विषय नभई यो महसुस गर्ने चेतना हो । प्रेम एक जनाको मनबाट निस्किएर अर्को व्यक्तिकोमा प्रस्ताव बनेर पुग्दछ तव प्रेम व्यक्तिगत रहन्न प्रेम त अझै झाँगिएर अगाडि बढ्छ । प्रेम कसैप्रतिको सकारात्मक भावना को तहमा पुग्दछ भने त्यो दुई आत्माको मिलन मात्र बन्दैन दुई परिवार, दुई समाज र दुई संस्कार वीचको विषय बन्न पुग्दछ ।
१८ औंशाताब्दीको अन्ततिर भएको फ्रान्सेली राज्यक्रान्तिको उपलब्धि भनेकै निश्चित समय काम गर्नु, आराम गर्नु र मनोरञ्जन गर्नु थियो । त्यही मनोरञ्जनको रोमान्टिक लभ यसैको उपज हो । यो स्वतःपाइएको अवस्था होइन लभका विद्वान भनिने स्टोनका भनाइबाट के पुष्टिहुन्छ भने १८ औं शताब्दी भन्दा पहिला रोमान्टिक लभको शुरुवात भएकै थिएन । अर्का लेखक सोर्टरका अनुसार भावनात्मक सम्बन्ध र रोमान्टिक लभको जरा भनेको पूँजीवादी क्रान्तिको परिणामहो ।
तसर्थ पोखरा, काठमाण्डौं, धरानजस्ता थुप्रै नेपालका शहरमा प्रणयदिवसको दिनलाई (१४ फेबुअरी) मध्यनजर गरेर करोडौंको गुलाव अनि कार्डहरु बिक्रीहुने गरेको हामीले सञ्चार माध्यममै पढेका छौं । आज किन प्रेमउपहारमा परिणत हुँदैछ । मैले प्रेम गरेको बदलामा प्रेम नै चाहिन्छ भन्ने नियतले प्रेम कम र प्रेमको मोलमोलाई बढी हुने गरेको छ । आफुले माया गरेको मान्छे सँग मायको अपेक्षा राख्नु कदापि अनर्थ होइन तर मैले तिमीलाई माया गरे तिमीले पनि माया गर्नु पर्छ भनेर कोही माथि हक जमाउनु र जर्वजस्ती गर्न छुट भने कसैलाई छैन । कतिपय यस्ता हठले अपराध जन्माएको छ । प्रेमको नकारात्मकता प्रवाह भएको छ । आफुले मन पराएको मान्छेलाई म प्रेम गर्छु भन्ने स्वतन्त्रता छ हिक्मत पनि हुनु पर्छ नत्र प्रेमको अंकुर कसरी पलाउँछ ? तर प्रेम गर्छु भन्नेले म प्रेम गर्दिन भन्ने उत्तर पनि सुन्न र मनन गर्न सक्ने क्षमता र साहस आवश्यक पर्दछ । यद्यपि एउटा प्रेमीले यस्तो उद्गार व्यक्त गर्दछः
“ यो प्रणय दिवस मनाइरहेको सन्दर्भमा जति नजिक छँदा तिमीले दिएको चोट र पीडाले मन दुःखित थियो । टाढा हुँदा ती यादहरुले बेशी सताउँदो रहेछ । भनिन्छ चोखो माया मदैर्न र भुल्न पनि सकिँदैन । जति मैले तिमीलाई माया गर्थे त्यति नै माया अहिले पनि गर्छु र पछि पनि गर्ने छु ।”
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१