नेपाल-भारत त्रिकोणात्मक क्रिकेट सिरिज सुरु

आदर्श समाज सम्वाददाता
माघ ५, २०७२

पोखरा, ४ माघ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबारदेखि नेपाल(भारत त्रिकोणात्मक क्रिकेट सिरिज सुरु भएको छ। प्रतियोगितामा नेपालबाट कास्की ११ ले प्रतिनिधित्व गरेको छ भने भारतको दिल्ली र आन्द्र प्रदेशको टोलीले प्रतिसपर्धा गरेका छन्।

सोमबार पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले व्याटिङ गर्दै प्रतियोगिताको उदघाटन गरे। पहिलो खेलमा दिल्लीले आन्द्र प्रदेशको सामना गरेको थियो। टस जितेर ब्याटिङ गरेको दिल्लीले गर्दै २० ओभरमा एक सय ६१ रन बनाएको थियो। अक्कीले ६५ बलमा ८८ रन बनाए। राजेशले २४ बलमा ३३ रन बनाए।

एकसय ६२ रनको लक्ष्य पछ्याएको आन्द्र प्रदेशले २० ओभरमा केवल एक सय ४६ रनमा समेटिदै १५ रनले पराजित भयो। आन्द्र प्रदेशका लागि बन्जिमले ४० रन बनाए। डेबिडसनले २५ रन बनाएका थिए। दिल्लीका बलर अक्किले चार ओभर २४ रन दिँदै तीन विकेट लिएका थिए। खेलको म्यान अफ दि म्याच अक्की घोषित भए।

दोस्रो खेल कास्कीले आन्द्र प्रदेशले दिएको एक सय ४२ रनको लक्ष्यलाई १९ ओभर चार बलमा पूरा गरेका थिए। आन्द्र प्रदेशले पहिले ब्याटिङ गर्दै २० ओभरमा डेबिडसनले २२ बलमा सर्वाधिक २९ रन बनाएका थिए। मोलेसीले २८ बलमा २६ रन बनाई पवेलियन फर्किए। रिजन प्रजुले चार ओभर १५ रन दिँदै दुर्इ विकेट, प्रदीप राउतले तीन ओभर १८ रन दिदैं दुर्इ विकेट लिएका थिए।

कास्कीले १९ ओभर चार वलमा लक्ष्य पूरा गर्ने क्रममा रिजन प्रजुले ४८ बलमा ६८ रन नटआउट हिर्काए। आलम खान र प्रदीप राउतले समान १२ रन बनाएका थिए। कास्की पाँच विकेटले जित्दै रिजन प्रजु खेलको म्यान अफ दि म्याच घोषित भए।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width